मजदुरी गर्ने सम्मा पुग्दैन चुनावी प्रचारविपन्न र मजदुरहरू भन्छन्– हामीहरूलाई दलको रंग नदिनुहोस्, हामी कसैका पनि होइनौँ

सुर्खेत /  सुर्खेत बीरेन्द्रनगर नगरपालिकाको विमानस्थल नजिकै सडकमा काम गर्ने रमिता बुढालाइ स्थानीय तहको चुनावमा विषयमा कुनै जानकारी छैन ।

उनी विहान ७ वजे सडकको काम गर्नका लागि विहानै धुलाम्य सडकमा पुग्छिन् । वेलुकी अवेर सडकबाट भाडाको कोठामा पुग्ने गरेको उनको भनाइ छ । उनीसँग हातमा मोवाइल समेत छैन , न त घरमा सञ्चारका कुनै साधन नै छन् । चुनाव आएको जस्तो उनलाइ लागेकै छैन । तीन छोरी र एक छोराका आमा दैनिक सडककै गुजरा गरेर दैनिकी वित्ने गरेको छ । उनीले काम गरिरहेको सडकमा पार्टीका झण्डाहरु राखेका यातायातका साधनहरु गुडिरहेको देखिन्छ ,तर धुवा बाहेक अन्य आफूले केही थाहा नपाएको उनको भनाइ छ । नेताहरु आएपनि खास कार्यक्रताहरुको घरमा आएर योजना बनाएको र खासखुस गरेको मात्र देखिन्छ तर खास मतदाता सम्मा नेताहरु नपुगेको उनको भनाइ छ ।

कुन दलले के गरेको उनलाइ थाहा छैन ,थाहा छ त राजा फाल्दा आन्दोलनमा गएको मात्र ? उनी जस्तै जाजरकोट भेरी नगरपालिका –२ काली पुन दैनिक गिटी काट्दै दिन वित्छ । उनलाइ भोट खसाल्ने भन्दा पनि देनिक विहान र बेलुकीको छाक कसरी टार्ने भन्ने ठुलो चिन्ता छ । छोरा,छोरी पढाउने र शारीरिक रुपमा अशक्त श्रीमान दलबहादुर पुनलाइ पेटभरी खाना ,शरिर भरी कपडा कसरी पुर्याउने भन्ने चिन्ता छ । ५ छोराछोरीकी आमा एक्लै कमाउने र घरधन्धा गर्नुपर्ने बाध्यता छ । सबै छोराछोरी १५ वर्ष तलकै छन् उनले भनिन् । भोट हाल्ने समयमा मात्र नेताहरु पुग्ने गरेको र भारी भरोसा दिने गरेको उनको भनाइ छ ।

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीलाइ भोट हालेको , भोट हाल्दा जुन आसवासन दिएको भएपनि चुनाव जितेपछि कुनै पनि मागको सुनुवाइ नभएको उनको पीडा सुनाइन् । चुनावमा मात्र जनता चिन्ने तर त्यसपछि फर्केर नहेर्ने गरेको उनको आक्रोष छ । फेरी पनि घर्ती उम्मेदवार भएको खवर छिमेकी दाइले भन्दै थिए तर मलाइ त रिस उठेर पो आयो ? उनले थपिन । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको बगरमा ढुंगा बोकेर जिविका चलाइरहेका पुर्ण सार्कीलाइ जुन व्यवस्था आएपनि जनताको जीवन स्तर नबदलिएको भन्दै पीडा सही नसक्नु छ । उनी भन्छन् , ‘ गाडीमा नेताहरु सररर यता , सररररर उत्ता जान्छन् हामी थाप्लोमा मेरो तौल भन्दा ठुलो ढुंगाको भरी हुन्छ ? हाम्रो पीडा कसले सुन्ने ।’

आफू जस्तै धेरै मानिसहरु भारत कमाइका लागि गएको उनको भनाइ छ । दलका मान्छेहरु ठेक्का , उपभोक्ता समिति बनाउनका लागि खोजी ,खोजी आफ्ना मान्छे बनाउछन् , हामी जस्ता मजदुरलाइ जो व्यवस्था आएपनि के अचम्म भो र ? उनले भने । संसार बदल्ने भनेर के गर्नु , नेताहरु आफै बदलिएको देखिएन उनको आक्रोष छ । अहिले निम्न बर्गका सर्वसधारणलाइ चुनाव भन्दा पनि जीवन कसरी पाल्ने भन्ने मुख्य कुरा भएको स्थानीयवासीहरु बताउँछन् । मनमा पीडा हुन्छ हामीलाइ अनाआवश्यक दलको रंग दिएर नामकरण गर्दा ? हामी कसैका पनि होइनौँ अर्का सेतो कुलालले भने । हामीलाइ रोजीरोटी चिन्ता छ , भोट त तपशीलका कुरा हुन् उनले थपे ।

कर्णाली प्रदेशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा मिडियाको पहुँच कम हुनुको साथै सञ्चार सम्पर्क समेत न्युन भएका कारण तोकिएकै समयमा सूचना पाउन मुस्किल हुँदै आएको छ । गरिवको नाममा मुठीभरीका व्यक्तिको रजाँइ गर्दा आम सर्वसाधारणहरु मर्कामा परेको देखिन्छ । स्थानीय तहको चुनावमा समेत तिनै मुठीभरीका व्यक्तिहरु परिचालित भएर सर्वसाधारणको आँखामा छोरो हालिरहेको पीडितहरुको भनाइ छ ।





error: Content is protected !!