सार्वजनिक यातायात र हवाई उडान खुल्ने व्यवसायीद्वारा स्वागत

काठमाडौं  – सरकारले अन्तरजिल्ला तथा लामो दुरीका यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ चैत २०७६ बाट बन्द भएको छोटो, मध्यम र लामो दुरीका यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेको हो ।

कोरोना भाइरस ९कोभिड–१९०का संक्रमित काठमाडौंमा देखिएपछि सरकारले ११ चैतबाट देशव्यापी रूपमा लकडाउन गरेको थियो । त्यसपछि असारमा लकडाउन खुले पनि मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन भएका थिएनन् । लकडाउन खुलेपछि पनि स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले कोभिड संक्रमणको अवस्था हेरेर निषेधाज्ञा गरेका थिए । जसका कारण सार्वजनिक सवारी साधन ग्यारेजमा थन्किएका थिए ।

सुरक्षा मापदण्ड पालना गरेर लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय भएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी ‘हुस’ले व्यवसायीको मागलाई सम्बोधन गर्दै अन्तरजिल्ला तथा लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय भएको बताए ।

‘हामीले कोभिड–१९ को संक्रमण रोक्नका धेरै धैर्य ग(र्यौं तर केही नलागेपछि १ असोजबाट सार्वजनिक यातायात सञ्चालन गर्ने बताएका थियो । सरकारको निर्णयको स्वागत गर्दछौं ।’

दसैंमा घर फर्केनका लागि सहज गराउने उद्देश्यले समेत समयमै अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय भएको हो । यस वर्ष कात्तिकमा दसैं परेको छ । यातायात व्यवसायीहरुले समेत करिब ६ महिनादेखि सवारी साधन सञ्चालन गर्न नपाएका कारण घाटा बेहोर्नुपरेको भन्दै १ असोजबाट अनुमति नदिए पनि सवारी साधान सञ्चालन गर्ने बताएका थिए ।

सरकारले यातायात व्यवसायी र यात्रुलाई समेत मध्यनजर गरेर अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको र यस विषयमा थप जानकारी दिने एक मन्त्रीले बताए । भाडा दरको विषयमा केही जानकारी सार्वजनिक भएको छैन । व्यवसायी र यात्रु दुवैलाई सहज हुने गरी भाडादर तोकिने भएको छ ।
हाल उपत्यकामा जोर(बिजोर लागु गरेर सार्वजनिक यातायातसमेत सञ्चालन भएका छन् ।

नेपालमा यात्रुवाहक र मालवाहक सवारी साधनमा १० खर्ब बढी लागनी रहेको बताइन्छ । जसमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ७० प्रतिशत बढी रहेकाले व्यवसायी मर्कामा परेको बताउँदै आएका थिए । यसमा आश्रित मजदुरले समेत रोगले भन्दा भोकले मर्न लागेको भन्दा सरकारलाई दबाब दिएका थिए । यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले यातायात मजदुरको अवस्था नाजुक बनेको बताउँदै आएका छन् । ३ लाख यात्रुवाहक सवारी साधनमा २० लाखबढी आश्रित रहेको बताइन्छ ।





error: Content is protected !!