मेरा लागि


सत्य पहाडी
भबिश्यको छत बनाएर
श्रमको पसिनाले
मेरो संसार सजाएर
टिलपिलाई रहेछ
निल गगनमा
मेरो उर्जाको तारा ।
स्मृतीको क्यानभाषमा
कोरीयको धमिलो आकृती झै
सपनी मा आउछ र बिलाउछ
तर कदाचित भुलेको छैन
त्यो प्रेरणाको स्वर
तिम्रो माटो पसिनाले सिंच
सुन फल्नेछ
आवश्यकता रगतले रंगाउ
स्वतन्त्रतता मा फुल्नेछ
बाटो ईतिहास हो
हो यस्तै शब्दांसहरु
भोर जगाउदै लेखिएको छ
स्वाधिन र स्वाभिमान को
जाग्दो सतिसाल को
लक्षको सुन्दर किनारा देखाएर
उ अझै पनि
चम्किरहेछ क्षितिज मा
मनको अन्धकार चिर्दै जगमगाईरहेछ
उहि मेरो जन्मदाता हो
एक पाईलो हिडाएर
हजारौं माईल दौडिन सिकाउने
हो मेरो प्यारो बाबा हो
भन्नेले त भन्छन
उ बिति सकेको मान्छे हो
तर मेरा लागि
उदाईरहेको तारा हो
मेरो बाबा
मेरा लागि जीवनदाता हो !!!
सन्दर्भ बुवा को मुख हेर्ने दिन
अमर बाबा हरुमा समर्पित
अमर सन्तान का बाबा हरु मा समर्पित
लेखक ः पहाडी प्रतिनिधिसभा सदस्य तथा पुर्वमन्त्री एवं साहित्यकार पनि पनि हुनुहुन्छ ।










