जाजरकोटमा आँखै गाजलु

जाजरकोट ः सदरमुकाममा छायांकन गरिएको कभर भिडियो सार्वजनिक भएको छ । मंगलवार आखैं गाजलु बोलको कभर भिडियो सार्वजनिक गरिएको हो ।
गंगाचन्द्र मिडिया प्रालीको प्रस्तुतिमा छायांङ्कन गरिएको गीत सार्वजनिक भएको प्रा.लिका सञ्चालक बिनोदकुमार घर्तीले जानकारी दिनुभयो । जाजरकोटमा छायांङ्कन गरिएको पहिलो गीत मंगलवार सार्वजनिक गरिएको घर्तीले बताउनुभयो । घर्तीले छायांङ्कन गरेको भिडियोमा देव प्रकाश राजकोटीले निर्देशक तथा अभिनय गरेका छन ।
गीतमा जाजरकोटकी शोनु विश्वकर्माले अभिनय गनुभएको छ । रन लामा र जितु लोक्चनको आवाजमा गत असार २३ गते रन लामा यूटुब च्यानलबाट सार्वजनिक गरिएको थियो । उक्त गीतको कभर भिडियो एस.ओ.एफ डान्स स्टुडियो युटुव च्यानलबाट सार्वजनिक भएको छ ।





error: Content is protected !!