ए जिन्दगी ?

बाँझो सिउँदो रङ्याएर

बाआमाको आशिर्वादसंगै
रङमन्चको कुनै फनक जस्तै
पलभरमै
मनैमनको ओटिलो अनूभुति
मनमै सजाएर
अपनत्वको पर्खाल नाघेर
कर्मथलोतिर लम्किएका
ती जागरिला पाईलाहरु
उहीँ गल्ली अनि गोरेटोहरु हुदै
घर फर्कन जानेनन् ।

जीवन बिर्सेर
अस्थाउदै गरेका देहहरुलाई
स्वागत गर्दै
भुट्भुटाउदै गरेको चिहानघाट
जहाँ इश्वरतब र मनुष्यको कुनै मोल हुदैन
धर्म र अधर्मको कुनै आत्मबोध हुँदैन
त्यही पहेलिमा
ममभावको डढेलो
अहभावको वासनाहरु
सन्त साधुको आवरण्मा
फुस्स बाक्लो कालो धुवा बनेर
आकासलाई छुन खोज्दै गर्दा
मिसिन्छ अस्तित्व खरानी बनि
फगत पानीका थोपाहरुमा

मृत्युको पर्खाल नजिक उभिएर भक्कानिनेहरु
पलभरको मिथ्या माया र अनुरागले जेलिएझै
लाचार छन
न कहिल्यै बुझे
न बुझ्न चाहे
यि अविनासी आत्माहरु
यसै प्रसङ्गमा आसक्त सिङ्गो ब्रह्माण्ड
लाचार छ
लम्पसार छ
हाहाकारमा छ
बिनास र बिकारले पोतिएको
रङ्ग छर्लङ्ग अनि उदाङ्गगो छ
कस्तो नाटकिय परिकल्पना
निस्पट्ट अनि निस्तव्धको संघारमा
जेलिएको एक जीवन

घर भित्रैको खुल्ला कारागाबाट
पुर्लुक्क सिसाको झ्यालको
एउटा चेपबाट चिहाउदा
मृत लासहरु हतारिदो घडिमा
तछाड्मछाड गर्दै
आर्यघाटतिरै लम्कदै छन् ।।।

बिशाल प्रशान्त पौडेल





error: Content is protected !!