चन्द्रमामा पाईला टेकेका एकमात्र जीवीत अन्तरिक्षयात्री एल्ड्रिन नेपालमा, यस्तो छ कार्यतालिका

buzz-aldrin-big-555x335काठमाडौं,  एपोलो ११ चढेर चन्द्रमामा पाइला टेकेका एक मात्रै जिवीत अन्तरिक्षयात्री अमेरिकी नागरिक बुज एल्ड्रिन आइतबार राति काठमाडौं आइपुगेका छन् ।

फ्लाइट दुबईको जहाजबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमान स्थलमा ओर्लिएका एल्ड्रिनलाई एभरेष्ट साइन्स सेन्टरका सञ्चालक युवा वैज्ञानिक दिलीप अधिकारीले स्वागत गरे ।

राति काठमाडौंस्थित याक एण्ड यति होटलमा विश्राम गरेका एल्ड्रिन सोमबार बिहान लुम्बिनी पुगेका छन्। एल्ड्रिनसँगै रहेका अधिकारीका अनुसार लुम्बिनीको भ्रमणपछि उनी फेरि काठमाडौं नै फर्किनेछन्।

एल्ड्रिनसँगै उनका छोरा डाक्टर एन्डी, बुहारी, इन्टरप्राइजेजका मैनेजर, नासा हाउसटन अमेरिकाका अध्यक्ष एलिजावेथ लेवलन्स र वैज्ञानिक जोसेफ लेवलन्स पनि नेपाल आएका हुन्। अधिकारीका अनुसार एल्ड्रिनका छोरा एन्डी मंगलग्रहमा भविष्यमा बस्ती बसाउने कार्यक्रमका अध्यक्ष पनि हुन्।

एल्ड्रिन मंगलबार बिहान विराटनगर पुग्नेछन्। सुनसरीको सितागञ्जमा रहेको एभरेष्ट साइन्स सेन्टरमा उनले चन्द्रमामा पुगेका अनुभव र आफ्नो भोगाइबारे २ घण्टा प्रवचन दिनेछन्। मंगलबार साँझ नै एल्ड्रिन काठमाडौं फर्किनेछन्।





error: Content is protected !!