विरुवा जोगाउन हेरालो राखेर वृक्षारोपन

सुकमाया थापा
डोल्पा ः डोल्पाको ठुलिभेरी नगरपालिकाले वृक्षारोपन सँगै १ महिना सम्म हेरदेख गर्नका लागि हेरालो समेत व्यवस्था गरिएको छ ।

खाली र नाँङगा डाँडामा मात्र वृक्षारोपन गरिएको नगरप्रमुख गणेसबहादुर शाहीले जानकारी दिनुभयो । ठुलीभेरी नगरपालिका – ९ स्थित मोतिपुरको कालिका डाँडामा मसलाका विरुवा रोपेर वृक्षारोपन गरिएको हो ।

रोपिएका विरुवालाई हुकाउन र हेरदेख गर्नका लागि १ महिनाका लागि हेरालोको व्यस्था गरिएकाले सवै विरुवा जोगिने उहाँले बताउनुभयो । वृक्षारोपन लाई अभियानकै रुपमा लिने नगरको भनाई छ ।





error: Content is protected !!