मेरुदण्ड भाँचिएर आठ वर्षदेखि ओछ्यानमै , सहयोग गर्न श्रीमतीको याचना

सुकमाया थापा
डोल्पा ः त्रिपुरासुन्दरी नगरपालिका–७ बस्ने ४९ वर्षीय हरिमान रोकाय जीवनमरण दोसाँधमा आठ वर्षदेखि ओछ्यानमै थला परेका छन् । शरीरलाई चलायमान राख्ने मेरुदण्ड (ढाड)नै भाँचिएपछि उनी थला परेका हुन् ।

विसं २०६८ वैशाख १ गते छतको छेउमा सुतिरहेका हरिमान त्यहाँबाट खसेर मेरुदण्ड भाँचियो । स्थानीय अहेबले घटना भएको ७२ घण्टभित्रै उपचारकोलागि जिल्ला बाहिरका ठुला अस्पतालमा लिएपछि उनको ज्यान बच्ने बताएपछि आफन्नतहरुको सहयोगमा उपचारकोलागि नेपालगञ्ज लगियो ।

नेपालगञ्जमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौंको शिक्षण अस्पताल लगियो । अस्पतालमा तीन दिनसम्म बस्दा चिकित्सकले उपचार नहुने बताउँदै जोरपाटीमा रहेको अस्पतालमा लैजान सुझाव दिए । उनलाई जोरपाटीको अस्पतालमा १४ दिनसम्म उपचार गराइयो ।

असह्य पीडाका कारण १० दिनसम्म खानासमेत नसकेको हरिमान चिकित्सकले दुई रड राखेपछि खानसक्ने मात्र भएँ तर स्वास्थ्यमा सुधारचाहिँ भएन । त्यसपछि उनलाई थप उपचारका लागि भैँसेपाटीको एक अस्पतालमा तीन महिनासम्म उपचार गराइयो । तर उनको राम्रोसँग उपचार हुन सकेन । चिकित्सकले अझै अस्पतालमा बसेर उपचार गर्नुपर्ने बताए पनि आर्थिक अवस्था कमजोर रहेको कारण सासमात्र लिएर घर फर्कनुपरेको हरिमानले बताए ।

काठमाडौंको महङ्गो बसाइ, औषधि उपचार खर्च धान्न नसक्दा आफ्नो उपचार हुन नसकेको उनी बताउँछन् । आठ वर्ष पहिला परिवारमात्रै नभई विपन्न, असहाय छिमेकीको समेत सहारा बन्ने हरिमान अहिले अर्काको सहारामा जीवनमरणको दोसाँधमा रहेका छन् ।

उनको लागि घर बाहिर पाल टाँगेर बस्ने ठाँउ बनाइएको छ । आठ वर्षदेखि त्यही ठाउँमा चेप्टो परेर जीवनको अन्तिम सास फेरिरहेका हरिमान घामपानी, हिउँ छेक्ने त्यही पालको छाप्रोमा चेप्टो पल्टेर मृत्यु कुरिरहेको बताउँछन् ।

उनको बिछ्याउनाको तलपट्टि जस्ता बिछ्याइएको छ । त्यसमाथि ओछ्यान राखिएको छ । जस्तालाई प्वाल पारेर पिसाब छिर्ने बनाइएको छ । दिसा लागेमा अरुलाई बोलाएर भाँडोमा थापेर फाल्नुपर्छ । न आफैँ खान सक्छन न दिसापिसाबका लागि शौचालयनै जान सक्छन् ।

“निको हुने आशामा सबै गरेर सात लाख रुपैयाँ खर्च गरेपनि अवस्था उस्तै छ, चिकित्सकले २५÷३० लाख भयो भने उपचार हुन्छ भनेका छन् यत्रो पैसा घरखेती बेचेर पनि आउँदैन”, हरिमानले भने । “आफू थला परेदेखि घर खर्चका लागि पनि अरुमा भर पर्नुपरेको बेला लाखौँ कसरी पाउने मर्नुबाहेक अरु विकल्प छैन ।”
रोकायलाइ बचाउन थालियो अभियान
सामाजिक सुधार कोषमा खाता सञ्चालन गरी तत्काल हरिमान रोकायलाई उद्धार गरी बाँकी कोषको रकम अन्य डोल्पा जिल्लामा न्युन आय भएका अशक्त व्यक्तिहरुको लागि सहयोग गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी संग छलफल गरेर सामाजिक सुधार कोष को सञ्चालन गरिएको छ । सिटिजन्स बैँकमा रहेको खाता नम्बर ०४२०१००००००४६३०१ मा मिसन नेपाल राष्ट निर्माणले रु २५ हजार र ठुलिभेरी नगरपालिका ३ कि दिलकुमारी केसीले आफ्नो व्यक्तिगत तर्फबाट रु १ हजार र नेपाल युवा परिषद् डोल्पा बाट रु ५ हजार गरि जम्म रु ३१ हजार रुपैयाँ सो खातामा जम्म गरिएको मिसन नेपाल राष्ट निर्माण अभियान डोल्पाका अध्यक्ष ओमेन्द्र केसीले बताउनुभयो ।
रोकायको जीवनरक्षाका लागि सवैले सहयोग गरिदिन लागि उहाँकी श्रीमतीले आग्रह गनुभएका्े छ । नेपाल पत्रकार महासंघ डोल्पा, मिसन नेपाल राष्ट निर्माण अभियान डोल्पा,रेडियो डोल्पा एफ.एम डोल्पा,नेपाल युवा परिषद डोल्पा मानव अधिकार एलाइन्स डोल्पा , नागरिक समाज डोल्पाले सामाजिक सुधार कोष सञ्चालन अभियानमा सहयोग गर्न आग्रह गरिएको छ । त्यस्तै संघसस्थाहरुले सहयोग गरेको नेपाल पत्रकार माहासं डोल्पाका अध्यक्ष बबिकिशोर गुरुङले बताउनुभयो ।
आज बाट यो अभियान सुरु भइसकेकाले सहयोग गर्न चाहानुहुने सम्पुर्ण व्यक्तिहरुले सिटिजन्स बैँकमा रहेको खातामा आफैले जम्म गर्न सक्ने समेत बताएको छ ।





error: Content is protected !!