चिनियाँ राष्ट्रपतिलाई गिज्याउँदा प्राध्यापकको ट्वीटर अकाउन्ट प्रतिबन्ध

काठमाडौं ः चिनियाँ राष्ट्रपति सी जिन पिङलाई गिज्याएको आरोपमा ट्वीटरले न्युजिल्यान्डका एक विज्ञको अकाउन्ट अनिश्चित समयका लागि बन्द गरिदिएको छ ।

चिनियाँ राजनीतिको विश्व प्रभावबारे विज्ञको रुपमा परिचित न्युजिल्यान्डका क्यान्टरबरी विश्वविद्यालयका प्राध्यापक एन-मैरी ब्रेडीले चीनको कम्युनिष्ट पार्टीको आलोचना गर्दै ट्वीटरमा पोस्ट गरेपछि ट्वीटरले उनको अकाउन्ट सस्पेन्ड गरिदिएको ब्रैडीले बताएकी छन् ।

गएको हप्ता पार्टीको सयौं वार्षिक उत्सवको अवसरमा उनले पार्टीलाई गिज्याउँदै ट्वीट गरेकी थिइन् । उनले पोस्ट गरेका ट्वीटमध्ये दुई वटा केही समयको लागि “अनअभाइलेभल” अर्थात् हेर्न नमिल्ने बनाइदिएको थियो भने उनको अकाउन्ट पनि झन्डै एक हप्ताका लागि बन्द गरिदिएको थियो ।

एक हप्ता लामो प्रतिबन्धपछि उनको अकाउन्ट सोमबार रिस्टोर गरिएको थियो । बेलायतको टाइम्स पत्रिकाका स्तम्भकार एडवर्ड लुकासले भने कम्युनिष्ट पार्टी एजेन्टले गरेको गुनासोको अनलाइन अभियानको प्रतिकृयास्वरुप ट्वीटरबाट स्वतस् अकाउन्ट प्रतिबन्ध भएको हुनसक्ने लेखेका छन् ।

‘यस विषयमा ट्वीटरमा मैले धेरै आक्रोश पोखेको थिएँ र केही गुनासो पनि गरेको थिए । त्यसपछि अकाउन्ट रिस्टोर भयो,’ नेर ब्रेडीले ट्वीट गरेकी छन्, ‘सायद ट्वीटरले भुलेको छ कि उनीहरू सी जिन पिङको लागि काम गर्दैनन् भनेर ।’

यस विषयमा एक विज्ञप्ति जारी गर्दै ट्वीटरले भने असामान्य गतिविधि भएको आशंका हुने बित्तिकै कहिलेकाहिँ अकाउन्ट प्रतिबन्ध गरिदिने र अकाउन्ट होल्डरको कन्फरमेसन नआए सम्म त्यसलाई रिस्टोर नगरिने जनाएको छ ।

‘कुनै सरकारको दबाबमा आएर कसैको अभिव्यक्ति स्वतन्त्रताप्रति ट्वीटरले प्रतिबन्ध लगाएको भन्ने धारणामा कुनै पनि तथ्य छैन । हामी स्वतन्त्र, विश्वव्यापी र खुला इन्टरनेट सेवाको वकालत गर्दछौं र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दछौँ,’ ट्वीटरको विज्ञप्तिमा उल्लेख छ ।

चीनको कम्युनिष्ट पार्टीको शताब्दी पुगेको अवसरमा उनले सो पार्टीको अन्तर्राष्ट्रिय मान्यता कम भएको लेखेकी थिइन् । चीनलाई यस अवसरमा बधाइ नदिने विश्वका केही देशमध्येमा रसियन राष्ट्रपति भ्लादिमिर पुटिन पनि हुन् ।

ब्रेडीले आफ्नो एउटा ट्वीटमा समाचारका लागि शीर्षक सुझाएको भन्दै लेखेकी थिइन्, “सीस् यो मेरो पार्टी हो र मैले चाहे भने म रुन पनि सक्छु ।’

आफ्नो अकाउन्ट रिस्टोर भएपछि भने ट्वीट गर्दै उनले लेखेकी थिइन्, ‘आज विहान आफ्नो कामको लागि मैले मेरो ल्यापटप अन गर्दा मेरो स्क्रिनमा ट्वीटरको “वेलकम व्याक” ९पुनस् स्वागत छ० भन्ने सन्देश यसरी आइरहेको थियो कि मानौं म आफैंले उनीहरूलाई छोडेर गएको थिएँ ।’

सामाजिक सञ्जालका ठूला प्लेटफर्म मानिने ट्वीटर, फेसबुक, लिंक्डइन, जुम लगायतले कम्युनिष्ट पार्टीका आलोचकहरूलाई सधैं दबाउन खोजेको भनेर पनि उनले लेखेकी थिइन् ।





error: Content is protected !!