‘लक डाउन’ले वन्यजन्तुलाई शान्ति , रोकियो मुडभेड

हेमन्त केसी
विगतका वर्षहरुमा भारी सर्वसाधारणको चहलपहल हुँने कर्णाली प्रदेशको शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज तथा अन्य सामुदायिक वनका पाटनहरु यो पटक सुनसान भएका छन् ।

चारैतीरका नाँकाहरुमा चोरी , पैठारी नियन्त्रणका लागि नेपाली सेनाले कडा तथा सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिएपछि सुनसान भएका हुँन् । त्यस्तै यहाँका सामुदायिक वन समुहमा पनि चलह पहल शुन्य भएको छ । यार्सागुम्वा संकलनका लागि विगतमा यहाँ पुग्ने सर्वसाधारणहरु यो पटक कोरोना भाईरसबाट जोगिन र जोगाउन भन्दै यार्सागुम्वा संकलन बन्द गरिएपछि निकुन्ज र समुदायिक वन समुह सुनसान भएका छन् ।

उपल्लो डोल्पाको ४ वटा स्थानीय तहका १५ भन्दा बढी सामुदायिक वन र मुगुको १ वटा स्थानीय तहको १ दर्जन पाटनमा यार्सागुम्वा पाईने गर्दछ । त्यस्तै शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको अधिकांश भागमा यार्सागुम्वा पाईने गरेको छ । सर्वसाधारणको चहलपहल हुने निकुञ्जमा लकडाउन गरिएपछि त्यहाँका जीवजन्तुले लामो समयपछि स्वतन्त्रता समेत पाएको विज्ञहरुले गरेका छन् ।

मानिसबाट वन्यजन्तुमा र वन्यजन्तुबाट मानिसमा कुनै संक्रमण नसरोस् भनेर १३ वैशाखमा निकुन्जमा यार्सागुम्वा संकलन कार्य बन्द गरिएको थियो । त्यस्तै जिल्ला विपत व्यवस्थापन समितिले डोल्पाका सवै स्थानीय तहमा पाईने यार्सागुम्वा संकलनमा समेत रोक लगाएको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । सवै ठाउँमा भिडभाडका साथै चोरी निकासी एवं वन्यजन्तुमा समेत असर पर्ने भएपछि बन्द गरिएको उहाँको भनाई छ । जैविक विविधतामा समेत लक डाउनले समेत फाईदा गरेको छ ।

त्यस्तै रारा राष्ट्रिय निकुन्जमा हँुने चोरी निकासी समेत ठप्प भएको छ । मुगुको मुगुम कार्मारोम गाउँपालिकामा पर्ने १ दर्जन पाटनमा यार्सागुम्वा पाईने भएपनि यो पटक प्रतिवन्ध लगाउदा पाटनहरु सुनसान भएका छन् । यि पाटनमा सवै भन्दा बढी वन्यजन्तु पाईने गरेका छन् । यार्सागुम्वा सँगै चोरी निकासी अत्यधिक हुँने यि पाटनमा लक डाउनसँगै मानिसहरु नजाँदा चोरी निकासी रोकिएको छ । निर्धक्कका साथ वन्यजन्तुले आफ्नो आहार , विहार गर्न पाएको मुगुका पत्रकार अच्यूत भण्डारीले जानकारी दिनुभयो ।

रारा राष्ट्रिय निकुञ्जका अधिकतम भाग मुगु र केही भाग जुम्ला जिल्लामा पर्दछ । निकुञ्जको मुख्य आकर्षण मनोरम हिमाली काखमा हरिया वनजंगलले घेरिएको कञ्चन पानी सल्बलाउने रारा ताल नै हो । यस तालको क्षेत्रफल १०.६५ वर्ग कि.मी. छ । यस तालको लम्बाइ करिब ५ कि.मी., चौडाइ ३ कि.मी. र गहिराई १६७ मिटर छ । नेपालको सबभन्दा ठूलो तालको रूपमा रहेको रारा ताल सन् २००७ मा रामसार सूचीमा सूचीकृत हुनुले यसको  अन्तराष्ट्रिय  महत्वलाई समेत दर्शाउँछ । तालको दक्षिणतर्फ चुचेमारा टाकुरा (४०८७ मि.), उत्तरतर्फ रुम काँध (६७३१ मि.) र मालिका काँध (३४४४ मि.) जस्ता चुचुराहरू पर्दछन् । यिनीहरूले रारा राष्ट्रिय निकुञ्जको मनोरम प्राकृतिक दृश्य एवं सुन्दरतालाई अझ गाढा तुल्याएका छन् ।

हिमाली कालो भालु, थार, हाब्रे, घोरल, रतुवा, कस्तुरी मृग, बँदेल आदि गरी ५१ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् । यस निकुञ्जमा डाँफे, मोनाल लगायत २७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । निकुञ्ज अन्तर्गत रारा ताल र वरिपरिको कोणधारी वन क्षेत्र स्थानीय र बसाई सरी आउने विभिन्न चराचुरुङ्गीहरूको उपयुक्त बासस्थान बन्न पुगेको छ । यहाँ नेपालका ७ मध्ये ३ प्रजातिका रैथाने असला माछा पाइन्छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका , कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा समेत वन्यजन्तु पाईने र चोरी हुने गरेकामा लक डाउनका कारण चोरी निकासी कमी आएको बताएको छ । सडक सञ्जालसँग नजोडिएका स्थानमा वन्यजन्तुलाई लक डाउनले राम्रो प्रभाव पारेको त्यहाँका डिभिजन वन कार्यालयहरुले बताएका छन् ।

यार्सागुम्वा संकलन गर्दा अत्यधिक मानव चापका कारण वन्यजन्तुमा प्राकृतिक गुण हराइरहेका बेला मानव निषेध हुँदा तिनको विचरण स्वतन्त्र समेत भएको छ ।  प्राकृतिक बासस्थानमा कोलाहलका कारण वन्यजन्तुले थातथलो समस्य भईरहेको समयमा वन्यजन्तुको वासस्थनामा मानव निषेध गर्दा वन्यजन्तुले राहत महसुस गर्ने पुर्व शान्ति तथा पुर्ण निर्माणमन्त्री तथा प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताउनुभयो ।

निकुञ्जमा मानवीय क्रियाकलाप रोकिँदा वन्यजन्तु र जैविक विविधतामा सकारात्मक असर पर्ने शे फोक्सुण्डो राष्ट्रिय निकुन्जका छत्र खड्काले जानकारी दिनुभयो । मानिसहरुकै क्रियाकलापबाट वन्यजन्तुको वास स्थानमा समेत वर्षेनी असर पदै गएको छ । मानव र वन्यजन्तुको बीचमा मानवीय द्धन्द्धसमेत बेला , बेलामा हुँने गरेको छ ।

वन्यजन्तु सम्वन्धी अध्यायन गरिरहेका गोविन्द सिंहका अनुसार प्राकृतिक बासस्थानमा कोलाहल नहुने हो भने मानव वन्यजन्तुबीच द्वन्द्वसमेत रोकिन्छ । लक डाउनको समयमा पनि निकुन्ज क्षेत्र भित्र सुरक्षा गस्ती जारी हुने भएकाले वन्यजन्तु तस्करीका घटना कम हुँने गर्दछ । मानवीय क्रियाकलाप नहुँने हो भने मानवबाट बन्यजन्तुमा रोग तथा त्रास समेत कम हुँने गर्दछ ।

त्रास कम हुँदा आफ्नो क्षेत्रमा निर्धक्कका साथ वन्यजन्तुहरु आहार , विहार गरेर आफूलाई सुरक्षित महसुस समेत गर्ने अनुसन्धानकत्र्ता सिंहको भनाई छ । सिंहले भन्नुभयो “ मानिसले जानेर वा नजानेले धेरै वन्यजन्तुको हानी , नोक्सानी गरेको छ , यसमा सवै भन्दा पहिला स्थानीय सरकारले जनचेतना मौलाउनु जरुरी छ । ” अहिलेको यार्सागुम्वा रोकले पनि डोल्पाका पाटनमा पाईने वन्यजन्तुको अत्यधिक हुँने चोरी , निकासी तथा पैठारी भारी कम भएको सिंहको भनाइ छ ।

शे फोक्सुण्डोमा के के पाईन्छ ?

शे–फोक्सुण्डो नेपालको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ ।

यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ ।
यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मि.), सिकाल्पो खाङ (६,५५६ मि.), वेज चुचुरो (७,१३९ मि.) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।

निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औं शताब्दीमा निर्मित शे गुम्बाको यही छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ ।





error: Content is protected !!