बन्दुक चल्दैन, तस्करसँग कसरी लड्ने ?

सशस्त्र वन रक्षकले प्रयोग गर्ने ९ सय २२ हतियारमध्ये २ सय ३३ नालमात्रै चल्न सक्ने र अरु सबै कमसल रहेको खुलेको छ । लामो समयदेखिका पुराना हतियार भएको र समयमा नै मर्मत नहुँदा कमसल भएर नचल्ने अवस्थामा पुगेको हो ।
वन विभागको तथ्यांकअनुसार देशभर करिब ९ सय जना सशस्त्र वन रक्षकहरु छन् । वन अतिक्रमाण तथा चोरी तस्करी नियन्त्रणका लागि उनीहरुलाई हतियार चलाउने अधिकार दिइएको छ । पछिल्लो समय लकडाउनको छेकोमा वनमा तस्करीका घटना बढिरहेको छ । केही स्थानहरुमा दोहोरो फायरिङसमेत भएको छ । तर, सशस्त्र वन रक्षकसँग गतिलो हातहतियार नहुँदा जिल्लाका वन कर्मचारीहरुमा त्रास उत्पन्न भएको छ ।

नयाँ र चल्न सक्ने हातहतियार नहुँदा तस्करबाट वन जोगाउन थप चुनौती भएको डिभिजन वन कार्यलयहरुको गुनासो छ । विभागका अनुसार विसं १९८० सालमा गैंडा गस्तीको रुपमा सशस्त्र वन रक्षकको भर्ती सुरु गरिएको थियो । केही हातहतियारहरु माओवादीको र राज्य पक्षबीच भएको १० बर्षे जनयुद्धकालमा तत्कालिन  माओवादी  द्धारा बरामत भएको थियो । अहिले वन तस्करी बढिरहेको बेलामा गतिलो हतियार नहुँदा दोहोरो मुडभेडमा वन कर्मचारी तथा सशस्त्र वन रक्षकको ज्यानको खतरा छ । विभिन्न जिल्लाका डिभिजन वन कार्यलयहरुसँग कारोबारले गरेको टेलिफोन वार्तामा करिव ५०/६० जनाको समूहमा भरुवा बन्दुक सहित तस्करहरु वन छिर्ने गएको पाइएको छ । तर, गतिलो हतियार नहुँदा यतिबेला डिभिजन वन कार्यलयहरुलाई तसकर नियन्त्रणमा समस्या उत्पन भएको छ ।
मोरङका डिभिजन वन अधिकृत विशाल घिमिरेले हतियार पुराना भएका कारण भनेको समयमा चल्न नसक्दा समस्या भएको बताए । “हतियार पनि भनेको बेलामा चल्दैन, नियमित मर्मत पनि भएनन्, पुराना पनि भए,” उनले भने, “जोखिम छ, कसरी काम गर्ने र?”
सशस्त्र वन रक्षकका जम्दार चौलेन्द्र कटुवालका अनुसार राईफल थ्री नट थ्री , पेस्तोल ४५ बोर र ३८ बोर छन् । “सबै हतियार पुराना छन्, काम गर्न सक्ने अवस्थामा छैन,” उनले भने ।
सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा कार्यरत जमदार मादव प्रसाद उपे्रतीले जम्मा ९ सय २२ ओटा थान थ्रि नट थ्री रायफल, १८ पेस्तोल हतियारहरु सशस्त्र वन रक्षकसँग रहेको बताए । “भएका हातहतियारमध्ये २ सय ३३ नाल मात्रै चल्न सक्छन्, अरु त कवाडीलाई दिन राखिएको समान जस्तै थन्किएर बसको छ, बिग्रिएको हतियार चालाउदा गोली आफै तिर आउन सक्छ,” उनले भने, “यी हतियारहरु राणा कालको हो, मर्मत गर्न पाटपुर्जा नै पाउँदैन, अहिले त राईफल उत्पादन नै बन्द भयो, यसको पाटपूर्जा लिन भारतसम्म गयौ तर नेपाल सकारको सहमति चाहिने रहेछ, हामीले गृह र रक्षाको सहमति लिनुपर्ने हुन्छ, सहमति पाउन सकेनौं ।”
नयाँ हतियार व्यवस्थापनका लागि रक्षा र गृह मन्त्रालयय सहमतीको लागि फायल गए पनि स्वकृत हुन सकेन । “नेपाली सेनामा काम नलाग्ने भनेर नेपाली सेनाको डम्पपिङ हतियार शसस्त्र वन रक्षकलाई दिएको हो, जुन हतियार राणाकालीन समयमा भएका हुन्,” वन मन्त्रालयको उच्च स्रोतले भन्यो, “वन, गृह र रक्षा मन्त्रालयको राम्रो समन्वयनको अभावमा कंसल हतियारको तस्करसँग लड्नुपरेको छ  ? ”
वन विभागका महानिर्देशक मनबहादुर खड्काले पनि सशस्त्र वन रक्षकका अधिकांश हतियार कमसल भएको स्वीकार गर्दै सशस्त्र वन रक्षक नियमावाली बन्दै गरेको र यसपछि हतियार व्यवस्थापनको बिषयमा उचित निष्कर्ष निस्कने बताए । “हामीसँग भएका धेरै हतियारहरु पुराना छन्, मर्मत गर्न बजेट त छ तर तर मर्मत गर्ने मानिस नपाएकाले पनि समस्या भएको हो,” उनले भने, “नयाँ हतियार खरिद गर्न की नेपाल सेनाबाट ल्याउने भन्ने कुरा पनि चलिरहेको छ, यसमा नेपाली सेना सकारात्मक छ, सशस्त्र वन रक्षक निमयमवालीपछि कार्यविधि पनि बन्छ र के गनेृ भन्नने बिषयमा एउटा निष्कर्ष निकाल्ने छौं कारोबारमा खवर छ ।”





error: Content is protected !!