भाइरस

भिजिट नेपाल २०२० मा नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलको तयारी कस्तो छ भनेर हेर्न गाको त चाइनिज पर्यटकहरूसँग पो जम्काभेट भयो । कोरोना भाइरसका कारण सी चीन फिङले आफ्ना नागरिकलाई विदेश जान हाललाई रोकेका छन् भन्ने समाचार पढेको थिएँ । तर एयरपोर्टमा त थुप्रै चाइनिज पर्यटक हतार हतार नेपाल आइरहेको भेटियो । उनीहरूलाई देख्नेबित्तिकै मलाई कताकता असजिलो शुरू भयो । एकप्रकारले म त बिरामी नै पो परेँ त

नेपालीले स्वदेशी कस्ता कस्ता खतरनाक प्रचण्ड भाइरसलाई त पचाइसके । जाबो चाइनिज भाइरसले के बिगार्‍यो होला र रु

डाक्टरकहाँ जाँदै थिएँ । बाटोमा एकजना मित्र भेट भए । सोधे, ‘कता रु’ ‘कडा रुघा लागेको छ । पेट दुखेजस्तो पनि भएको छ । तनलाई ठीक छैन, त्यसैले मनलाई पनि ठीक भएन । चाइनिज भाइरस सर्‍यो कि, डक्टरलाई पो देखाउनु पर्‍यो भनेर चेक गराउन अस्पताल जान लागेको ।’

‘हैन होला । नेपालीले स्वदेशी कस्ता कस्ता खतरनाक प्रचण्ड भाइरसलाई त पचाइसके । जाबो चाइनिज भाइरसले के बिगार्‍यो होला र रु कतै पार्टी वा पार्टी प्यालेसको भोज पो पेटभित्र पुग्यो कि रु यसै पनि वर्षमा ३५० दिन पार्टीमा फ्री डिनरमा जान पाउने मान्छे तँ ।’ साथीले कहिलेदेखिको आफ्नो तुस एकैचोटि पोख्यो ।

‘मलाई गाह्रो भइरहेको छ । तलाई मजाक फुरिरहेको छ,’ मैले भनेँ ।

अस्पताल त पुगेँ । शनिवारको दिन परेछ । निजी अस्पतालमा डाक्टरको दर्शन पाउन मुश्किल । सरकारीमा जान मन मानेन । घर पुगेर पलङमा लम्पसार परियो । एक छिनपछि उही साथी ‘डाक्टरले के भन्यो त’ भन्दै आइपुग्यो ।

मेरो अघिभन्दा खस्केको स्वास्थ्यस्थिति देखेपछि उसले भन्यो, ‘उठ् १ अहिल्यै तँ स्वर्ग गएर पनि के गर्छस् त्यहाँ रु स्वर्गमा तत्काल आरक्षणको सुविधा छैन होला । यसै पनि तँ कुनै पार्टीमा छैनस् क्यारे । तँ कसैको पनि मान्छे नभएपछि स्वर्गमा तँलाई कसले नै वास्ता गर्ला र रु धेरै ठक्कर खानुपर्ला नि १ तँ यसै पनि क्यै खान सक्ने स्थितिमा छैनस् । बरु सरकारी अस्पतालै भए पनि हिँड् । म लिएर जान्छु । सरकारी अस्पतालमा कमसेकम अन्तिम संस्कार गरेपछि मात्र बाहिर जान दिन्छन् । यसै पनि तेरो अघिपछि कोही छैनन् क्यार १’

‘चुप लाग्, तँ मलाई मद्दत गर्न आएको कि, मेरो अन्तिम दर्शन गर्न रु बरु हिँड् मलाई लिएर भर्खरै खुलेको नौलो जीवन अस्पतालतिर । त्यहाँ विदेश पढेर आएका डाक्टरहरू छन् रे भन्ने सुनेको छु,’ सकिनसकी मैले बोलेँ ।

‘अँ । नौलो जीवन शहरको त्यस्तो एकमात्र अस्पताल हो, जहाँबाट फर्किएपछि प्रत्येक बिरामीले नयाँ र लामो जीवन पाएको ठान्छ रे । किनकि बिरामीको पुरानो सबै कमाइ अस्पतालले लिन्छ । मान्छेले नयाँ शिराबाट आफ्नो जीवनको शुरुआत गर्छ भन्ने मैले पनि सुनेको छु । जे होला होला, ल जाम हिँड् न त ।’

अस्पताल पुगेपछि ठूलो बिल्डिङ देखेरै खुशी लाग्यो । जति ठूलो अस्पताल, उति नै ठूला ठूला डाक्टर । जति ठूला डाक्टर, उति नै ठूलो चेकजाँच होला भन्ने लाग्यो । डर भाग्यो, अलिकति बाँच्ने आशा जाग्यो । झन् डाक्टरको अनुहारको चमक धमक देखेपछि त आत्मविश्वास पनि बढ्यो । तर बेड पाउन मुश्किल । पछि थाहा भयो, बेड खाली भए पनि बिरामीको आर्थिक हैसियत हेरेर २ हजारदेखि ५० हजारसम्मका बेडमध्ये कुन चाहिँ भिडाउने भन्ने हुँदो रहेछ । बल्ल बल्ल कुरा मिल्यो । ढुक्क परियो, कोठा बुक गरियो ।

डाक्टरले सोधे, ‘बिरामी को हो

मैले भनेँ, ‘म’ ।

उनले सोधे, ‘के भो’

रुन्चे स्वरमा मैले आफ्नो हालत सबै बताएँ ।

त्यसपछि डाक्टरले मलाई बेडमा सुत्न लगाए । नर्सहरूले फलामको स्यान्ड ल्याए र अनेक ताना तिर्किटा ल्याएर मेरो बेड सामुन्ने राखे । डाक्टरले पेट थपथपाए, लामो सास तान्न लगाए र अन्त्यमा भने, ‘पेटको एक्स रे गर्नुपर्छ ।’ अनि नर्सले मेरो साथीतर्फ कर्के आँखा पार्दै झर्के स्वरमा भनिन्, ‘पहिले काउन्टरमा गएर रसिद लिएर आउनुस्, अनि एक्स रे गरेर रिपोर्ट लिएर तुरुन्त यहाँ ल्याउनुस् ।’

मैले साथीलाई सोधेँ, ‘यार १ भाइरसका लागि पेटको एक्स रे किन

साथीले भन्यो, ‘एक्सरे गरेर डाक्टर यो हेर्न चाहन्छन् कि अहिलेसम्म तैले कति आफ्नो कमाइ खाएको छस् अनि कति हरामको भनेर ।’ म अक्क न बक्क परेँ ।

एक्सरेमा केही देखिएन । त्यसपछि डाक्टरले किड्नी चेक गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘किड्नीले नै शरीरलाई शुद्ध राख्ने काम गर्दछ । हेरौं कस्तो छ रु’ मेरो त सातो गयो । किनकि बिहान बेलुका तरकारी र फलफूलमार्फत यति धरै विषादीको उपभोग गरिरहिएको छ कि शरीर शुद्ध त कसरी रहिरह्यो होला र रु तर भाग्यवश किड्नीमा पनि कुनै खराबी देखिएन । साँझ–साँझ बोतलको बिर्को खोल्ने मौका अझै होला जस्तो लाग्यो ।

त्यसपछि लिभरको चेक गर्न भनियो । त्यसपछि फेरि एमआरआई, अनि २ दिन लगातार सम्पूर्ण शरीरको चेकअप सिद्धियो । यता आफ्नो खल्ती र एटीएम पनि सबै रित्तियो । तर रोग के हो अझै पत्ता लागेन । त्यसैले अब ईसीजी लगायत थप १०र१२ ओटा टेस्ट गर्ने सल्लाह दिएका थिए डाक्टरले ।

यसबीचमा थुप्रै आफन्त, साथीभाइहरू भेट्न आए, कोही खाली हात, कोही हर्लिक्स र चीसा फलफूल बोकेर । तर खाने कसले रु न त फलफूल राख्ने पर्याप्त ठाउँ थियो, न आगन्तुक नै । आएका शुभचिन्तकहरूमध्ये प्रायः सबैले विविध प्रकारका तत्कालै निको भइजाने अचुक औषधिहरूका नाम आफै किनेर खाने सल्लाह दिए । कसैले उपचार विधि र विभिन्न डाक्टर, स्वास्थ्य क्लिनिकहरूबारे सित्तैमा र एक से एक उम्दा सल्लाह पनि दिइरहेकै थिए । भलै भित्रभित्रै यसले आफ्नो बिमारी अझ बढ्ने हो कि जस्तो पनि भइनै रहेको थियो ।

यता, खल्ती रित्तिएपछि अरू केही दिन अस्पताल बसेर रोगको निदान गर्न सक्ने स्थिति रहेन । यसैबीच आमाले घरबाट ज्वानोको तातो झोल बनाएर ल्याउनुभएको रहेछ । खुवाउनु भयो । साँझसम्म त्यसैले पो फिट भइएछ । धन्न चाइनिज कोरोना भाइरस लागेको रहेनछ । त्यसपछि थाहा पाइयो कि मलाई त सामान्य नेपाली ‘धुले र चिसे भाइरस’ पो लागेको रहेछ ।

त्यसपछि साथीभाइसँग सरसापट मागेर अस्पतालको सबै बिल चुक्ता गरेपछि अन्तमा डिस्चार्जको स्लिप हात पर्‍यो । अस्पताल बाहिर आएर मनमा नयाँ जीवन मिलेको आभास भइरहेको थियो । आखिर अस्पतालको नाम पनि नौलो जीवन हो नि त ?





error: Content is protected !!