जातीय विभेद हटाउन पुस्ताको लडाइ

हेमन्त केसी
जाजरकोट , ७ माघ ः दश वर्षे जनयूद्धमा जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि लडाई लड्नु भएकी भेरी नगरपालिका – ११ जगतीपुरकी शारदा खड्कालाई अहिले यो मुद्धाले झन पिरोल्ने गरेको छ ।

युद्धकाल भन्दा अहिले जातीय भेदभाव र छुवाछुत झनै झाँगिएपछि खड्कालाई दैनिक मन दुख्ने गर्दछ । उहाँ भन्नुहुन्छ , “ युद्धको वेला कुरिती , कुसंस्कारका विरुद्ध लड्नका लागि सजिलो थियो , सवैले भनेको एकै पटक मान्थे । अहिले कसैले पनि आग्रह , अनुरोध मान्ने होईन्न । ”

लोकतन्त्रको नाममा अराजकता फैलिएको र विधिको शासन पालन भन्दा पनि कसरी आलोचना गर्न सकिन्छ भन्नेमा मात्र मान्छेका चेतनाहरु विकास भएको देख्दा खड्कालाई उदेक लागेर आउने गरेको छ ।


यूद्धमा सवैलाई समान व्यवहारका साथै भेदभाव मुक्त भएको समय सम्झदै उहाँ थप्नुहुन्छ , “ दाई , भाई , दिदी , वैनी भन्ने मात्र थियो , विभेद भएको थाहा पाउन वितिकै कारवाही भोग्नुपथ्यो , अहिले कसले कसलाई कारवाही गर्नु मनपरी छ ! कानुन भएर के गर्नु पालन गर्ने निकाय नै वेखवर भएपछि कसको के लाग्छ र ? ”

उहाँ जस्तै अर्का यूवा भरत पुन दैनिक गाउँ , गाउँमा जातीय भेदभाव , छुवाछुत अन्त्यको सन्देश लिएर स्थानीय सर्वसाधारणलाई जम्म गदै चेतनाका आवाज वुलन्द परिरहेनु भएको छ । उहाँलाई साथ दिन उहाँको वडाबाट ४१ जना यूवाहरुको समुह सक्रिया रहेको छ ।

जव गाउँमा यूवाको नेतृत्व गरी भरत जानुुहुन्छ , तव यूवा र वृद्धबीचमा छुवाछुत , भेदभावको विषयमा खुलेरै छलफल हुन्छ । तर वृद्ध अवस्थाका जनसाधारणले यूवाहरुको कुरामा खासै ध्यान नदिएको देख्दा भरतलाई जातीयतामा पुस्ताको लडाई भएको जस्तो लाग्छ ।

अहिले भेरी नगरपालिकाले १३ वटा वडामा प्रत्यक वडामा २५ देखि ५१ जना सम्मको यूवाहरुलाई जातीय भेदभाव , छुवाछुतका अन्त्यका लागि जागरण अभियान सञ्चालन गर्न अभियान सञ्चालन गरेको छ । यो यूवाको समुहले टोल , टोलमा गएर समुह निर्माण गरी भेदभावका विषयमा जागरण पैदा गर्ने कार्य गरिरहेको भेरी नगरपालिकाका प्रवक्ता पार्वती विकले जानकारी दिनुभयो ।


जेठ २१ गते भेरी नगरपालिकालाई जातीय भेदभाव र छुवाछुत अन्त्य भएको घोषणा गर्नका लागि सवै प्रकारका समाजिक जागरणको अभियान सुरु भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो , “ जातीय विभेद , भेदभावको अन्त्यका लागि गरिने भेला , वैठक र छलफलमा जनप्रतिनिधिले नै अवरोध गर्दा दुख लाग्छ । हाम्रा सोचहरु कहिले बदलिन्छन् , भेला र छलफलमा ७५ प्रतिशत महिला दिदी , वैनीहरु आउनुहुन्छ तर पुरुषको संख्य भने न्यून हुँने गर्दछ । ”

जातीय विभेदका कुरा गर्दा चुनावको वेला चाहिने नारा अहिले किन लगाउने भनेर ठाडो जवाफ समेत आउने गरेको प्रवक्ता विकको भनाई छ । दलित समुदायको चेतना अभिवृद्धीका लागि राज्यले लगानी धेरै गर्नुपर्ने दलित समुदायका अगुवाको भनाई छ । अहिले गाउँ , गाउँमा जनताहरु परिवर्तन चाहान्छन् तर राजनीतिक नेतृत्व छुवाछुत अन्त्य गर्ने अभियानमा सक्रिया सहभागीता नजनाउदा समस्य भएको अभियान्ताहरु बताउँछन् ।

छुवाछुत अन्त्यका लागि भेरी नगरपालिकाले गरेको यो अभियानले मान्छेले मान्छेमाथी गर्ने मानसिक , शारीरिक दमनको अन्त्य गर्ने एक महाअभियान भएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो , “ हामी संसार बदल्ने कुरा गछौँ तर आफुले आफैलाई बदलेर देखाएमा मात्र संसार आफै बदलिन्छ , ठुला कुरा मात्र गरेर के काम ? परिणाममा चाहिएको छ अव , त्यसको नेतृत्व भेरी नगरपालिकाले गरेको छ । ”


जिल्लाको मुटु मानिएको भेरी नगरपालिकामा गरिएको यो पहिलो अभियानले अन्य स्थानीय तहलाई सिकाई हुँने प्रदेशसभा सदस्य जाजरकोट“क” का गणेसप्रसाद सिंहले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम रहेको र सवै भन्दा बढी नेता अनि नेतृत्व भएको भेरी नगरपालिकाबाट सुरु गरिएको जातीय भेदभाव , छुवाछुत अन्त्यकाको अभियानले समंग्र जिल्लाबासीलाई सकरात्मक दिशातीर लिन मदत गर्ने सिंहको भनाई छ ।





error: Content is protected !!