यसरी अपनाउनुहोस् खानेकुरामा होसियारी

हामीले खाने खानाले स्वास्थ्यमा प्रत्यक्ष प्रभाव राख्छ । बजारमा विभिन्न थरीका खानेकुरा उपलब्ध हुन्छन् । सबैको आ–आफ्नो महत्व छ । तर, त्यस्तो खानेकुराको मात्रा मिलाउन भने अत्यन्त जरुरी हुन्छ । यस्ता खानाको मात्रा नपु(याई प्रयोग गर्दा शरीरमा त्यसको खराब असर पर्न जान्छ । दैनिक जीवनमा प्रयोग हुने यस्ता खानाको प्रयोग गर्दा निम्न कुरामा ध्यान पुयाउन जरुरी हुन्छ

खानेतेल
अधिकांशले तरकारीका लागि तेलको प्रयोग गर्छन् । उत्पादन भई बजारमा आएका खानेतेलमा एसिडको मात्रा बढी देखिने पनि गर्छ । उद्योगहरूले कम गुणस्तरको कच्चा तेल बजारमा पठाउने र प्रशोधन गरी उपभोगयोग्य तेललाई समेत लामो समय उद्योगमै भण्डारण गरी राख्दा एसिडको मात्रा बढी हुने गर्छ । जुन कम गुणस्तरीय हुन्छ । तोरी, सनफ्लावर, सोयाबिनलगायतका तेलमा यस्तो समस्या हुने गरेको देखिएको छ । खासमा प्रशोधनका समयमा प्रयोग गरिएको रसायन बिग्रिएर एसिड उत्पादन हुन्छ र तेल बिग्रने गर्छ । जुन गनाउने पनि गर्छ । त्यसैले प्याकिङ गरिएको तेलको डेट हेरेर मात्र खरिद गर्नुपर्छ ।

खानेपानी
पानी दैनिक जीवनका लागि अत्यावश्यक पदार्थ हो । बजारमा खानेपानीका बोतल उपलब्ध हुन्छन्, जुन प्रशोधन गरी तयार पारिएको हुन्छ । त्यस्तो पानीमा स्वास्थ्यलाई असर पार्ने कोलिफर्म जीवाणुको प्रशस्त प्रभाव हुन्छ । पानी उत्पादन गरी बजार पठाउने कम्पनीले अनुज्ञापत्र नलिई पानी उत्पादन गरिरहेका हुन्छन् । जुन शुद्ध नहुन सक्छ । त्यसैले विभागको अनुज्ञापत्र नम्बर हेरेर मात्रै पानी उपभोग गर्नुपर्दछ ।

मसला
बेसार, खुर्सानीको धुलो, धनियाँ, जिरालगायतका मसला परीक्षण गर्दा कम गुणस्तरको पाइएको छ । कुनै मसलामा चाहिनेभन्दा बढी चिसोपना हुन्छ भने कतिमा अन्य वस्तुको मिश्रणसमेत हुने गरेको छ । खासगरी बेसारमा बढी चिसोपना हुने पाइन्छ ।

जुन पानीको मात्रा बढी भएर र प्याकिङमा खराबी भएर हुन्छ । प्याकेजिङ गर्ने प्लास्टिकको गुणस्तर कम भई हावा, पानी छिर्दा पनि चिसोपना देखिन्छ । धनियाँ, बेसार, जिरामा मिश्रण बढी गरिएको पाइन्छ । त्यसैले उपभोक्ताले प्रयोग गर्ने मसलाको उद्योग, प्याकेजिङ, अनुज्ञापत्रमा विशेष ध्यान दिएर मात्र खरिद गर्न आवश्यक हुन्छ ।

दुग्धजन्य पदार्थ
उपभोक्ताले दैनिक रूपमा प्रयोग गर्ने प्याकेटको प्रशोधित दूधमा पानीको मात्रा बढी भएको पनि पाइएको छ । हामीले बजारमा उपलब्ध दूधलाई प्रयोगशालामा ल्याएर परीक्षण गरेकोमा २४ प्रतिशत अर्थात् झन्डै एकचौथाइ दूध कम गुणस्तरको भेटिएको छ । खासगरी दूधमा चिल्लो पदार्थ ३ प्रतिशत र एसएनएम ८ प्रतिशत तोकिएको छ । तर, दुवै तत्व तोकिएभन्दा कम हुने गरेकोसमेत पाइएको छ । यस्तो दूध प्रयोग गर्दा उपभोक्ताको स्वास्थ्यमा हानि पु(याउँछ । कतिपय दूधमा सोडा, कोलिफर्मसमेत मिश्रण गरिएको पाइन्छ । घिउमा पानीको मात्रा ९जलांश० बढी हुने गरेको पाइन्छ । त्यसैले दूध र दूधजन्य पदार्थ खरिद गर्दा पनि निकै होसियारी अपनाउन जरुरी हुन्छ ।

पेय पदार्थ
जुसमा फलफूलको मात्रा पर्याप्त हुनुपर्छ । तर, कतिपय ठाउँमा फलफूलको मात्रा कम हुन पनि सक्छ । कतिपय जुसमा जाम, जेली राखेर फलफूलको मात्रा घटाई अखाद्य रङको प्रयोग गरी तयार पार्न सक्छन् । बोतलको जुस प्रयोग गर्दा पनि विशेष ख्याल गर्नुपर्छ । यस्तो जुसमा सस्तो खालको आल्मुनियमको कोटिङ गरेकोसमेत पाइन्छ । यसबारे विशेष ख्याल राखेर प्रयोग गर्न जरुरी हुन्छ ।





error: Content is protected !!