बाच्छो खाएको भन्दै अजिंगरको पेट काट्दा निस्कियो यस्तो

snake-eggअजिंगरले ठूला ठूला जिव पनि सिँगै निल्दछ । अजिंगरहरुले कहिलेकाहीँ घरपालुवा जनावर खाइदिएर पनि किसानहरुलाई समस्यामा पारिदिने गरेका छन् । तर एउटा अजिंगरलाई भने नखाएको विष लागेको छ । फुलेको पेटकै कारण उसले अनाहकमा बाच्छो निलेको आरोपमा काटिनुपरेको छ ।

घटना नाइजेरियाको हो । एकजना किसानले घरमा पालेको गाइको बाच्छो एक्कासी हरायो । धेरै ठाउँ खोज्दा पनि भेटिएन । तर जब उनले झाडीमा लुकेर बसेको अजिंगर देखे तब उनको होसहवास उड्यो ।

कलबपभ(भननअजिंगरको फुलेको जिउ देख्दा उनले लख काटे की पक्कै पनि उनको बाच्छो खाएको हुनुपर्छ । त्यसपछि गाउँलेको सहयोगमा अजिंजरलाई समातियो र बाच्छो जिउँदै निकाल्ने भन्दै अजिंगरको पेट काटियो । तर अजिंगरको पेटबाट जे कुरा निस्कियो त्यसले सबैलाई तिनछक पारिदियो ।

वास्तवमा त्यो अजिंगरको बाच्छो खाएको थिएन । त्यो एक पोथी अजिंगर थियो र छिटै नै बच्चा जन्माउनेवाला थियो । उसको पेटमा बच्चा रहेका दर्जनौँ अण्डा थिए । तिन तहमा प्याक गरिएको अवस्थामा अजिंगरको पेटभित्र रहेका गुलावी रंगका अण्डाहरुको दृष्य कुनै हलिउड फिल्मको दृश्यभन्दा कम छैन ।

अण्डाले भरिएको पेट सहित काटिएको अजिंगरको तस्वीर इन्टरनेटमा भाइरल भएसँगै विभिन्न थरी प्रतिक्रिया आएका छन् । वन्यजन्तुप्रेमीहरुले यस्तो क्रुरताको विरोध गरेका छन् । स्थानीयहरु भने दर्जनौँ खतरनाक अजिंगर जन्मिन नपाएकोमा खुसी छन् । अझ निकै स्वादिलो मानिने अजिंगरका अण्डा खान पाएकोमा मख्ख छन् ।





error: Content is protected !!