निरुता कमब्याक हुन तयार तर . . .

काठमाडौं । दर्जन बढी सफल चलचित्रमा अभिनय गरेकी एक समयकी सुपर हिट नायिका निरुता सिंहले फेरि नेपाली चलचित्र खेल्ने चाहना व्यक्त गरेकी छन् । लष्चगतब(कष्लनज(द्ध
भलाद्मी नायिकाका रुपमा परिचित निरुताले तर, यसमा शर्त राखेकी छन् । हाल भारतको मुम्बईका रहेकी निरुताले भनेकी छन् ‘नेपाली फिल्ममा लामो समय ग्याप भएकाले जस्ता पायो त्यस्तो फिल्ममा खेल्नु त भएन ।’ राम्रो र वापरफुल रोल दिइए फिल्म खेल्न सक्ने वताएकी छन् ।
मुम्बईमा इन्टेनियर डिजाइनको काम गर्दै आएकी निरुताले आफूले प्रोडक्सन हाउससमेत खालेको बताएकी छन् । उनले भनिन् ‘ प्रोडक्सन हाउसबाट इभेन्टका साथै फिल्मका काम पनि गरिरहेका छौ ।’ उनले चाडै नेपाली दर्शकहरूले आफूलाई देन पाउने बताएकी छन् ।
त्यसो त निर्देशक तुलसी घिमिरेले उनलाई ‘दर्पण छाँया २’ मा खेल्न अफर नगरेका होइनन् । त्यतिखेर कामको चापले उनले नभ्याएको बताइएको छ । यसैका कारण अब निरुताले फिल्म क्षेत्रबाट विदा लिएको अनुमान गरिएको थियो । तर, हालै सिक्किममा भएको ‘चौथो इनास अवार्ड’ मा उनले सशक्त कथा भेटिए नेपाली फिल्म खेल्ने इच्छा जाहेर गरेकी थिइन् ।
एक समयकी चल्तीकी नायिका निरुताले खेलेका मनमन्दिर, दर्पण छाँया, बन्धकी, दुई किनारा, दुख, आमाको काख, आफन्त, माइती, माइली, सन्तान थरी थरीका, लहना लगायतका फिल्म सुपरहिछ भएका थिए ।



