ऋचालाई हिरोभन्दा बढी शुल्क !

richa-chddaबलिउड होस् वा अन्य फिल्ममा खेल्ने हिरोभन्दा हिरोइनलाई कम पारिश्रमिक दिएको सुन्न पाइन्छ । जबकी बलिउडमै पनि पछिल्ला दिनमा ‘पिकू’ ‘मौरीकाँम’ ‘क्विन’ र ‘पिंक’ जस्ता नायिका प्रधान फिल्मले राम्रो विजनेस गरेका छन् । यही कारण विस्तारै बलिउडमा पनि सोंचमा परिवर्तन आएको छ ।

त्यही भएर होला ‘फुकरे २’ का नायिका ऋचा चड्ढालाई सो फिल्मका अन्य कलाकारभन्दा बढी पारिश्रमिक दिइएको समाचार छ । उनले फिल्मका अन्य कलाकार अली फजल, पुलकित सम्राट, मंजोत सिंह र वरुण शर्माभन्दा बढी पारिश्रमिक पाएको बताइएको छ ।

त्यसै पनि ऋचाले यी पुरुष कलाकार बढी फिल्म खेलेकी छन् र त्यसमा उनले राम्रो अभिनय क्षमता पनि प्रदर्शन गरेकी छन् । फिल्म इण्डष्ट्रीमा उनको उचाई अरूभन्दा बढी नै भएको मानिन्छ, त्यसले पनि उनको हकमा बढी पारिश्रमिक जायज मानिएको छ ।

जे होस् अब फिल्म निर्माता पनि विस्तारै हिरोइनहरूको महत्व बुझ्दैछन् र उनीहरूको सोंचमा परिवर्तन भइरहेकामा सकारात्मक नै मान्नु पर्दछ ।





error: Content is protected !!