छेडागाड नगरपालिकाको सातौँ नगरसभा सुरु

जाजरकोट ः छेडागाड नगरपालिकाको सातौँ नगरसभा सुरु भएको छ । सभामा सावन देखि माघ सम्मको काम र प्रगतीको समिक्षा गरिएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य करबीर शाहीले अहिलेको व्यवस्थालाई संस्थागत गर्न स्थानीय तह थप चनाखो हुँनुपर्ने भनाई राख्नुभएको थियो ।

त्यस्तै नगरप्रमुख लालबहादुर महतराले संमृद्ध छेडागाड हाम्रो भविश्य भन्ने नारालाई सफल पार्नका लागि हाम्रो स्रोत र भौगलिक अनि नगरवासीको अपेक्षा पुरा गरी विकासरुपी चहाना पुरा एकजुट हनुपर्ने बताउनुभयो ।

भोली वैठकमा ४ वटा ऐन सम्वन्धित ऐनका संयोजकले सचिवालयमा प्रस्तुत गर्नका लागि सभामा दत्र्ता  गरिएको सूचना अधिकारी देबबहादुर बुढाले जानकारी दिनुभयो ।नगरसभामा आएका जनप्रतिनिधि तथा स्थानीयलाई निशुल्क स्वास्थ्य उपचार कक्षमा राखेर जाँच समेत गरिएको छ ।





error: Content is protected !!