शैक्षिक अवस्था सुधार्न सुविधा सम्पन्न विद्यालय बनाउदै छेडागाड

हेमन्त केसी
जाजरकोट ,  विद्यालयका शैक्षिक अवस्था सुर्धानका लागि छेडागाड नगरपालिकाले सुविधा सम्पन्न विद्यालय निर्माण कार्य जारी राखेको छ ।

समस्यको वर्गीकरण गरी नगरपालिकाले विद्यालय भवन निर्माण कार्य जारी राखेको हो । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने छेडागाड नगरपालिका सडक सञ्जालको पहुँचमा रहेको स्थानीय तह हो । स्थानीय सरकार घोषणा भएसँगै शैक्षिक क्षेत्रमा भारी बजेट विनियोजन गरी काम थालेको नगरले अहिले सम्म १४ वटा आधुनिक विद्यालय भवन निर्माण गरीसकेको छ ।

यो आर्थिक वर्षमा बाँकी ८ वटा सुविधा सम्पन्न विद्यालयका भवन स्थानीय सरकारले निर्माण कार्य जारी राखेको छ । त्यस्तै ३ वटा विद्यालयका भवन कर्णाली प्रदेश सरकारको अनुदानमा निर्माण भईरहेको नगरप्रमुख लालबहादुर महतराले जानकारी दिनुभयो ।

विद्यालय भवन भएपनि विद्यार्थीहरुलाई खेल मैदान नहुदा समस्य भोगिरहेको गुनासो बढेपछि नगरपालिकाले ८ वटा नयाँ खेलमैदान समेत निर्माण गरेको प्रमुख महतराले जानकारी दिनुभयो । विद्यालय भवन निर्माण कार्य पुरा भएको ठाउँमा सहज रुपमा कक्षा कोठामा वसेर पढ्न पाउँदा खुसी भएको छेडागाड नगरपालिका – ९ स्थित अमृत आधारभुत विद्यालयमा कक्षा ६ मा पढ्ने छात्रा रमिता केसीले जानकारी दिनुभयो ।

विद्यालय भवन नहुदा खुल्ला आकाशमा वसेर पढ्दा समस्य भोग्दै आएका विद्यार्थीहरु नयाँ भवन पाएसँगै पढाई कार्य सहज भएको बताउदै आएका छन् ।

विद्यालयमा बस्ने कक्षा कोठा नहुदा अन्य साथीहरु भन्दा अगाडी विद्यालय आएपछि मात्र वस्न पाईने प्रतिस्पर्धा चल्ने चन्द्रज्योती आधारभुत विद्यालय छेडागाड –१२ मनघाटमा अहिले विद्यालय भवन निर्माण सँगै विद्यार्थीहरु वस्ने कोठाको लागि प्रतिस्पर्धा गर्ने समस्य हल भएको छ ।

अहिले सवै विद्यार्थीहरु मिलेर रमाई ,रमाई पढ्न पाएको शिक्षकहरुले बताएका छन् । कक्षा कोठा नहुदा छात्र भन्दा छात्राहरुलाई बढी समस्य हुने गरेको थियो , अहिले समस्य हल भएपछि शिक्षक विद्यार्थी सवैलाई सहज भएको छ , कक्षा ६ अध्यानरत चन्द्रिका बुढाले बताउनुभयो ।

विद्यालयमा खानेपानीको समस्य समाधान गर्नका लागि समस्य वर्गीकरण गरी नगरले खानेपानी निर्माण कार्य जारी राखेको नगरपालिका निर्मित प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिनुभयो ।

खानेपानी र कक्षा कोठाकै अभावमा विद्यालय आउन नमान्ने विद्यार्थीहरु अहिले भवन तथा खानेपानी विद्यालयमा सहज तरिकाले पाएपछि विद्यालयमा नियमित आउने केसीको भनाई छ । छेडागाड नगरपालिका भित्र ८६ वटा सामुदायिक विद्यालय रहेका छन् । नगरभित्रका सवै विद्यालयको समस्यको पहिचान गरेर विद्यालय निर्माण कार्य जारी रहेको बताएको छ ।

नगरपालिकाको आफ्नै वजेटले सवै विद्यालयमा भवन निर्माण कार्य सम्पन्न गर्न समस्य भएकाले संघ , संस्थासँग सहकार्य गरी भवन निर्माणको कामलाई तिव्रता दिएका छौँ नगरप्रमुख महतराले भन्नुभयो ,“कोही पनि विद्यार्थीहरु विद्यालयमा बस्ने र खानेपानीकै समस्यले पीडित नहुँन् हाम्रो त्यो आशा छ ,।” केही विद्यालयमा वालमैत्री खानेपानीको धारा समेत निर्माण गरिएको छ ।

कुपोशन हुँन नदिन आईरन चक्की
छेडागाड नगरपालिकाले यहाँका १० देखि १९ वर्ष भित्रका छात्राहरुलाई कुशोषण हुन नदिनका लागि आईरन चक्की खुवाउदै आएको छ ।

घरियासी काम देखि महिनावारी हुदा धेरै समस्य भोग्नुपर्ने भएकाले बालिकालाई कुपोशनबाट जोगाउन आईरन चक्की खुवाउन थालिएको छ । १३ हप्ता सम्म आईरन चक्की उपलव्ध गराएर स्वास्थ्य अवस्था मजवुत बनाउने अभियान सुरु गरिएको नगरप्रमुख महतराले जानकारी दिनुभयो ।





error: Content is protected !!