छुँदा ‘काउकुती’ लाग्ने अनौठो रुख भेटियो

काठमाडौं ः संसारमा धेरै अनौठा चिजहरु सुन्न र देख्न पाइन्छ । तपाइलाई सुन्दा अचम्म लाग्ला संसारमा यस्तो अनौठो रुख पनि छ जसलाई छुँदा काउकुती लाग्छ । यस्तो अनौठो रुख भारतको उत्तराखण्डस्थित कालाढुंगी जंगलमा रहेको छ ।

यस रुखले मानिसले जस्तै ब्यबहार देखाउछ । रुखको फेदमा औंला रगड्दा उसका हाँगाबिँगा आफैं हल्लिन थाल्छन् ।यो सुन्दा तपाइलाई पत्याउन मुस्किल पर्यो होला तर यो रुख भारतको उत्तराखण्डस्थित कालाढुंगी जंगलमा रहेको छ ।

यो रुखलाई हास्ने रुख नाम राखिएको छ । यो रुख अचम्मको हर्कत देखाउने र आफैं हल्लिने गर्छ । यो रुखको वैज्ञानिक नाम रेन्डिया डुमिटोरम हो । यतिबेला यो रुखलाई छुँदा किन काउकुती लागेझैं हर्कत गर्छ भन्ने विषयमा वैज्ञानिकले अनुसन्धान भइरहेको छ ।





error: Content is protected !!