चाउरीपना हटाउने बोटक्सबारे जान्नैपर्ने कुरा

बोटक्स अथवा बोटुलिनम सुई चाउरीपनाको संसारकै सबैभन्दा लोकप्रिय र प्रभावकारी उपचार हो। बोटक्स स–साना सुईहरुबाट चाउरी परेको भागमा दिइन्छ। नदुख्ने क्रिम लगाएर गरिने यो उपचार विधिलाई लन्च टाइम प्रोसिजर पनि भनिन्छ।

लन्च टाइम प्रोसिजर अर्थात् खाजा खाने छोटो ब्रेकमा गर्न भ्याउने उपचार भन्ने बुझिन्छ। बोटक्स गर्न १५ देखि २० मिनेट सयम लाग्छ। सुईको दाग वा खत नबस्ने भएकाले यो उपचार गराएको अरुले प्रायः थाहा पाउँदैनन्। खाजा खाने ब्रेकमा बोटक्स उपचार लिँदा पनि कार्यमा अवरोध आउँदैन।

बोटक्स कति वर्षको उमेरमा सुरु गर्ने 
बोटक्स सुरु गर्न निश्चित उमेर तोकिएको छैन। मसिना चाउरीका रेखा वा फाइन लाइन देखिनासाथ बोटक्स गर्दा चाउरीपना घटाउने वा रोक्ने गर्छ।

नेपालमा पनि २४र२५ वर्षकै उमेरमा यो उपचार सुरु गर्ने क्रम बढ्दो छ। तर, बोटक्स ३० वर्षको वर्षको उमेर हुँदा सुरु गर्नु राम्रो मानिन्छ। पुरुष र महिला दुवैले यसको लाभ उठाउन सक्छन्।

कति सययमा कति पटक गर्ने 
एक पटक लगाएको बोटक्स ४–६ महिना रहन्छ। कम्तीमा पनि ६÷६ महिनामा बोटक्स गराउनुपर्छ। उमेरसँगै छालामा चाउरी पनि बढ्ने हुनाले आफूलाई व्यक्तिगत रुपमा इच्छा लाग्दसम्म गराउँदा हुन्छ।

कस्तो र कहाँकहाँ बोटक्सले काम गर्छ
मसिना फाइन लाइनहरु बोटक्सले प्रभावकारी रुपमा हटाउँछ। धेरै गहिरो चाउरीको रेखीका लागि बोटक्ससँगै लेजर, फिलर माइक्रोनिडल आदि गर्न सकिन्छ।
निधारको रेखी, आँखा वरपर, नाकको चाउरी, डण्डिफोरका मसिना दाग, चिउँडो स्लिम बनाउन र घाँटीको चाउरीलगायत विभिन्न मेडिकल उपचारमा पनि यसको प्रयोग हुन्छ।

नकारात्मक असरसँग डराउनुपर्छ
बोटक्स नितान्त सुरक्षित उपचार हो। उपचार गरिएको भागभन्दा पर र अंगमा फैलिन नसक्ने हुनाले यसको खासै नकारात्मक असर छैन। बोटक्स दक्ष कस्मेटिक चिकित्सकसँग मात्र गराउनुपर्छ। नत्र अनुहारको नक्सा बिग्रिनसक्छ। दीर्घरोग र मुटुसम्बन्धी बिरामीले भने डाक्टरको सल्लाह लिएर मात्र गराउनु बढी सुरक्षित हुन्छ।

बजारमा उपलब्ध बोटक्स
अन्तर्राष्ट्रिय बजारमा धेरै किसिमका बोटिलिनम टक्सिन उपलब्ध भए पनि नेपालमा मान्यता प्राप्त बोटक्स मात्र छ। विभिन्न कोरियन बोटक्सहरु राम्रो भए पनि कुनैकुनै कम्पनीले उत्पादन गरेका बोटक्सको भने काम गर्ने अवधि निश्चित र प्रभावकारी नहुनसक्छ। बोटक्स कस्मेटिक उपचारमध्ये अग्रपंक्तिको उपचार हो।

डा श्रेष्ठ धुलिखेल अस्पतालकी छाला रोग विशेषज्ञ हुन् ।





error: Content is protected !!