स्मरणशक्ति बढाउन यसो गर्ने

निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । यसर्थ, दिमागलाई सदा चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ ।
नियमित रूपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्तिसमेत बढाउँछ ।
बिहानको समयमा ठिक्क मात्रामा कफी वा चिया पिउँदा दिमागलाई फुर्तिलो बनाउँछ ।
बदाम, ओखर, हरियो सागपात, चकलेट र ग्रिन टी आदिजस्ता खानेकुराको नियमित सेवनले स्मरणशक्ति तेज हुन्छ ।
दिमागी कसरत हुने खेल जस्तै– बाघचाल, चेस, लुडो र पजल्स आदि खेल्दा दिमागलाई तीक्ष्ण बनाउन मद्दत गर्छ ।
दैनिक नयाँ कुराको खोजी गर्नुहोस् । जसले दिमागलाई सधैँ सक्रिय राख्छ ।
सम्झन गाह्रो हुने नाम, वस्तु र संख्यालाई आफूले स्मरण गर्न सक्ने गरी भिजुअलाइज पनि गर्न सकिन्छ ।





error: Content is protected !!