फिलिपिन्सको राजधानीमा झडपः ७ जनाको मृत्यु, भने ३ जना घाइते

मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइबार बिहान भएको झडपमा एक जना सैनिक र छ जना संदिग्ध विद्रोहीको मृत्यु भएको फिलिपिन्सका रक्षा अधिकारीहरूले बताएका छन्।
सरकारी सेना र १४ जना न्यु पिपुल्स आर्मी ९एनपीए० विद्रोही बीच चार घण्टासम्म चलेको गोलीबारी स्थानीय समय अनुसार आइतबार दिउँसो २ बजे बालयान शहरमा भएको फिलिपिन्स सेनाको दोस्रो इन्फन्ट्री डिभिजनका प्रवक्ता हेक्टर इस्टोलासले बताउनु भएको छ ।
एस्टोलासका अनुसार एनपीएले केही योजना बनाउनका लागि यस क्षेत्रमा अस्थायी शिवि खडा गर्दै गरेको सूचना पाएपछि सरकारी सेनाहरूले आक्रमण शुरु गरेका थिए ।
झडपमा एक जना सैनिकसहित सात जनाको मृत्यु भएको थियो। अन्य तीन सैनिक घाइते भएका छन् । भाग्ने एनपीए विद्रोहीहरू विरुद्ध खोजी कार्य जारी रहेको एस्टोलासले बताउनु भएको छ । एनपीए विद्रोहीहरू सन् १९६९ देखि सरकारसँग लड्दै आएका छन्। तिनीहरूले ग्रामीण क्षेत्रहरूमा आफ्नो आक्रमण केन्द्रित गर्दै सेनासँग झडप गरिरहेका छन्।
सैन्य तथ्याङ्क अनुसार एनपीएमा दुई हजार सदस्यहरू छन्।




सम्बन्धित समाचार


error: Content is protected !!