प्रशान्त महासागरमा रुस र चीनका सैनिकको १३ हजार किलोमिटरसम्म गस्ती, संयुक्त अभ्यास

काठमाडौं ः रुसी युद्धपोतहरुले चिनियाँ नौ सैनिकसँग प्रशान्त महासागरमा हजारौँ किलोमिटर गस्ती गरेका छन्। यस क्रममा यी दुई देशले अमेरिकाको पश्चिमी सामुद्रिक क्षेत्र नजिक युद्ध अभ्याससमेत गरेका छन्। झण्डै तीन हप्ताको संयुक्त अभ्यासपछि रुसी सैनिक फर्किएको अल जजिराले उल्लेख गरेको छ।

रुसी युद्धपोतले जापान सागर, ओखोटस्क सागर, बेरिङ सागर र प्रशान्त महासागरसम्म १३ हजार किलोमिटरभन्दा लामो यात्रा गरेका छन्। एक रिपोर्ट अनुसार अगस्टको सुरुवातमा ११ रुसी र चिनियाँ जहाज अलेउतियन द्वीप समूह समूह नजिक पुगेका थिए।

यो हालसम्मकै ठूलो गस्तीसमेत हो। संयुक्त गस्तीका क्रममा पनडुब्बी निरोधक तथा लडाकु जहाज निरोधक अभ्यासहरु भएको जनाइएको छ। अभ्यासका क्रममा नक्कली दुश्मन खडा गरी मिसाइल प्रहारसमेत गरिएको जनाइएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!