युक्रेनसँग शान्ति वार्ता गर्न राष्ट्रपति पुटिन तयार

काठमाडौं ः युक्रेनसँगको शान्ति वार्ताका लागि रुस सकारात्मक बनेको छ। चिनियाँ र अफ्रिकी कुटनीतिज्ञसँगको भेटपछि राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको वार्ताका लागि तयार रहेको बताएका हुन्। पुटिनले यसअघि युक्रेनी सेना युद्धको मोर्चामा रहेकाले शान्ति वार्ताका लागि आग्रह गर्न युद्ध विराम गर्नसमेत कठिन भएको दाबी गरेका छन्।

रुस र युक्रेनबीच यसअघि पनि पटक(पटक वार्ताको प्रयास भएको छ। तर दुवै पक्षको अडानले वार्ता सफल हुन सकेनन्। युद्ध विराममा रुसले नै रुचि नदेखाएको आरोप युक्रेनले लगाउँदै आएको छ।

रुसले युक्रेनले सन् १९९१ कै सीमा क्षेत्रलाई कायम राख्ने दाउमा रहेकाले वार्ता विफल हुँदै आएको दाबी गर्ने गरेको छ। उसले वार्ता सफल बनाउन र युद्ध विराममा जान युक्रेन केही सम्झौतामा तयार हुनुपर्ने बताउँदै आएको छ।

तर युक्रेन भने रुसले अतिक्रम गरेको र आक्रमण सुरु गरेको भन्दै युद्धको सम्पूर्ण दोष रुसलाई दिँदै आएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!