आहा रारा

नन्दबहादुर रोकाया
स्वर्गकी उपमा पाएको नेपालको सबैभन्दा ठुलो ताल रारा पुुग्ने जो कोही पर्यटक रारा पुुग्ने बित्तिकै पहिलो मुुखराविन्दुबाट निस्किने शब्द हो, आहा १ रारा । रारा धर्तीमा भए पनि सबैले स्वर्गको टुुक्राका रूपमा वर्णन गर्ने गरेका छन । नहोस् पनि कसरी राराले समयअनुुकूल आपनो रूप छिनछिनमा परिर्वतन गर्छ । राराले एक दिनमा निकै चोटी रङ फेर्छ । कहिले नीलो, कहिले बैजनी, कहिले सिम्रिकजस्तो अनि कहिले खैरो । मौसमअनुसार दिनमै चार/ पाँच चोटी फेरिने राराको पानीको रङमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाया । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सराजस्तो देखिन्छ । रारा पुुग्ने पर्यटक भन्न बाध्य हुुन्छन्, आहा  रारा ।

रारा घुुम्ने समय फागुुनदेखि असारसम्म र असोजदेखि मंसिर महिनासम्म उपयुक्त मौसम मानिन्छ । बर्सेनि यो समय रारा घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक रारा पुुग्ने गर्दछन् । अहिले रारा घुम्न आउने आन्तरिक पर्यटक बढ्ेका छन् । यो समयमा दैनिक एक सयदेखि पाँच सयसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका छन् । बाह्य पर्यटकभन्दा रारा आन्तरिक पर्यटकको चाप बढ्दो क्रममा छ । रारा एकपटक पुग्नै पर्छ भन्ने मान्यताका साथ आन्तरिक तथा बाह्य पर्यटक रारा पुुग्ने गरेका भए पनि रारामा भनेजस्तो सेवा सुविधा नहुँदा पर्यटक समस्यामा छन् । रारामा पर्यटक बढे्सँगै बास बस्न र खानाको समस्या देखाउँदै रारामा एक डेढ घण्टा रमाउने र बास बस्न जुम्लाको भुलभुले, गोठिज्युलातिर फर्कने गरेका छन् । राराभित्र एक होटल मात्रै छ । मुस्किलले दुई सय जनाले र टेन्ड, पाल हालेमा बास बस्न सक्छन् । तर नजिकै रहेको मुर्मा गाउँ, माँझघट्ट, सल्लेरीमा होटेल भए पनि व्यवस्थित नहुँदा स्थानीयले आम्दानी गर्न सकिरहेका छैनन । रारा आउने पर्यटकले चाहेजस्तो मनोरञ्जन पनि लिन सकेका छैनन् । रारा पुुग्नै पर्छ भनेर समय मिलाएर रारा आउने पर्यटक फर्किंदा केही खल्लो महसुस गरेर फर्किने गरेका रारा राष्ट्रिय निकुुञ्ज हुुटुु मुुगुुका वन संरक्षण अधिकृत बिश्वबाबुु श्रेष्ठले बताए । उनका अनुसार रारा आउने पर्यटक अघिल्लो वर्षको तुलानामा घटेका भए पनि फागुुन महिना यतादेखि रारा घुम्न आउने पर्यटक बढेका वन संरक्षण अधिकृत श्रेष्ठले बताए । यसैबीच रारा घुमेर फर्किने क्रममा रारा प्रवेश गर्ने प्रमुख नाका सल्लेरी बजारको एक होटेलमा खाना खान बसेका गोर्खाका रुपेश श्रेष्ठले केही दुःखेसो गरे ।

रारा घुम्न चाहने हामीजस्ता धेरै छन् तर हिलाम्मे सडक र धुलाम्मे तथा खाल्डाखुल्डी सडकका कारण रारा आउदा जाँदा निकै सास्ती हुने रहेछ ।परिवारसहित रारा पुुग्न गोर्खाबाट चार दिन लागेको बताउँदै रारा पुगेकी शान्ति रिसालले भनिन, ‘राराको नाम सुन्ने बित्तिकै सबैको मन त्यतिकै लोभिन्छ । तर खान बस्न जे सुकै होस रारासम्म पुग्नेबाटोको स्तरोन्नति गरिनुपर्छ ।’ सल्लेरीदेखि रारामा होटेल रहेको स्थानसम्म जंगलको बाटो भए पनि सुरक्षा पोस्ट नरहेको र एक्लै यात्रा गर्ने पर्यटकलाई समस्या पर्न सक्ने, महिला बालबालिका असुरक्षित हुन सक्ने रिसालको भनाइ थियो ।

बास बस्ने र खानाका लागि होटल पर्याप्त नभए पनि मान्छे जसोतसो मिलाएर बसिहाल्छन् । तर रारा जान अन्तिमसम्म सवारी साधन रोकिने स्थान सल्लेरी बजारमा गाडीमा चाहिने इन्धनको वितरण केन्द्र र एक सवारी साधनमर्मत गर्ने ग्यारेज अनिवार्य खोल्नुपर्ने अर्का पर्यटक रोहन शर्माको भनाइ छ । यदि गाडी वा मोटरसाइकल बिग्रिए खान बस्नभन्दा ठूलो समस्या त्यो हुने उनको तर्क छ । परिवारसहित घुम्न आएका काठमाडौंका पुष्कर कँडेलले पनि उस्तै गुनासो गरे । खान बस्नको त्यति धेरै समस्या छैन ।

हजारौँ मान्छे घुम्न आउँछन् । ती मध्ये एक÷दुई जनालाई समस्या होला । तर, सबैले दुःख पाए भन्न मिल्दैन’, कँडेलले भने । तर राराका आसपासमा होटेल व्यवसाय गर्ने होटेल व्यवसायीले आउने पाहुनालाई सेवा दिनेभन्दा पनि कसरी पैसा कमाउने भन्नेमा लाग्ने गरेको आफूलाई महसुस भएको उनले बताए । उनले पनि रारा पुग्ने पर्यटकका लागि बाटो नै मुख्य समस्या देखाए ।

कर्णाली राजमार्ग व्यवस्थित नहँुदा र नाग्मदेखि गमगढी सम्ममा सडक खण्ड स्तरोन्नति नहँुदा, सडक कच्ची र ठाउँठाउँमा खाल्डाखुल्डी रहेकाले सवारी साधन आवतजावतमा पर्यटकले सास्ती भोग्नु परेको छ । ताल्च विमानस्थलमा पनि नियमित हवाई उडान नहुदाँ रारा पुुग्ने पर्यटक एकपटक आइसकेपछि पुुनः आउन आनाकानी गर्ने गरेका पर्यटकहरूको भनाइ छ ।

मुर्माटप जाउँ रारासँग रमाउँ

रारा पुग्दैमा सबै मनोरम दृश्य देख्न पाइँदैन त्यसका लागि रारा तालबाट एक घण्टा उकालो चढी मुर्माटपमा जानुपर्दछ । राराको मनोरम दृश्यसँगै कान्जिरोवा हिमाल, सिस्ने सैपाल हिमाललगायत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मनोरम दृश्य मज्जाले नियाल्न पाइन्छ ।रारा पुगेर मात्र राराको सौन्दर्य थाहा हुँुदैन स्वर्गको आनन्द लिन रारा तालको दृश्यावलोकनका लागि मुर्माटप पुग्नै पर्ने र मुर्माटपमा पुगिसकेपछि चरम सुख स्वर्गीय आनन्द मिल्ने गर्दछ ।

पर्यटकहरू रारा सम्मको लक्ष्य लिएर मात्र आउने गर्दछन् । रारा आइसकेका पर्यटकले एकपटक रारासँग रमाउन मुर्माटप जानै पर्ने र राराको चित्रण गर्न यहाँका नागरिकहरूको अनुरोध छ ।

नेपालकै सबैभन्दा ठुलो तालका रूपमा परिचित रारा ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय केन्द्रका रूपमा हेरिन्छ । अन्य प्रदेशका हिसाबमा कर्णाली प्रदेश प्राकृतिक स्रोत साधनले भरिपूर्ण तथा धनी छ । रारा आउने पर्यटक बढेका छन् ।

यतिखेर देश, विदेशीको नजरमा रारा छ । समुन्द्र सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको लम्बाइ पाँच किलोमिटर, चौडाइ तीन किलोमिटर मिटर र गहिराइ १ सय ६७ मिटर रहेको छ । यस तालमा दुर्लभ असला जातका माछा, रानी ट्राउट, भ्यागुतोलगायत जलचर र ३०० प्रजातिका चरा पाइन्छन् । यस्तै, यस क्षेत्रमा कस्तुरी, रेड पाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु पनि अवलोकन गर्न सकिन्छ ।





error: Content is protected !!