फेरि टोक्यो बाइडेनको प्रिय कुकुरले ह्वाइट हाउसका अधिकारीलाई

काठमाडौंः अमेरिकी राष्ट्रपति जो बाइडेनको कुकुर पाल्ने सोख उनकै निम्ति टाउको दुखाइको विषय बनेको छ।

उनको कुकुर मेजरले ह्वाइट हाउसमा एक अर्का अधिकारीलाई टोकेपछि यस्तो अवस्था आएको हो। उनको तत्कालै उपचार गरिएको थियो।
मार्च महिनामै सोही कुकुरले एकजनालाई टोकेको थियो। जर्मन सेफर्ड मेजरलाई तालिम पनि दिइएको छ। ह्वाइट हाउसमा नयाँ व्यक्ति देखेपछि छिल्लो पटक मेजरले टोकेको बताइएको छ।





error: Content is protected !!