अमेरिकी उच्च सैनिक जनरलद्वारा अफगानी राष्ट्रपति तथा तालिवानी नेतृत्वसँग भेट
अफगानिस्तानबाट अमेरिकी सेना हटाउन वासिङ्टनले भेटघाटलाई तीब्र पारेको छ । यसै क्रममा एक उच्च अमेरिकी सैनिक जनरलले यो साता अफगानी राष्ट्रपति असरफ घानीसँग भेट गरी अमेरिकी सैनिक फिर्ता प्रक्रियाबारे कुराकानी गर्नुभएको पेन्टागन स्रोतले बिहीबार जानकारी गराएको छ । स्रोतका अनुसार अमेरिकी उच्च सुरक्षा अधिकारीले यसै हप्ता कतारमा तालीवान नेतालाई पनि भेट गर्नुभएको बताइएको छ ।
कतारमा तालीवान नेतासँग भएको भेटमा अमेरिकी सेनाका उच्च जनरल मार्क मिलीले अफगानिस्तानका लागि अमेरिकी प्रतिनिधि, अफगानिस्तानी सरकार र तालिवान समूहबीच भएको सम्झौता अनुसार राजधानी काबुललगायतका स्थानमा जारी हिंसात्मक आक्रमणलाई रोक्न आग्रह गर्नुभएको छ ।
राजनीतिक सहमति अनुसार अफगानिस्तानमा हिंसा रोक्न दुबैपक्षलाई दवाव दिएको प्रवक्ता तथा कमाण्डर सारा फ्लाहर्टीले बताउनुभयो ।
क्षेत्रीय स्थायित्व र सुरक्षाका साथै अमेरिकी हितका लागि भेट उपलब्धिमुलक भएको पनि उहाँले बताउनुभयो ।