सोमालियाली सेनाको कारबाहीमा परी छ आतङ्ककारी मारिए

 सोमालियाको मारा आद्दे क्षेत्रमा सोमालिया राष्ट्रिय सेनाले गरेको कारबाहीमा परी अल शबाबमा छ जना लडाकू मारिएका सेनाका कमाण्डरले बुधबार पुष्टि गर्नु भएको छ ।

अल शबाबका लडाकू समूह जबरजस्ती अति बढी कर उठाएको आतंकको विरोध अभियान सुरु भएपछि ती लडाकहरुको विरोधमा सैनिक कारबाही शुरु भएको सोमालिया डिभिजनका कमान्डर मोहम्मद ताहिल बिहीबार बताउनु भएको छ ।

सेनाले ती लडाकू समूह लुक्ने ठाउँलक्षित गरी शुरु गरेको कारबाहीको क्रममा सेना र आतंककारीबीचको भएको भीषण झडपमा परी छ जना अल शबाबका लडाकू मारिएका ताहिल बताउनु भएको छ ।

सेनाले तीन जना अल शबाब लडाकूहरूलाई पक्राउ गर्नुको साथै उनीहरूले प्रयोग गरेका अखाडाहरूलाई ध्वस्त पारेको बताइएको छ ।





error: Content is protected !!