बाली पाक्यो, किसान काममा व्यस्त, कोरोनाबारे छैन सोच्ने फुर्सद

इन्द्र बुढाथोकी
सल्यान ःदेशमा लकडाउन भएको तीन साता पुगिसकेको छ । गएको चैत ११ गतेदेखि भएको लकडाउन आगामी १५ गते सम्म कायम हुनेगरी सरकारले निर्णय गरिसकेको छ , अझै पनि लकडाउन सकिन्छ या थपन्छि भन्ने टुंगो छैन यस्तैमा कृषकको बारीमा हिउदेबाली पाकेर लटरम्म भइसकेको छ ।
लकडाउनमै बालीनाली पाकेपछि किसानहरुलाई भने बाली भित्र्याउन चटारो शुरु भएको छ । किसानको बारीमा यतिबेला गहुँ, मसुरो, चना र केराउ पाकेर पहेँलो हुनथाले पछि किसानलाई हिउँदेवाली काट्ने ब्यस्तता बढेको छ । गहुँ बाली पाकेपछि यस क्षेत्रका सबै किसानहरु कोरोना भन्दा गहुँ खेती तिर वढि ध्यान दिन थालेका छन् । कोरोनाकै कारण लकडाउनमा परेका किसानहरु यतिबेला खेतबारीमा भेटिन थालेका छन् ।


बनगाड कुपिण्डे नगरपालिका वडा न १ अध्यक्ष शान्तकुमार यरी गहुँ काटनमा व्यस्त हुनथाल्नु भएको छ । सधै जनताको सेवामा भनेर लाग्ने वडा अध्यक्ष आफुले कहिले कसो गहुँ काटे पनि आफूघरमा एकलै भएको कारण गहुँ काटन गएको श्रीमतीलाई खाना लिएर खेतबारी गएर सहयोग गर्ने गरेको बताउनु हुन्छ । “कोरोना भन्दा पनि आफुहरुलाइ गहुँ बाली भित्र¥याउन गाह्रो भएको छ तर पनि बर्षभरी खाना पुग्ने बालीनाली नकाटेर के गर्नु र ” वडाध्यक्ष यरीले भन्नुभयो ।
यो महामारीको समयमा खेतवारीमा पनि आ आफनै परिवारले बालीनाली काटन र धेरी मानिसहरुको भिडभाड गर्न स्थानीय तहहरुले किसानहरुलाई आह्वान गरिरहेका छन् तर पनि सल्यानको पश्चिमी क्षेत्रका किसानहरुले भने त्यसो गर्न सकेका छैनन् ।
कुमाख गाउँपालिका ३ का किसान गुमानसिंह रावतका अनुसार गाउँघरमा पर्मा नगरेर गहुँकाटन नभ्याउने धेरै किसानहरु छन् । “बाली पाकेर पहेलो भइसकेको छ अव पनि समयमै काटन् सकिएन भने असिना परेर पनि सखाप पार्न सकिन्छ, कोरोनाको डर मानेर घरभित्र बसेर पनि भएन खानाकै लागि बाली त भित्रयाउनै प¥यो ,” किसान रावतले भन्नुभयो ।
कोरोनाको डरभन्दा मौसममा देखिने बदलीले आफूहरूलाई बढी सताउने गरेको अर्का किसान हुतिराम केसीले बताउनुभयो । घरका सबै परिवार लागेर बिहान , दिउसो गहुँ काट्नमै व्यस्त हुने गरेको उहाँको भनाई छ । “आकाशको भर छैन, कतिबेला असिना पर्छ र पाकेको गहुँ झारिदिन्छ भन्ने चिन्ता छ, हामीलाई कोरोनाभन्दा पाकेको गहुँ कसरी भित्र्याउने भन्ने बढि चिन्ताा छ तर पनि कोरोनाबाट भने सतर्क रहने प्रयास भने गरेकै छौ ।” केसीले भन्नुभयो
सल्यानमा चैत देखि जेठ महिना भित्रमा गहु काटन् सिजन भएकोले पश्चिमी क्षेत्रमा मात्र हैन सल्यान जिल्लाभरी नै गहु पाकेको छ । कोरोना सन्त्रास र लकडाउनले धेरैजसो परिवारहरु घरमै बसेको हुनाले पनि धेरै पर्मा ल्याउनुपर्ने, जानुपर्ने अवस्था छैन । तर पनि किसानहरुले समयमै बाली नभित्र्याएको अवस्थामा भने प्रि मनसुनमा हुने हावाहुरी र असिनापानीको डर पनि त्यतिकै छ किसनाहरुलाई ।
त्यसो त सल्यान जिल्लामा अहिले सम्म कोरोना भाइरसको संक्रमण कसैलाई देखिएका छैन । स्थानीय तहले पनि यसको रोकथामका लागि हदैसम्मका उपायहरु अवलम्बन गरिरहेका छन् । जिल्लामा भित्रिने विभिन्न नाकाहरुमा समेत कडाई गरेको, थर्मल गनद्वारा संक्रमितहरुको चेकँजाँच गर्ने गरिरहेका छन् ।
बजार क्षेत्रमा लकडाउनका कारण शुन्यप्राय भएपनि गाउँघरमा मानिसहरुको चहलपहल पहिलेको र अहिलेकोमा कुनै फरक देखिदैन । मेलापात जाने बालीनाली भित्र्याउने कुरामा किसनाहरुमा जति सन्त्रास भएपनि बालीनाली काटेर थन्क्याउनुको बिकल्प छ्रैन ।
तर पनि सरकारले भनेजस्तो गाउँमा बाहिरबाट कुनै नयाँ मानिस आएमा त्यसको सोधिखोजी गर्नेकुरामा भने चुकेका छैनन् । त्यस्ता मान्छहरुबाट जोगिन उनिहरुलाई क्वारेन्टाइनमा राख्नका लागि चासो स्थानीयहरुको भनाई छ ।
सधै पर्मा जाने अनि आफनोमा ल्याउने गरेका किसान बिरेन्द्र केसीले भने यसपाली घरकै परिवारहरुको सहयोगमा बाली थन्क्याउने योजनामा हुनुहूनछ । “कोरोनाको डर त लागिहाल्छ नि, सरकारले नि भनेको छ धेरै भिडभाड नगर्नु भनेर त्यहि भएर पनि घरकै परिवारले मात्रै बाली थन्क्याउने सोचमा छु ।” किसान केसीले भन्नुभयो ।
बर्षदिनका लागि खानाको जोहो गर्नेगरी पहेलो भएका यि गहुँका फाँटहरु अवको १५ दिनपछि खाली हुनेछन् र बर्षातसंगै फेरी हरियालीमा बदलिनेछन् । हामी पनि आशा गरौ कोरोनाले नेपालमा कसैको ज्यान लिने छैन र छिटै पहिलेकै अवस्थाम फर्किनेछौ ।





error: Content is protected !!