दुर्गमका विद्यालयमा विद्यार्थीको भार थाम्नै मुस्किल


हेमन्त केसी 

डोल्पा  ः डोल्पा ! नाम सुन्न वितिकै दुर्गम र समस्यले गाजिएको सवैको दिमागमा खेल्ने गर्छ ? तर ठुलिभेरी नगरपालिका अर्थात सदरमुकाम दुनैमा रहेको सरस्वती माध्यमिक विद्यालयमा पुग्दा सवैको दिमागमा विजारोपन भएको दुर्गमताको पगरी खुल्ने गर्दछ ।

कक्षा ११ र १२ सम्म सञ्चालन हुँदै सिटिइभिटीबाट तीन वर्षे सिभिल ईन्जिनियरिङ सम्म पढाई हुँने सो विद्यालयमा अहिले विद्यार्थीको चाप अत्यधिक बढेको प्रधानाध्यापक सत्यनारायण सिंहले जानकारी दिनुभयो । जिल्ला अन्य भागका विद्यार्थीहरु मात्र होईन, जाजरकोट , सल्यान , बाँके र सुर्खेतबाट समेत सरस्वती माविमा विद्यार्थीहरु पढ्न आउनेको भिड लाग्ने गरेको छ । आवासिय सुविधा भएको विद्यालयमा एकै कक्षामा १४० भन्दा बढी विद्यार्थीहरु राख्न बाध्य भएको सिंहको भनाई छ ।

उहाँले भन्नुभयो , “ विद्यार्थीहरु भर्नाका लागि धेरै आउनुभएको छ , भर्ना गर्न नेता सम्मको फोन आउने गरेको छ तर हामीसँग विद्यार्थी राख्ने ठाउँ नै छैन कसरी राख्नु । ” कक्षा ६ देखि १२ सम्म पढाई हुने विद्यालयमा प्रयोगात्मक देखि सवै खालका क्रियाकलाप गरेर पढाई हुने गर्दछ । विद्यार्थी अनुपातमा शिक्षकको संख्य कम भएपनि सवैले मेहनतका साथ पढाउदा विद्यालय सवैको नजरमा पर्न सफल भएको प्रअ सिंहको भनाई छ ।


२०३४ सालमा स्थापना भएको सो विद्यालयमा २०७५ सालमा सिटिभिटीको कक्षा सञ्चालन गरिएको थियो । २०५१ सालमा कक्षा ११ र १२ सञ्चालनमा आएको विद्यालय अहिले विद्यार्थीहरुको चापले गर्दा भर्ना कार्य समेत बन्द गर्नुपरेको छ । कक्षा ११ र १२ मा ४ जना शिक्षक , ९ र १० मा ५ जना , निमावि तहमा ४ जना र सिटिभिटी ३ जना शिक्षकको भरमा विद्यालय सञ्चालन भएको छ । जिल्ला भित्र भन्दा भन्दा बाहिरबाट बढी विद्यार्थीहरु पढ्न सरस्वती माविमा आउने गरेको पाइएको छ ।

विद्यालयमा सवै भन्दा बढी कक्षा ६, ७ , ९ र १० मा बढी विद्यार्थीहरुको चाप रहेको छ । दुर्गममा पढेको भन्दै नाम कमाउन , अर्को राम्रो अंक ल्याउनका लागि यस विद्यालय रोजाईमा पर्दै आएको छ ।

सुरुमा दिनमा सरस्वती मावि भन्न वितिकै भर्ना भएका विद्यार्थीहरु समेत झिकेर सुविधा सम्पन्न ठाउँमा अर्थात निजि विद्यालयमा पढाउने चलन थियो । अहिले निजि विद्यालय समेत छाडेर सरस्वती माविमा विद्यार्थीहरु आईरहेका छन् ।

    मुड्केचुला गाउँपलिका ईलका जगत रोकाय भन्नुहुन्छ , “ पढाई राम्रो नहुँदा जिल्ला बाहिर लिने चलन थियो , अहिले निजि विद्यालय भन्दा सरस्वती माविको पढाई अव्वल छ किन हामीले महंगो शुल्क तिरेर विद्यार्थीहरु बाहिर पढाउने ? ।” उहाँ थप्नुहुन्छ , “ अन्य विद्यालयले पनि सरस्वती माविकै सिको गरेर शैक्षिक अवस्था सुधार गरेक कति राम्रो हुन्थ्यो ।” दुई शैक्षिक सत्रमा पढाई हुँने डोल्पामा फागुन १ गते देखि भर्ना अभियान सुरु हुन्छ । चिसो मौसममा विदा दिने प्रचलन अनुसार हिउँदे विदा सकेर फागुन १ देखि भर्ना अभियान सुरु भई १५ गते सकिन्छ । विज्ञान प्रयोगशाला , कृषि विज्ञानका सवै सामग्रीहरु विद्यालयमा क्रियाकलाप मुखी भएर सिकाईन्छ ।

दुर्गमै सिभिल ईन्जिनियरिङ पढाइ
आर्थिक अभावमा कारण देशका महंगा शरमा जान नपाएका विद्यार्थीहरुको अवस्थालाई ध्यान दिएर सिटिइभिटीबाट तीन वर्षे सिभिल ईन्जिनियरिङ समेत यसै विद्यालयमा पढाई हुँदै आएको छ ।

विसं २०७५ देखि सिटिइभिटीबाट तीन वर्षे सिभिल ईन्जिनियरिङ पढाई सुरु भएसँगै यहाँका विद्यार्थीसँगै जाजरकोटका विद्यार्थीले समेत पढ्न पाएका छन् ।

आर्थिक रुपमा पछि परेका विद्यार्थीहरु पढाई राम्रो हुँदा हुँदै पढ्नबाट बन्चित भएकाहरु यहाँ समेटिने गरेको प्रअ सिंहले बताउनुभयो । अघिल्लो वर्ष मात्र पुर्व शान्ति तथा पुर्ण निर्माणमन्त्री सत्य पहाडीले विद्यालयको अवलोकन गदै अव्वल रहेको बताउनुभएको थियो ।

विद्यालयको विकास र प्रगतीमा आफुले कुनै कुरा पनि बाँकी हुँन नदिने उहाँको भनाई छ । प्रधानाध्यापक सिंहका अनुसार मन्त्री पहाडीबाट सहयोग भरपुर पाएको बताउनुभयो ।





error: Content is protected !!