आधुनिक भवनमा डोल्पाको जिल्ला अस्पताल ः दुई वर्ष भित्र डोल्पामा पुरै विद्युतीकरण हुने

हेमन्त केसी
डोल्पा दुनै ः २३ करोड लगानीमा डोल्पाको जिल्ला अस्पताल निर्माण गरिएको छ । तोकिएकै समयमा निर्माण भएको डोल्पाको एक मात्र जिल्ला अस्पताल हो ।
आठ पालिका रहेको डोल्पामा एक मात्र जिल्ला अस्पताल रहेको छ । पालिकामा दश देखि १५ शश्याको अस्पताल निर्माण गर्ने संघीय सरकारको योजना रहेपनि हाल सम्म अस्पताल निर्माण हुन नसकेको सन्दर्भमा प्रदेश सरकारले डोल्पामा अस्पताल निर्माण गरेको हो । बिहीबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री बीरबहादुर शाहीले अस्पतालको उद्घाटन गरेसँगै अस्पतालको आफ्नै भवनबाट सेवा प्रवाह सुरु हुने भएको छ । आफ्नो सेवा २५ शश्यामा विस्तार गर्ने लक्ष्य रहेको डोल्पा अस्पताल अहिले १५ शश्यामा चलिरहेको छ ।
प्रदेश सरकारले जिल्ला अस्पताललाई भौतिक पूर्वाधार तथा उपकरणहरु व्यवस्थापन गरी १५ शश्याबाट २५ शश्या बनाउने चालू आबमा उदेश्य लिएको थियो । सोही उदेश्य अनुसार नै डोल्पामा अस्पताल निर्माण भएको मन्त्री शाहीले जानकारी दिनुभयो । नयाँ भवन निर्माण भएसँगै अस्पतालमा अन्तरिक व्यवस्थाका कामहरु हुने र त्यसमा मन्त्रालयको पूर्ण सहयोग हुने मन्त्री शाहीले बताउनुभयो । अहिले अस्पताल जान र आउनका लागि भेरी नदी माथी पुल नहुँदा यातायातका साधनबाट अस्पताल जान र आउ समस्य भइरहेको छ । बिरामी लिन र छोडने समस्य हल गर्नका लागि भेरी नदी माथी पुल निर्माणको काम , प्रक्रिया अन्तिम चरणमा पुगेकाले डोल्पाका स्थानीयबासीले धेरै दिन पर्खिन नपर्ने उहाँले बताउनुभयो ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबाट पुलको काम सुरु हुन लागेको हो । भेरी करिडोरको छेउँमा रहेको स्वास्थ्य सेवा कार्यालय अन्तरर्गत रहेको जिल्ला अस्पताल भावी दिनमा यसको महत्व बढने देखिन्छ । मन्त्रालयका सचिव दीर्घ पोखरेलले अस्पतालको समस्यका बारेमा जानकार भएको भन्दै आफूहरुले प्रदेशबाट हुन सक्ने सबै प्रकारका सहयोग गर्ने विश्वास दिलाउनुभयो । अस्पतालमा विद्यमान रहेको दरबन्दी अनुसारको चिकित्क नहुँदा उपचारमा समस्य हुने गरेको डाक्टर अखण्ड उपाध्ययले जानकारी दिनुभयो । बाहिर उपचार गर्न जाँदा र आउदा भारी खर्च हुने भएपनि जिल्लामा दरबन्दी अनुसारको डाक्टर नहुँदा समस्य परिरहको उहाँको भनाई रहेको छ ।
डोल्पामा बिरामीलाई अहिले हवाई मार्गबाट उद्धार गरेर बाहिर जिल्लामा उपचारका लागि लिने गरिएको छ । सामान्य खालका बिरामीहरु जिल्ला अस्पतालमा उपचार भएपनि भारी समस्य भएका बिरामीलाई बाहिर जिल्लामा लिन जुफाल स्थित बिमानस्थलबाट जहाज मार्फत सुर्खेत ,नेपालगन्ज तथा भेरी करिडोर सडक मार्फत पनि लिने गरिएको छ । अहिले ७० प्रतिशत भन्दा बढी करारका स्वास्थ्यकर्मीबाट अस्पतालमा उपचार सेवा सञ्चालनमा रहेको छ । प्रदेश सरकारले करारमा बिज्ञापन गरेर पठाएका चिकित्सक तथा अन्य बिभिन्न माध्यमबाट आएका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रवाह गरिरहेका छन् ।
डोल्पाको विकासका लागि चारवटा ठुला सडक निर्माण हुँदै
टुक्रे योजना निर्माण गरेर बजेट खर्च नगर्न सामाजिक विकासमन्त्री बीरबहादुर शाहीले जिल्ला स्थित कर्मचारीलाई निर्देशन दिनुभएको छ । देखिने तथा परिणाम आउने खालका ठुला योजनामा ध्यान दिन मन्त्री शाहीले कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । सडकमा चार वटा ठुला सडक निर्माण गरेर विकासको अनूभुती देखाउने पर्ने उहाँको भनाई छ ।
खानेपानी सिँचाई , भौतिक पूर्वाधार तथा सामाजिक विकासले पनि सोही अनुसारका योजना छनोट गरेर प्रदेशमा पठाउन निर्देशन दिनुभयो । विकास गर्नका लागि योजना माग गर्ने भन्दा पनि रुपैयाँ खानका लागि योजना माग गर्ने चलनको अन्त्य गर्ने सोचमा आफू रहेको उहाँको भनाई छ । बजेट समस्य परेको , आवश्यक भएको ठाउँमा सदुपयोग हुने गरेर प्रयोग गर्नुपर्नेमा जोड दिनुहुँदै मन्त्री शाहीले व्यक्तिको चाहना अनुसार बजेट विनियाजन गरेर जथाभावी फाल्ने काम बन्द गर्नुपर्नेमा जोड दिनुभयो ।
दुइ वर्ष भित्र डोल्पाका सबै ठाउँमा विद्युतीकरण सम्पन्न हुने
डोल्पाका सबै पालिकामा दुइ वर्ष भित्र विद्युतीकरण हुने भएको छ । ३३ केभी प्रशारण लाइन डोल्पाको सदरमुकाममा बत्ती सञ्चालनमा आइसकेकोले अन्य पालिकामा विस्तार गर्न सहज भएको हो । त्रिपुरासुन्दरी नगरपालिकाको बगरमा निर्माण हुन लागेको सव स्टेशनबाट अन्य ठाउँमा विद्युतको लाइन विस्तार गर्न सहज हुने नेपाल विद्युत प्राद्यिकरण डोल्पा वितरण केन्द्रले मन्त्री शाहीलाई जानकारी गराएको छ ।
जाजरकोटको नलगाड नगरपालिकाको चौखाबाट त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र बगर स्थित सव स्टेशनमा विद्युत जडान गरेर डोल्पाका सबै ठाउँमा विद्युतीकरण हुने भएको हो । चौखामा सव स्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ । बगरमा समेत निर्माण कार्य सुरु भइसकेको डोल्पा वितरण केन्द्रले जनाएको छ । जगदुल्ला , मुडकेचुला गाउँपालिकामा विद्युतीकरण गर्नका लागि विद्युतका पोलहरु ढुवानीका काम सुरु भएको छ ।
त्यस्तै संघीय सरकारले मुडकेचुलामा सौर्य मिनिग्रेट स्थापना गर्नका लागि पहल सुरु गरेको मन्त्री शाहीले जानकारी दिनुभयो । डोल्पामा ३३ केभी प्रशारण लाइन भेरी करिडोर हुँदै आएको छ भने राप्ती लोकमार्ग हुँदै रुकुम पश्चिमको बाँफिकोट स्थित सव स्टेशनबाट गोतामकोट हुँदै डोल्पामा अर्को लाइन विस्तारको काम चलिरहेको मन्त्री शाहीले जानकारी दिनुभयो । माथिल्लो डोल्पामा सौर्य मिनिग्रेटको माध्यमबाट विद्युतीकरणका कामहरु भइरहेका उहाँको भनाई छ । दोस्रो पटक प्रदेशसभा सदस्य भइ दोस्रो पटकमन्त्री भएका शाहीले डोल्पामा पर्यटकीय क्षेत्रको विकास भारी मात्रामा रहेको बताउनुभयो ।
त्यसका लागि प्रदेश सरकारले भारी मात्रामा ध्यान दिने जानकारी दिनुभयो । मन्त्री भएपछि पहिलो पटक डोल्पा आएका शाहीले यो जानकारी गराउनुभएको हो । उपल्लो डोल्पामा पशुपालनको भारी सम्भावना भएकाले आफूले ल्याउन नीतिमा सो कुरालाई ध्यान दिने समेत जानकारी दिनुभयो । डोल्पाको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट समेत रिण सम्झौता भई निर्माणका लागि टेन्डरमा जान लागेकाले डोल्पा विद्युतको हर्व हुने उहाँको भनाई छ । पाँच वर्ष भित्र उक्त आयोजना निर्माण गर्ने लक्ष्य राखिएको छ । २३ अर्बमा उक्त आयोजना निर्माण हुन लागेको हो ।
कर्णालीका विद्यालयलाई डिजिटल बनाइने
कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डिजिटल कर्णाली बनाउने उद्घोष गर्नुभएको थियो । सोही नारालाई सफल बनाउनका लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका विद्यालयलाई छनोट गरेर डिजिटल प्राविद्यिबाट शिक्षण गर्नका लागि पहल सुरु गरेको छ । आउदो आब २०८१÷८२ बजेट मार्फत विद्यालयलाई डिजिटल प्राविद्यिमा जोडेर पढाइ सुरु गर्ने योजना बनाई सोही अनुसारको बजेट आउने मन्त्री शाहीले बताउनुभयो ।
शिक्षा नै विकासको पहिलो आधार भएकाले हाम्रा बालबालिकाले आधारभुत अधिकारको प्रयोग गर्दै सुविधा सहितको वातारणमा पढन पाउने वातारणलाई सुरक्षित गरिने मन्त्री शाहीको भनाई रहेको छ ।



