कर्णालीका पत्रकार सरकारी जागिरतिर , नागरिक समाज तालिम गोष्ठि तीर छिरेपछि कम्जोर बन्दै पत्रकारीता 

—वालकुमार शर्मा
जाजरकोट कर्णाली प्रदेशको सशक्त पत्रकारीताको एउटा उदाहरणीय जिल्लाको रुपमा परिचित रहेकोछ यहाँको पत्रकारीताले थुप्रै हलचल मच्चाउने देखि विकास निर्माणमा महत्वपूर्ण योगदान पुर्याउदै आएको छ ।
धेरै राम्रा र थोरै राम्रा काम पनि नराम्रा आयामहरु अधिकासंमा जोडिएकै हुन्छ । यहि भएर होला सिजलन फुलु देखि झाडापखालाको महामारी जस्ता तिता र हृदयविदारक घटनामा पनि पत्रकारको अहम भुमिकाले छिटो राज्यले सुन्ने र नागरिकले उपचार पाउने वातावरण देखि जिल्लाका विकास निर्माणका महत्वपूर्ण पाइलाहरुमा साथ साथै हिडिरहेको पत्रकारीताको निश्पक्ष कलम पछिल्लो समय स्थानीय सरकारको स्थापना भए संगै कता कता सशक्त वन्न नसकेको झल्को देखिने गरेको नागरिक स्तरवाटै जनगुणासो आइरहेको सुनिन्छ ।
संघीय सरकार त्यो पनि तिन तहमा भए पछि पत्रकारको पनि तिन तहमा विभाजन भएको छ । स्थानीय तहमा सरकार प्रमुख निकट देखि विकट सम्मका पनि पत्रकार क्रियाशिल रहेकाछन् यस्ले पत्रकारीता जगतमा केहि वहसका विषय वनिरहेका छन् र अवशर पनि सिर्जना गरेको छ ।
नेपालमा जति पनि निति निमय कानून निर्माण भए ति सवैमा पत्रकारको ज्ञान हुनु आवश्यक छ पछिल्लो समय ज्ञान लिन र क्षमता वढाउन प्राय कुनै पनि मिडियाले आफै त्यस्ता काम गरेको यदाकदा फुट्करमा देखिए पनि प्रयाप्त छैन ।
यी त माथिल्लो स्तरका कुरा भए जहा सिंगो राष्ट हाकिरहेको सरकार देखि अन्र्तराष्टिय गैसस देखि निजिक्षेत्र सम्मका पहुचमा रहेका स्थानका कुरा भए अव प्रदेश सरकारमा पनि त्यस्ता खासै उल्लेख्य पत्रकारीताका विकासका लागि पहल देख्न सकिएको छैन । कर्णालीका दश जिल्लामा पनि खासै मिडिया जगतको सुधारका लागि प्रदेश सरकारले राम्रो भुमिका खेल्न नसकेको स्पष्ट छ ।
मुख्य मन्त्रीका प्रेस सल्लाहकार पनि कणालीको पश्चिम रुकुमका हुनु हुन्छ    उहा द्धन्द्धकालमा द्धन्द्ध पत्रकारीता संग पनि नजिक हुनुहुन्छ , यस्तै प्रदेश सरकारको छत्र छायामा पनि जाजरकोट ,कालिकोट , जुम्ला , दैलेख , सल्यान र सुर्खेतका नाम चलेकै पत्रिकारहरु हर दिन मन्त्रीको नजिक भएर नाममात्रका प्रेस सल्लाहकार जस्तो गरिमामय पदमा सुकिला मुकिला जस्ता देखिने तर समाचार खासै नलेख्ने आफ्नो फेस वुक पेजमा मन्त्रीका भ्रमण सवारीका तस्विर मात्रै पोष्ट गर्ने देखि राष्ट्रिय मिडियामा झल्याक झुलुक तस्विर देखाउने पत्रकारको संख्या पनि कमी नभएको कर्णाली प्रदेशमा अझै संचार जगत भर्खर जन्मिएको वालक जो हिड्न अझै सकेको छैन त्यो अवस्थामा गुर्जिरहेको छ ।
आफ्नै स्रोतमा साधनमा उभिन , आफै चलायमान हुदै हिडन् दौडन खोजिरहेको छ तर त्यो अवस्थामा तयारी हुनका लागि पाउनु पर्ने स्रोत साधान , विज्ञापन , सरकारी कार्यक्रममा निति तथा विकासका पक्षमा ग्यारेन्टी जनक निर्देशिका राजपत्र कुनै तयार वनाउने कसैले चाजो वाजो गर्न सकेको छैन् । आफुलाई विद्धान मान्ने पत्रकारहरु पनि यो प्रदेशमा नभएका हैनन् तर उनीहरुले कर्णालीलाई विश्व सामु चिनाउने पत्रकार जगतको भुमिका आफैले भुल्न थालेका छन्
। पत्रकारीताको नाममा विस्तारै विस्तारै राजनीतिगत कुटनिती भित्र यो जगतलाई हिडाउन खोजिरहेका छन् मन्त्रीको पुच्छर भएर हिडे जस्तै सामाजिक संजालको पत्रकारीतालाई उनीहरुले आधार मान्ने गरेका छन् । यसैले त कोट र सुट लगाउन , गाडिमा सवार र सेमिनारमानै जिन्दगी अगाडि वढाइरहेका छन् ।
यो थाहा छैन उनीहरुलाई भोलि आप्नो पालो सकिए पछि जाने ठाउँ त त्यहि मिडिया हाउस हो भनेर तर त्यहा पनि उनीहरुले संस्थागत विकास गर्न सकेका छैनन् । आधारभुत कुराहरु उठाए पनि पत्रकारीता जगतलाई त्यो नमुना काम देखाउन सकेका छैनन् । जस्ले उनीहरुको यो वर्तमान सहभागीताले कर्णालीका मिडिया हाउ संस्थागत वन्न प्रेरणा दिन सक्थ्यो ।
कर्णालीका हरेक सरकारी कार्यालयले वर्षमा कम्तिमा एउटा सार्वजनिक सुनुवाई अनिवार्य गर्ने र त्यो स्थानीय सवै रेडियो वाट प्रशारण र उठेका सवालहरु प्रतिवद्धता र समाधानका स्पष्टटाहरु सवै अनलाइन मिडिया र पत्र पत्रिकामा अनिवार्य प्रकाशन प्रशारण गर्ने देखि विभिन्न सूचनाहरु प्रशारण गर्ने प्रकाशन गर्ने अनिवार्य व्यवस्था गराउन सक्कनु पथ्र्यो ।
त्यसले नागरिकलाई सूचनाको हक वाट सुसुचित गर्ने मात्र नभएर कर्णाली सरकार नागरिक प्रति जवाफदेहि छ भन्ने पनि प्रभाव पार्ने थियो त्यो पनि हुन सकेन । न त कर्णाली देशमै मिडिया हाउसको सस्थागत विकासका लागि नमुना वन्न सक्कनु पथ्र्यो त्यो पनि हुन सकेन ।
दुर्भाग्य भन्नु पर्छ कर्णालीमा सम्भावना चै नभएको हैन यतिवेला नेतृत्व तहमा पनि जानेवुझेकै साथीहरुको उपस्थिति छ तर पनि वहाहरुले सिंगो पत्रकार जगतलाई केहि परिर्वतन गर्ने कुरामा सुरशारनै छैन ।
आफै कोट र सुट लगाउनमा मात्रै परिर्वतन देखिन्छ । के अपेक्षा गर्ने कर्णालीका पत्रकारले , कर्णालीका मिडिया हाउस कसरी संचालन भएका छन् , आफैमा विकटताको पहिचान वोकेको यो प्रदेशमा अहिले सम्म संचार निति देख्न सकिएको छैन , स्थानीय सरकारले कतै कतै वनाएका नितिहरु पनि राजपत्रमा नाम मात्रैका प्रकाशन गरेर केहि हुनेवाला छैन न ति निति तयार पार्दा सम्वन्धित जिल्लाका संचारकर्मीलाई वोलायर छलफल गरियो न त सुझावनै मागियो केहि भएन कतैको कपि पेष्टमा लाखौको कन्सल्टेन्सिमा खर्च गरेर नाम मात्रका तयार पारिएको छ तिनले केहि माखो मार्ने देखिन्न् ।
जस्को लागि वनाएको हो उस्को सहभागीता हुन्न र थाहा हुन्न भने त्यो निति कार्यक्रम कुनै पनि हालतमा सफल वन्न सक्दैन त्यो यहि उदाहरण मान्न सकिन्छ । पछिल्लो समय कर्णालीमा रहेका सरकारी कार्यालयहरु पनि मिडियाका नाममा ठुलो रकम दुरुपयो गरिरहेका समाचार आइरहेका छन् संचार खर्च भनेर वजेट आए पछि हाकीमको मोवालमा रिचार्ज गर्नेदेखि उनीहरुका छोरा छोरीको रिचार्ज कार्ड समेतको भुक्तानी भएको भेटिएको छ ।
टेलिफोन सेट वर्षऔ किनिन्छ , सूचना टास गरेको नाममा प्रिन्टरका कार्डडिज किनिन्छ । यस्तै यस्तै खचैमा संचार खर्च सकिन्छ अनि दुर दराजमा रहेका मिडिया हाउमा अन्तिमा एक दुई हजार र केहि पत्रकारलाई पाच दश हजारको टेडिए खुवाय पछि तै चुप मै चुवको अवस्था सिर्जना गर्दे संचारको रकम दुुरुपयोग भएको सवै जिल्लामा देखिएकै छ यस्तो अवस्थामा न त स्थानीय पत्रकार महासंघले केहि प्रयास थालेको छ , न त अन्य सम्वन्धित संघ संगठन , न त अधिकारका क्षेत्रमा लागेका संघ सस्थाहरु , सामुदायीक रेडियो प्रशारक संघको क्षेत्रिय कमिटि पनि छ त्यो पनि वर्षमा एउटा कार्यक्रम मन्त्रालय धायर गरे पछि निकासा समयमा हुन नसक्दा अव उप्रान्त कार्यक्रम नगर्ने पक्षमा छ । आफ्नो स्रोत छैन अर्काको गुलामी गरेर कार्यक्रम गर्न पनि गाह्रो छ ।
यस्ता विषयमा कलम चलाउने र परिर्वतिन समाजमा परिर्वतिन निति नियम वनाएर स्थानीय मिडिया र मिडिया कर्मीको क्षमता विकासमा जोड दिने खालका कार्यक्रम ल्याउन सके भोलिका दिनमा नेपाली लोकतन्त्रको संस्थागत विकास गर्नमा मिडियाको पनि ठुलो योगदान हुने थियो यस तर्फ कसैको ध्यान जान सकेको छैन ।
पछिल्लो समय कर्णालीका हरेक जिल्लामा मोफसलवाट पत्रकारीता गरेका भविष्यका लागि संभावित नेतृत्वदायी भुमिका खेल्न सक्कने पत्रकारहरु पनि प्रदेश सरकार , स्थानीय सरकारले आफ्नो क्षेत्रका मिडियाको विकासमा खासै चासो नदिए पछी पत्रकार समेत रोजगारीको खोजिमा स्थानीय सरकारका विज्ञापनमा फारम भरेर सवै जिल्लामा रोजगारीमा लाग्न वाध्य भएर लागे पछि कर्णालीका रहेका केहि पत्रकार वाहेक नया पत्रकारीताको पुस्ता सकिन थालेको छ ।
वहाहरुले पत्रकारीतामा भविष्य देख्न नसक्ने वातावरण अहिलेको परिपार्टी र राजनैतिक सस्कारले मिडिया जगत पनि प्वाल पर्न थालिसकेको छ । त्यहि मान्छे गाउपालिकाको कर्मचारी त्यहि मान्छे वेलुका स्थानीय रेडियोमा समाचार वनाउने र पढ्ने हुन थाले पछि अव पत्रकारीता स्वतन्त्र छ , पत्रकारीता जगतको जुन विश्वास थियो अव भोलिका दिनमा के हुन्छ ?
त्यहि पत्रकार दिउसो विद्यालयमा पढाउने , सामाजिक संघ सस्थामा जागिर खाने , सहकारीमा जागिर खाने अनि वेलुका आएर समाचार लेख्न थाले पछि के समाचार लेखेर उस्ले प्रकाशन प्रशारण गर्ला एक पटक तपाई पनि ध्यान दिएर हेर्नुस त ?
दिन भर मन्त्री संगै गाडिमा दौडियर वेलुका मन्त्रीको वल्न पट्टीको कोठाको खाटमा पल्टियर उस्ले समाचार लेख्यो भने के लेखेर आफ्नो मिडिया हाउसमा पठाउला , के सामाजिक संजालमा पोष्ट गर्ला त्यो तपाइ पनि अन्दाज गर्न सक्कनु हुन्छ ?
स्थानीय सरकार वाट वर्षमा ३,४ लाखको विज्ञापन पाएर हजुर हजुर गरेर पाएको पैसाले मिडियो चलाउन थालियो भने ति मिडिया हाउसले प्रशारण गर्ने प्रकाशन गर्ने समाचारमा सरकार प्रमुखले गरेका हरेक गतिविधिको गुणगान वाहेक अरु के आउलान र हामी अनुमान त गर्न सक्छौनी ।

हो यहि ढंग वाट हाम्रो प्रदेश हुदै सिंगो राष्टका मोफसलका मिडिया हाउस चलिरहेका छौ । भोलि कहा समाजलाई डोहर्याईरहेको छ मिडियाले , नागरिकका सोच र चाहनाहरु के कसरी अगाडि वढीरहेका छन् ति उनीहरुका सोचहरु सकारात्मकै जालान त , अव प्रतिशोधमा गयो भने के होला हाम्रो समाज ? मिलेर नजिक भएर गए भने के होला हाम्रो सरकार भित्रका जनताको हालत हामीले कहिलै यस्ता विषयमा सोचेका छैनौ हामी समयको दौडानमा दौडिरहेका छौ तर कहा पुग्ने हौ न त्यो पत्रकार महासंघले नजर अन्दाज गरेको छ न त सामुदायिक रेडियो प्रशारक संघले , नेपालका प्रेस यूनियन र संगठनको त कुरै नगरौ उनीहरु आफै प्रजातान्त्रिक वन्न सकेकाछैनन् , सहमतिमा वर्षऔ नेतृत्व गरिरहेका छन् , अरुलाई सिस्टम सिकाउनेहरु आफै दशक विताउन पाउने सपना देखिरहन्छन यस्तै प्रकारले हिडिरहेको पत्रकारीतामा हिजो आज सरकारका भक्त पत्रकार देखि , विदेशि डलरका सुकिला मुकिला मिडिया कर्मी सम्म् अनि निरन्तर संघर्षशिल यात्रामा हिडेका पत्रकारहरु जो उनीहरुको जिवनमा निराशा वोकेर पनि कलम चलाइरहेका छन् ।

इमान्दारीतालाई काधमा वोकेर अस्तित्व वचाइरहेका पत्रकारहरु कहिलै नेपालमा पत्रकार वन्न सकेनन् न त तिनिहरुलाई सरकारले हौशला प्रेरणा दियो न त साथ नै अझ वेवास्तामा आफु नाचिरहेको छ , प्रशंसाको भोको वनेर हिड्ने राजनैतिक सामाजिक लिडरहरुको तालमा ताल मिलाउन नसक्नेहरु हिजो आज खहरे सुके जस्तै सुक्ने अवस्थामा गुर्जिएका छन् अनि ताल मिलाउनेहरु खहरे जस्तै उर्लिएर आइरहेका छन् हेरौ नेपाली नक्साको पश्चिम तिरको कर्णाली राज्यमा सुर्खेतले देख्छ की हुम्लाले खोज्छ सुर्खेत त्यो हेर्न वाँकी छ ।
कर्णालीको पत्रकारीता जगत कम्जोर वन्दै छ , नागरिक समाज त झन पोहोर साल देखि कम्जोर वनि सकेको छ । न वोल्छ न विज्ञप्ती निकाल्छ टुलु टुलु हेरिरहेको छ ,गोष्ट सेमिनार र तालिममा रमिरहेको छ कठै नागरिक समाज हिजो कहा थियो पहिचान आज कहा पुगिरहेको छ ।
कर्णालीले सुस्केरा हाल्दै केहि आवाज दिन्छकी या सुस्केरामा समाहित हुदै वहकेर वग्छ कर्णाली समयको प्रतिक्षामा आम कर्णाली वासीको घर घरमा विश्वास वोकेर त्यो भने समयको पर्खाइमा छ ।
लेखकः जाजरकोटका उज्यालो कर्मी हुन उनी रेडियो हाम्रो पाइलाका प्रवन्ध निर्देशक समेत छन् ।





error: Content is protected !!