को हुन् यी सुन्दर महिला रु चानचुने नठान्नुहोला

एजेन्सी – कर्नाटनका चलिरहेको सत्ताको घमासानबीच एक दक्षिण भारतीय अभिनेत्री गुगलमा निकै ट्रेण्ड गरिरहेकी छन् । यी अभिनेत्रीको नाम हो राधिका कुमारस्वामी । यी अभिनेत्री अरु कोही नभएर जेडीएसका नेता तथा कर्नाटकका भावी मुख्यमन्त्री कुमारस्वामीकी श्रीमती हुन् । राधिका कन्नड फिल्मकी चर्चित अभिनेत्री र निर्मात्री हुन् ।
उनी आफ्नो सुन्दरताका कारण गुगलमा ट्रेन्ड गरिरहकी छन् । राधिका स्कुल पढ्दा पढ्दै फिल्म क्षेत्रमा आएकी थिइन् । उनले २००२ मा कन्नड फिल्म ‘नीला मेघा शमा’ बाट डेब्यू गरेकी थिइन् । आफ्नो डेब्यू फिल्मका बेला उनी नौ कक्षामा अध्ययन गर्थिन्। यद्यपी उनको पहिलो रिलीज फिल्म भने ‘नीनागागी’ हो ।
राधिका फिल्मले भन्दा आफनो निजी सम्बनधका कारण चर्चामा रहिन् । भारतीय संचारमाध्यमका अनुसार २००० मा राधिकाले रतन कुमारसँग मन्दिरमा लुकेर विवाह गरिन् । यो विवाहकालागि राधिकाका परिवार राजी थिएनन् । यो विवाह यतिधेरै विवादित भयो की रतन कुमारले राधिकाका बुवा विरुद्ध राधिकालाई अपहरण गर्न खोजेको भन्दै प्रहरीमा उजुरी दर्ता गराए । उनले आफ्नो करियर समाप्त हुने डरले राधिकालाई बुवाले आफ्नो साथ लगेको आरोप लगाएका थिए ।
यो विषयमा राधिकाकी आमाले रतन कुमारले आफ्नी छोरीलाई ललाइ फकाइ विवाह गरेको आरोप लगाएकी थिइन् । उनले विवाह गर्दा आफ्नी छोरीको उमेर मात्र १४ वर्ष भएको खुलासा गरेकी थिइन् ।
२०१० मा राधिका स्वयंले २००६ मा जेडीएसका नेता एचडी कुमारस्वामीसँग आफूले विवाह गरेको र आफ्नी एक छोरी पनि भएको खुलासा गरिन् । कर्नाटकको सत्ताको घमासानकाबीच गुगलमा कुमारस्वामीकी श्रीमतीलाई पनि निकै सर्च गरिएको छ । जसका कारण राधिका गुगलमा ट्रेण्ड गरिरहेकी छन् ।
कर्नाटकमा पहिला भाजपाले सरकार बनाउने तयारी गरेको थियो । तर संसदमा बहुमत सिद्ध गर्न नसकेपछि कर्नाटकमा कांग्रेस र जेडीएसको गठबन्धन सरकार गठन हुने भएको छ । जेडीएसका नेता कुमारस्वामी मुख्यमन्त्री बन्ने भएका छन् । एजेन्सी










