‘ निर जहिले….’ ले तान्यो दर्शक

त्यसैका कारण पनि होला यही गीत समावेश भएको चलचित्र ‘पुरानो डुङ्गा’ शुक्रबारदेखि ददर्शनमा आउँदा अहिले हलहरू भरिभराउ छन् । सिंगल पर्दा होस वा मल्टिमेक्स यो फिल्म हेर्नेको घुइचोले हलहरूमा खुट्टा राख्ने ठाउँ छैन । भदौरे भेल झैं दर्शकको भेल उर्लदा यो चलचित्रले डेढ करोडको व्यापार गरेको बताइन्छ ।
चलचित्र हिट हुन गीतको महत्वपूर्ण योगदान हुन्छ भन्ने प्रमाणित भएको छ । यसअघि ‘पिरतीको छाता ओढाउन…’ बोल गीत पनि चलचित्र प्रदर्शनमा आउनुभन्दा पहिलेनै हिट भएको थियो । चलचित्र ‘रेशम फिलीली’ ११ वैशाख ०७२ मा प्रदर्शनमा आएको थियो १२ गतेनै भूकम्पमा कारण चलचित्र नराम्ररी प्रभावित भए पनि लगानी सेभ गरेको बताइन्छ । ‘पिरती छाता..’ हेर्न दर्शकको ओइरो लागेकाले दुई दिनमा लगानी सेभ गर्न सम्भव भएको थियो । अहिले ‘पुरानो डुङ्गा’को यस्तै अवस्था छ ।
दर्शकहरुबाट मिश्रित प्रतिक्रिया पाएको पुरानो डुङ्गामा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । चलचित्रलाई रौनक विक्रम कँडेल, ओम चन्द्र रौनियार र धन बहादुर गुरुङले निर्माण गरेका हुन भने कार्यकारी निर्माता बाल्मिकी पोख्रेल र अर्जुन कार्की हुन् । चलचित्रलाई रामबाबु गुरुङ्गले निर्देशन गरेका हुन् ।










