भारतीय प्रधानमन्त्रीको याचना

narendra-modi-1406429भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गोवाको पणजीमा एक विशाल सभालाई सम्बोधन गरेका छन् ।

पणजीमा एक आमसभालाई सम्बोधन गर्दै उनले गत नोभेम्बर ८ बाट लागू गरिएको भारु पाँच सय र एक हजारको मुद्रा नोटलाई बन्द गर्न तत्कालका लागि भारु सय र त्यस भन्दा मुनिको नोटमात्र प्रचलनमा ल्याउने सरकारको घोषणाको पक्षमा बोलेका थिए।

कसैले सुइको साइनोसमेत नपाएको अनअपेक्षित रूपमा आएको सरकारी उक्त निर्णय र कार्यान्वयनका कारण हाल बजारमा मुद्रा नोटको हाहाकार पर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । यस्तै अवस्थालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यसलाई भ्रष्टाचारी, कर छली गर्ने गिरोह र अवैध मुद्राका कारोवारीहरूबाट देशलाई बचाउनको लागि यस्तो कदम अपनाइएको जानकारी दिए ।

सम्बोधनको क्रममा देश प्रेमले भाबुक भएका प्रधानमन्त्री मोदीले ५० दिन अर्थात आगामी डिसेम्बर ३० सम्म आफूलाई सहयोग गर्न भारतीय जनतालाई आग्रह गरे ।

आर्थिक सुधारका अरू पनि कैयौँ कदमहरू भएको उनले बताएका छन् । गोवा राज्यका जनताहरूबाट आर्शिवाद लिन आफू आएको र अहिले जनताबाट सहयोग पाएमा आर्थिक रूपमा सम्पन्न नयाँ भारतको निर्माण हुने पनि उनले बताएका छन् ।





error: Content is protected !!