तीन हुने प्रयास गरिरहेका छौं- राजेश हमाल

rajesh-hamal-wedding-receptionकाठमाडौं । कुनै बेला अभिनेता राजेश हमाललाई सञ्चारकर्मीले विवाह कहिले गर्ने रु भन्ने जिज्ञासा राखेर हैरान बनाउँथे । लगन आएपछि, साइत जुरेपछि, समय आएपछि‘भन्दै हमाल सञ्चारकर्मीबाट पन्छिने प्रयास गर्थें ।

अन्ततस् हमालले मधु भट्टराईलाई जीवन संगिनी बनाए । अहिले हमालले वैवाहिक जीवन प्रारम्भ गरेकै दुई वर्ष हुन लागेको छ । सामान्य मानिसको परिवारमा समेत विवाह भएको केही वर्षपछि सन्तानका बारेमा सोधिखोजी हुन्छ । अभिनेता राजेश हमालका हकमा यो कुरा लागू नहुने कुरै भएन ।

हालै सिक्किम पुगेका हमाल दम्पतीलाई सञ्चारकर्मीहरूले बुवा–आमा कहिले बन्ने रु भन्ने जिज्ञासा राख्न भ्याए । सञ्चारकर्मीको जिज्ञासा सुनेपछि हमाल दम्पती आश्चर्यमा पर्नु स्वभाविक हो ।

हमालले ठट्यौली पारामा जवाफ दिए— ‘हामी दुईबाट तीन हुने प्रयास गरिरहेका छौं ।’ सञ्चारकर्मीले थप ज्ञिजासा राख्नु अघि श्रीमती हमालतर्फ हेर्दै हमालले थपे( ‘ढुक्क हुनुहोस्, हाम्रो जवानी बाँकी नै छ अर्थात् हामी बुवा–आमा बन्न योग्य छौं ।’

साप्ताहिकबाट साभार





error: Content is protected !!