को हुन् ‘म त माया नफापेको मान्छे’ भन्ने ?

anamika-chaulagaiकाठमाडौं । ‘म त माया नफापेको मान्छे’ भन्दै विहे गर्नेमा नायिका अनामिका चौलागाईं परेकी छन् । उनले हालै राजधानीको मण्डिखाटारस्थित एक मन्दिरमा विहे गरेकी हुन् ।

चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले लेखेको ‘म त माया नफापेको मान्छे’ बोलको गीतमा अनामिकासंगै माधव पौडेलको अभिनय रहेको छ । सो गीतको म्युजिम भिडिओकाृ छाँयांकनका क्रममा उनीहरूले विहे गरेका हुन् । विहेको नाटक मञ्चनका लागि मण्डिखाटारको मन्दिर छनौटमा परेको हो ।

सो म्युजिक भिडिओमा अनामिकार माधवका अलावा निशा थापा र सुमन खतिवडाकोसमेत अभिनय रहेको छ । पहिलो नेपाली महिला छाँयाकारको रुपमा चिनिएकी सवनम मुखियाको निर्देशन रहेको सो म्युजिम भिडिओको भोला पौडेलले मिक्सिङ गरेका थिए ।

गायिका अन्जना गुरुङको स्वर रहेको सो गीतमा सन्तोष श्रेष्ठले संगित भरेका छन् । सुदिप सागरको संगित संयोजन रहेको सो म्युजिक भिडिओका कोरियोग्राफर राजिव वलामी हुन् ।





error: Content is protected !!