अफगानिस्तानमा अमेरिकी सैन्यको विमान दुर्घटना

एजेन्सी
अफगानिस्तान ःअफगानिस्तानस्थित गजनी प्रान्तमा अमेरिकी सैन्यको विमान दुर्घटना भएको छ।

स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजे गजनी प्रान्तमा करिब १० जना सवार सानो सैन्य विमान दुर्घटना भएको हो।

ुअफगानिस्तानको गजनी प्रान्तमा सोमबार युएस बमबार्डियर इ ११ए दुर्घटना भएको छ, अफगानिस्तानका अमेरिकी सैन्य बलका प्रवक्ता कर्नेल सोन्नी लेग्गेटले ट्विटरमा लेखेका छन्, दुर्घटना दुश्मनले गराएको कुनै संकेत देखिएको छैन। थप जानकारी हामीलाई उपलब्ध भएपछि दिनेछौं।

विमानमा अमेरिकी उच्च अधिकारी रहेको थिए।

अमेरिकी सैनिकले लडाकुले विमान कसरी तल झारे भन्ने बारे बताएको छैन।

उक्त प्रान्त तालिवानको नियन्त्रण क्षेत्रमा पर्छ। तालिवानले अमेरिकी कर्मचारी बोकेको विमानमा आफूले गोली हानेको दाबी गरे पनि सैनिक बलले भने यसमा उसको हात नभएको बताएको छ।

तालिवानले दाबी गरेअनुसार अरु विमान दुर्घटनाबारे सूचना गलत भएको प्रवक्ता लेग्गेटले बताए।

एउटा जासुस मिसनमा प्रयोग गरिएको विमान गजनीस्थित डेह यात्र जिल्लाको सडो खेल क्षेत्रमा ल्याइएको थियो,ु उनले भने।

तालिवानले आफ्नो शत्रुको मृत्यु विवरण प्रायः बढाइचढाइ गर्छ। दुर्घटनामा बचेर भागेका र बरामद गरिएको शव संख्यामाबीच फरक पाइएको द नेसनलले जनाएको छ ।





error: Content is protected !!