बालबालिकालाई सही र गलत छुवाइको ज्ञान

काठमाडौँ,  ससाना बालिका आफ्नै घरमा पनि आफ्नो सुरक्षा गर्न सकिरहेका छैनन् । अनुसन्धानका विविध निष्कर्षअनुसार बालिकामाथि यौन हिंसा गर्ने प्रायः ठूला उमेरका आफन्त नै हुने गरेको पाइन्छ ।

त्यसैले बालिकालाई बाल्यकालदेखि नै अरूसँगको सम्बन्ध र यौनसम्बन्धी शिक्षाको ज्ञान दिन अति नै आवश्यक ठानिन्छ । अभिभावकले नै आफ्ना बालिकालाई यस्ता कुराको शिक्षा दिन आवश्यक रहेको बालमनोविज्ञले बताउनुहुन्छ ।

बालमनोविज्ञ गङ्गा पाठकका अनुसार बुबाभन्दा पनि आमाले आफ्ना सन्तानसँग केही समय दिएर यस्ता विषयमा खुलेर कुरा गर्नुपर्छ अनि मात्र बालिकाले सही र गलतका बारेमा बुझ्न सक्छन् । ‘‘यस्तो शिक्षाको ज्ञान हामी धेरै कम घरहरूमा मात्र देख्छौ’’, उहाँले गुनासो गर्दै भन्नुभयो, ‘‘प्रायः घरमा किताबी ज्ञानलाई मात्र बढी महìव दिने गरिन्छ ।”

बालिकालाई किताबी ज्ञानको आवश्यकतासँगै बाहिरी र व्यावहारिक ज्ञानको पनि आवश्यक हुन्छ भन्दै पाठक थप्नुहुन्छ, ‘‘यस्ता ज्ञानले दुव्र्यवहार हुनबाट बच्न र बचाउन सकिन्छ ।’’ यो खबर आजको गोरखापत्रमा छ ।





error: Content is protected !!