हटेन जातीय विभेद, चल्दैन दलितको विहेमा सामुहिक भोज

कालीबहादुर नेपाली ,जाजरकोट । जिल्लाको अधिकांश ठाउँमा अहिले पनि दलित समुदायको विवाहमा गैरदलितको भोज चल्दैन । उनीहरु मुख्य देउता रिसाउने भम्रले दलित समुदायमा विवाहमा सरिक हुने मात्रै गर्छन् ।

जस्तो सुकै परिस्थितीमा पनि भोज खाना मान्दैनन् । जिल्लाको बारेकोट गाउँपालिका २ का रतनबहादुर नेपालीले केही समय पहिले गैरदलित समुदाय संग भातृत्वको सम्बन्ध जोडे । उनीहरु रतनबहादुरको छीमेकीमा जिउँदाको जन्ती मर्दाको मलामी सम्म बन्छन् । तर भोज खाना भने मान्दैनन् । केही समय पहिले उनको जेठो छोराको मृत्यु भयो ।

उनले भातृत्व जोडेका गैरदलित समुदायका मानिस उनका छोराको शुद्धिकार्यमा आए । उनीहरुले खाना खानु भन्दा पनि चाउचाउ,चिउरा चल्छ, भात चल्दैन भन्दै त्येसैमा छाक टारे । गैरदलितको विवाह रतनबहादुर लगायत वरपरमा छर छिमेकी उनीहरुको काममा व्यस्त हुन्छन् । दाउरा ल्याउने ,भाँडा धुने वरपरमा वातावरण सरसफाई लगायतका काम गर्छन । तर उनीहरुको भान्सामा भने पस्न पाउँदैनन् । उनले दुखेसो गर्दै भनेर्, श्रम चल्छ, सीप चल्छ बस यति पानी चल्दैनन् ।’ रतनबहादुर एउटा उदाहरण पात्र मात्र हुन ।

उनी जस्तै जिल्लाका अधिकांश ठाउँमा यो नयाँ कुरा होइन । जुनीचाँदे गाउँपालिकाका एक स्थानीयले दुखेसो गर्दै भनेर्, हाम्रो गाउँपालिकामा पनि कम छैन ।, उनीहरु हाम्रो विवाहमा आउने कुरा पनि भएन् , उनीहरु बोलाउँदा पनि आउँदैनन् ।’ जानकारहरुका अनुसार जाजरकोट जिल्लामा केही समय यता जातीय छुवाछुत कम भए पनि अझै विवाहमा भोज खाने, घर भित्र पस्ने, लगायतका कुरा अझै गाडिएर बसेका छन् ।

छेडागाड नगरपालिकाका प्रकाश चदाराको गाउँमा पनि उस्तै समस्या छ । उनले भनेर्, विवाहमा सरिक हुन पनि पछिल्लो समयका पिडी आएपनि अघिल्लो पुस्ताका मानिसहरु भोज चल्ने त सपना हो । आउन समेत मान्दैनन् ।’

विभेद सकिन अघिल्लो पुस्ता सकिनुपर्छ 

मानिस भित्रको विभेद अन्त्य गर्न अघिल्लो पुस्ता सकिनु पर्नेमा वुद्धीजिवीको जोड छ । जिल्लाका अधिकांश ठाउँका वुद्धिजिवीहरुले अघिल्लो पिढीका मानिसहरुको अन्त्यपछि समाजमा विभेद हट्नेमा उनीहरुको जोड छ । बारेकोट गाउँपालिका वडा नं. २ का वडाध्यक्ष कर्णे कामी वडाध्यक्ष मात्र होइनन् लामो समय देखि वुद्धिजिवी, समाजसेवी पनि हुन । उनले भनेर्, मानिस मानिस विच हुने विभेद अन्त्य गर्न अघिल्लो पुस्ता सकिनुपर्छ ।’ अनि मात्र विभेद अन्त्य हुन्छ । पछिल्लो समयका यूवाहरुमा कुनै पनि विभेद हुदैन् अझ पुराना मानिसका कारण यो सर्ने शंका भएको उनको भनाई छ ।

पण्डितको काम गर्दैनन् बाह्रमणले

गैरदलित समुदायको विवाहमा सरिक हुने बाह्रमण समुदाय दलित समुदायको विवाह, शुद्धिकार्यका सरिक समेत हुदैनन् । हिन्दु धर्मअनुसार विवाहमा लगन जुर्याउने देखि मृत्युमा शुद्धिकार्य हुने सम्म पण्डितले काम गर्छन । तर दलित समुदायको विवाहमा बाह्रमणहरु बोलाउँदा सम्म आउँदैनन् । नआएपछि उनीहरुले पहिले देखि नै आफ्नै समुदाय भित्र बाह्रमण राख्ने व्यवस्था गरेको बारेकोट गाउँपालिका २ का धनरुपे कामीले बताए ।

उनले भनेर्, हामी पहिले देखि नै बाह्रमणको काम आफै गछौँ ।’, किनकी बोलाउँदा पण्डितहरु आउन मान्दैनन् के गर्ने ।’ फरक फरक गोता फरक छुट्याएर बाह्रमण राख्ने गरेको उनको भनाई छ । कानुनी रुपमा वि.स. २०२० सालमा अन्त्य भएको जातीय विभेद अहिले सम्म हाम्रो समाजमा कायम हुनु हामी परिवर्तन नभएको देख्न सकिन्छ । दश बर्षे जनयुद्ध बाट दलित समुदायमा केही रुपमा जातीय छुवाछुत कम भएको छ ।

मानिस भित्रको विभेद अन्त्य गर्न आर्थीक ,सामाजिक,संस्कृतिक रुपमा अन्त्य हुनुभन्दा भित्र मन देखि नै परिवर्तन भयो भने जातीय विभेदको जडा उखेल्न नसकिएला ? मानिस भित्रको मस्तिष्क च्यान्ज भयो भने कम हुने जानकारहरु बताउँछन् ।





error: Content is protected !!