सुरक्षा चासो व्यक्त गर्दै भारत, के- के हुँदैछ छलफल ? 

काठमाडौं ः नेपाल ,भारत विगत एक वर्षदेखि निकै गहिरोसँग चिसिएको सम्बन्ध विदेश सचिव स्तरबाट हुन लागेको भ्रमणले पुनः सामान्यीकरणमा फर्काउने अपेक्षा गरिएको छ । भारतले गत वर्षको नोभेम्बर ३ मा नयाँ नक्सा जारी गर्दा नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नोमा समेटेपछि नेपाल र भारतबीच सम्वन्धमा तिक्तता आएको थियो ।

नेपालले भारतलाई कूटनीतिक विरोध पत्र समेत दियो तर भारतले नेपालको उक्त कुरालाई वास्ता नगरी आफ्नो कार्यमा लागि रह्यो । त्सपछि भारतले नेपालको भूभागमै चीन तर्फ जोड्ने आफ्नो सडक समेत निर्माण गरेपछि नेपालले पनि आफ्नो भूभाग समेटेर नयाँ नक्सा जारी गर्‍यो ।

नेपाली भाषी विदेश सचिव हर्षवर्द्धन श्रृंगला विहिबार काठमाडौं ओर्लदै छन् । उनी नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणमा आउन लागेका हुन । यसअघि भारतबाट गुप्तचर र सेनाका प्रमुखले भ्रमण गरेर गैसकेका छन । अघिल्ला दुई भ्रमणले नेपाल र भारतको सम्वन्ध कतै सुरक्षा निकाय वा गुप्तार निकायले चलाउने त होइन भन्ने आशंका पैदा भएको थियो । तर, विदेश सचिव नै आएर कुटनीतिक ट्र्याकमा सम्वन्ध ल्याएको बुझाई परराष्ट्र अधिकारीको छ ।

नेपाली भूभागमा आफ्ना सैनिक राखेर बसेको भारतले त्यस भूभागलाई गत वर्ष आफ्नो राजनीतिक नक्सामा नै गाभेको थियो । उक्त रणनीतिक र सामारिक महत्व भएको नेपाली भूभागलाई गाभेपछि नेपालभित्र लामो बहस मात्र भएन भारत विरोधी भावना झन फैलियो ।

नेपालको भूमि लिपुलेक भएर तिब्बतको कैलाश मानसरोवर पुग्ने बाटो निर्माणपछि उद्घाटन नै गरेपछि नेपालले पनि आफ्नो राजनीतिक एवं प्रशासनिक नक्सा अद्यावधिक गरेको थियो । यसको यथार्थ भारतलाई राम्रोसँग जानकारी भएपनि यसमा मिचाहा प्रवृत्ति भनिएको छ । भारतसँगको सबै समस्यालाई नेपालले वार्ता, संवाद र सहमतिका आधारमा समाधान गर्ने बताउँदै आएको छ ।

छलफलको विषय
कोभिड – १९ तथा अन्य कारणले करीब एक वर्ष टुटेको नेपाल र भारतबीचको औपचारिक सम्वन्ध पुनः लिकमा आउने बताइएको छ । आएकै दिन उनले परराष्ट्र सचिव पौड्यालसँग एक्लाएक्लै भेट्ने छन् । त्यही दिन उनले सचिव स्तरीय वार्ता पनि गर्न कार्यक्रम छ । नेपाल(भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा त्यहाँ छलफल हुनेछ ।

राजनीतिक सम्बन्धका विविध आयाम, सिमाना, डुवान, सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षा, प्रबुद्ध व्यक्ति समूह ९ईपीजी०को प्रतिवेदन लगायत विषयमा छलफल हुने परराष्ट्र अधिकारीले जानकारी दिए ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतसँग शिष्टाचार भेट गर्नेछन । उनले उक्त भेटामा नेपालको चाहना र यहाँका सरकार प्रमुखको सन्देश भारत सरकारसमक्ष प्रवाह गर्ने छन् । उनले राजनीतिक दलका नेताहरुसँग पनि छुट्टै भेटवार्ता गर्ने तय भएको छ ।

भारतको सुरक्षा चासोका बारेमा पनि उनले सरकारको तर्फबाट धारणा व्यक्त गर्नेछन् । यो बैठकसँगै नेपाल र भारत संयुक्त आयोगको छैटौँ बैठकमा सहभागि हुन मन्त्री ज्ञवालीलाई उनले विदेश सचिव एस जयशंकरको निमन्त्रणा पनि दिने कार्यक्रम छ । यही महिना वा पुसको पहिलो साता आयोगको बैठक नयाँ दिल्लीमा बस्ने तयारी छ ।





error: Content is protected !!