विश्वभर समाचारको पहुँच अभूतपूर्व रूपमा बढ्दा मिडिया उद्योग ओरालोमा

विज्ञापनका आधारमा चल्ने विश्वभरका निजी मिडियाको आम्दानी गत अप्रिलमा मात्र ७० प्रतिशत भन्दा धेरैले खस्किएको तथ्यांकहरूले देखाएका छन्

कोभिड विस्तारले अर्थतन्त्रमा पारेको प्रभावसँगै विश्वभरका सञ्चारमाध्यममाथि आर्थिक दबाब बढेको छ । विज्ञापनका आधारमा चल्ने विश्वभरका निजी मिडियाको आम्दानी गत अप्रिल महिनामा मात्र ७० प्रतिशतभन्दा धेरैले खस्किएको तथ्यांकहरूले देखाएका छन् ।

बम
‘एकातिर सञ्चारमाध्यमप्रति मान्छेको ध्यान अहिलेजस्तो विगतमा कहिल्यै पनि थिएन, पाठक र दर्शक बढेकोबढ्यै छन्, तर विज्ञापन यही वेला घटेकाले खतराको घन्टी बजेको छ,’ रिवल्र्ड मिडिया कनेक्ट (आरएमसी)को अध्ययन भन्छ ।

विज्ञापनमा आइरहेको कमीका कारण बेलायती पत्रिका गार्जियनले आगामी ६ महिनामा आम्दानी दुई करोड पाउन्ड घट्ने अनुमान गरेको छ । आय संकुचनकै कारण कोन्डे नास्ट, फिनान्सियल टाइम्स र एलए टाइम्सले जनशक्ति र पारिश्रमिक कटौतीको नीति अपनाएका छन् । न्युयोर्क टाइम्सका अनुसार कोभिडका कारण अमेरिकामा कम्तीमा ३३ हजार पत्रकार बेरोजगार भइसकेका छन् ।

बेलायतको आइटिभीले सन् २०२० का लागि कार्यक्रमको बजेटमा १० करोड पाउन्ड कटौती गरेको छ । त्यसैगरी, च्यानल फोरले १० प्रतिशत कर्मचारी र कार्यक्रम कटौती गरेर २४ करोड ५० लाख पाउन्ड क्षति जोगाउने योजना बनाएको छ । फ्रान्सेली टिभी एम ६ ले १० करोड खर्च घटाउने योजना अघि सारेको छ ।

छिमेकी भारतमा द टाइम्स ग्रुप, द इन्डियन एक्सप्रेस ग्रुप, हिन्दुस्तान टाइम्स र द क्विन्टजस्ता अगुवा मिडिया हाउस पारिश्रमिक कटौतीमा लागेका छन् । टाइम्स ग्रुपले टाइम्स अफ इन्डिया, द इकोनोमिक टाइम्स र नवभारत टाइम्सका कर्मचारी एवं पत्रकारको पारिश्रमिक गत अप्रिल १ बाटै घटाएको छ ।

द टाइम्स अफ इन्डियाले आइतबारको सप्लिमेन्ट ‘टाइम्स लाइफ’को पृष्ठ घटाएर पत्रकार र कर्मचारीलाई बिदामा बस्न भनेको छ । द इन्डियन एक्सप्रेस र द बिजनेस स्ट्यान्डर्डले पारिश्रमिक कटौतीको नीति पछ्याएका छन् ।

भारतीय टेलिभिजन एनडी टिभीले ५० हजारभन्दा बढी पारिश्रमिक भएका कर्मचारीको पारिश्रमिक तीन महिनाका लागि १० देखि ४० प्रतिशतसम्मले घटाएको द प्रिन्ट डट इनले लेखेको छ । द क्विन्ट र ब्लुमबर्ग क्विन्टले आफ्ना टिभी विभाग बन्द गरेका छन् । क्विन्टले ४५ कर्मचारीलाई बेतलबी बिदामा राखेको छ ।

लोकप्रिय भारतीय म्यागजिन आउटलुकको प्रकाशन लकडाउनपछि बन्द छ । जी मिडिया सञ्चालन गर्ने सुभास चन्द्राको एसेल गु्रपले अंग्रेजी दैनिक डिएनएको प्रकाशन बन्द गरेको छ । द डेकन क्रोनिकलको केरल र बैंग्लुरु संस्करण र द एसियन एजको मुम्बई र कोलकाता संस्करण बन्द भइसकेका छन् ।

महाव्याधिपछि प्रिन्ट मिडिया दबाबमा परेकाले इन्डियन न्युजपेपर सोसाइटी ९आइएनएस०ले भारतको सूचना तथा प्रसारण मन्त्रालयलाई न्युजप्रिन्टमा लाग्दै आएको ५ प्रतिशत भन्सार शुल्कसमेत हटाउन अपिल गरेको छ । न्युजप्रिन्टमा १० प्रतिशत भन्सार रहेकोमा कोभिडपछि सरकारले ५ मा झारेको थियो । अब त्यो पनि घटाउन प्रिन्ट मिडियाले संगठित रूपमै आग्रह गरेका छन् ।

संकटको वेला सूचना प्रवाहको महत्व झन् बढ्ने भन्दै भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयले सक्दो सहयोग गर्ने भरोसा दिएको छ । मन्त्रालयले अन्य सरकारी निकायहरूलाई पत्र लेखेर मिडियालाई तिर्नुपर्ने बक्यौता यथाशीघ्र भुक्तान गरिदिन आग्रह गरेको छ । त्यसैगरी, भारतको न्युज ब्रोडकास्टर एसोसिएसन ९एनबिए० ले विज्ञापनमा लाग्दै आएको १८ प्रतिशत जिएसटी घटाउन सरकारसँग अनुरोध गरेको छ ।

मिडिया उद्योग कसरी घाटामा गइरहेको छ भन्ने एउटा उदाहरण हो प्रेसटेल्स । यो कम्पनीले फ्रान्सका ७५ प्रतिशत पत्रपत्रिका वितरणको जिम्मा लिएको छ । तर, कोभिड संक्रमण फैलिएपछि उसले कतैबाट पनि भुक्तानी पाएको छैन । यो संस्था चरम आर्थिक संकट पर्दा सञ्चारमाध्यममा पनि दबाब बढेको छ ।

तर, यही वेला प्रेस कन्टेन्टको आकर्षण भने झन् बढेको छ । अध्ययनअनुसार प्रेस सामग्रीको उपभोग ३० प्रतिशतले वृद्धि भएको छ । बेल्जियमस्थित रोसेल ग्रुपका सिइओ बर्नार्ड मर्चान्ड मार्च महिनामा ली सोयर ९फ्रेन्च भाषाको दैनिक०को अनलाइन सब्सक्रिप्सन १० गुणा बढेको बताउँछन् । जब कि आय तीव्र रूपमा घटेका कारण यो दैनिकले कर्मचारीको संख्या र पारिश्रमिक कटौती गर्नुपरेको छ ।

भारतीय अनुसन्धान संस्था ब्रोडकास्ट अडियन्स रिसर्च काउन्सिलका अनुसार लकडाउनपछि सबैभन्दा बढी दर्शक न्युजमा दुई सय १९ प्रतिशत, मुभीमा ७३ र इन्फोटेन्मेन्टमा ५० प्रतिशत वृद्धि भएका छन् ।

घट्दो विज्ञापन बजारबाट सोसल मिडिया पनि अछुतो छैन । कोयन एन्ड कोकाअनुसार फेसबुक र गुगलले सन् २०२० मा विज्ञापनको आम्दानीबाट ४४ अर्ब डलर गुमाउनेछन् । गुगलले २८ अर्ब ६० करोड र फेसबुकले १२ अर्ब ७० करोड गुमाउनेछन् ।

तर, दर्शकबाट सीधै पैसा तान्ने इन्फोटेन्मेन्ट प्लेटफर्मले भने यही वेला ग्राहक र नाफा बढाएका छन् । सन् २०२० को पहिलो तीन महिनामा २२ दशमलव ८ प्रतिशतले वृद्धि गरेर नेटफ्लिक्सले एक करोड ७८ लाख ग्राहक थपेको छ । डिज्नेप्लसले भारतमा मात्रै लकडाउनपछिको एक महिनामै ८० लाख ग्राहक बटुलेको छ । तर, पाठक र दर्शकलाई सस्तोमा समाचार दिएर विज्ञापनबाट आम्दानी गर्ने सञ्चारमाध्यम भने बढ्दो दबाबमा छन् ।

महाव्याधिको त्रासका कारण अधिकांश विश्व सामाजिक दूरीमा छ । अझै पनि मानिस घरभित्रै थुनिएका छन् । त्यसैले मान्छेको अधिकांश समय टेलिभिजन, कम्प्युटर र फोनको स्क्रिनमा बित्ने गरेको छ ।

मान्छेहरूलाई प्रत्येक क्षण जानकारी चाहिएको छ । जसका कारण भाइरसको प्रकोपपछि टेलिभिजनका दर्शक अभूतपूर्व रूपले बढेका छन्, समाचार पोर्टलहरू धेरैभन्दा धेरैपटक खोलिएका छन् र पत्रपत्रिका सबैभन्दा बढी यसवेला पढिएको छ ।

तर, इतिहासमै सर्वाधिक हेरिएका, खोजिएका र पढिएको वेला मिडिया आफैँ भने आयविहीन हुँदै गएका छन् । र, समाचारकर्मी बेरोजगार हुने क्रम विश्वभर फैलिएको छ  नयाँ पत्रिकामा खवर छ ।





error: Content is protected !!