टेबलटेनिसको पुरुष टिममा नेपाललाई रजत

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबल टेनिसको पुरुष टिममा नेपालले रजत जितेको छ ।

फाइनलमा नेपाल भारतसँग ३-० को सेटमा पराजित भयो । श्रीलंका र बंगलादेशले कास्य जित्यो ।

महिला टिममा नेपाल र माल्दिभ्सले कास्य जित्यो । महिलामा भारतले स्वर्ण जित्दा श्रीलंकाले रजत जित्यो ।





error: Content is protected !!