रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत शुक्रबार सम्पन्न

रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत शुक्रबार सम्पन्न ३ वटा खेलहरुमा रुपन्देही ११, धनगढी क्रिकेट एकेडेमी र टिकापुर क्रिकेट क्लबले जित हात पारेका छन् ।

पहिलो खेल
रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा रुपन्देही ११ ले भेरीगङ्गा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको छ।

खेलमा टस जितेर ब्याटिंग रोजेको भेरीगंगा क्रिकेट क्लबले १८।५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ६८ रन मात्रै बनाउन सक्यो।

रुपन्देहीका बलर सन्दिप सुनार र बशिर अहमदले समान ३र३ विकेट तथा बिक्रम भुसालले २ विकेट हात पारे। भेरीगंगाको लागि सौगात कार्कीले सर्वाधिक २० रन योगदान दिए।

६९ रनको लक्ष्य रुपन्देहीले ५।२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। जितमा प्लेयर अफ द म्याच समेत चुनिएका सन्दिप सुनारले आक्रामक ब्याटिंग गर्दै ३१ रन बनाउन ११ बलमा ३ चौका र ३ छक्का प्रहार गरे भने सौरभ खनालले ७ बलमा २४ रन बनाउन ३ चौका र २ छक्का प्रहार गरे।

दोश्रो खेल स्(

यस्तै दिनको दोश्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले रोयल राइजिङ्ग क्लबलाई ४९ रनले पराजित गर्दै प्रतियोगितामा दोश्रो जित दर्ता गरेको छ।

खेलमा टस जितेर ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १६१ रनको योगफल तयार गरेको थियो।

धनगढीको लागि लोकेश बमले सर्वाधिक ३८ रन योगदान दिए जुनक्रममा २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै कप्तान भुवन कार्कीले २६, सुनिल धमलाले २५ तथा बिपिन रावलले २३ रन योगदान दिए। बलिंगतर्फ रोयल राइजिंगका विजय बिस्टले सर्वाधिक ४ विकेट हात पारे भने चन्द्र बिसी र दिवान पुनले २र२ विकेट लिए।

१६२ रनको लक्ष्य पछ्याउने क्रममा रोयल राइजिङ्गले २० ओभरमा ६ विकेट गुमाएर ११२ रन मात्रै बनाउन सक्यो। ओपनर प्रकाश जैसीले सर्वाधिक ६२ रनको योगदान दिए पनि टिमलाई जितसम्म भने पुर्याउन सकेनन्। जैसीले ४४ बलमा ७ चौका र २ छक्का प्रहार गरे। धनगढी क्रिकेट एकेडेमी बलर पवन कार्की र महेश अधिकारीले समान २र२ विकेट तथा सुनिल धमला र भुवन कार्कीले १र१ विकेट हात पारे।

खेलको प्लेयर अफ द म्याच सुनिल धमला चुनिए।

तेश्रो खेल

शुक्रबारनै सम्पन्न रोमान्चक तेश्रो खेलमा टिकापुर क्रिकेट क्लबले महाकाली क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्यो।

टस हारेर पहिले ब्याटिंग गरेको महाकाली क्रिकेट क्लबले निर्धारित २० ओभरमा पुरै विकेट गुमाएर १४८ रनको योगफल तयार गरेको थियो। महाकालीको लागि प्रकाश सिंहले सर्वाधिक ३७ रन , नरेश बोहराले ३३ रन तथा सुरेन्द्र चन्दले २९ रन योगदान दिए। बलिंगतर्फ टिकापुर क्लबका बबिन शर्मा र अर्जुन शाहीले समान २र२ विकेट हात पारे।

१४९ रनको लक्ष्य पछ्याउने क्रममा टिकापुरले १९।५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेटायो। खेल जिताउने क्रममा रभी शाहले सर्वाधिक ५५ रनको योगदान दिए जुनक्रममा ३७ बलमा ११ चौका प्रहार गरे। यस्तै आयुब चन्दले २४ तथा अजय बिस्टले २० रन बनाए। अन्तिम ओभरमा २ बलमा जितको लागि ५ रन आवस्यक रहेको बेला ललित प्याकवालले छक्का प्रहार गर्दै जित दिलाएका थिए।

खेलको प्लेयर अफ द म्याच रभी शाह घोषित भए।





error: Content is protected !!