दैनिक ४ लाख पारिश्रमिक लिने यी नायिका

avika-gorतपाईंलाई पत्यार नलाग्ला साउथ इन्डियन फिल्ममा यी नायिकाले दैनिक ४ लाख पारिश्रमिक लिएर खेलेकी छन् ।

सिरियल ‘बालिका बधु’ मा आनन्दीको भूमिका निर्वाह गरेर चर्चामा आएकी नायिका अविका गौर अहिले साउथ यन्डियन फिल्ममा सक्रिय छिन् । तेलगु भाषको एउटा फिल्ममा उनले दैनिक ४ लाख पारिश्रमिक लिएको बताइएको छ ।

नोभेम्वर १७ मा रिलिज भएको ‘इक्कादिकी पोठाभू चिन्नाभाडा’ फिल्ममा उनले ४० लाख पारिश्रमिक लिएकी हुन् । यो फिल्ममा उनले जम्माजम्मी १० दिन सुटिङका लागि समय दिनु परेको बताइएको छ । ४० लाख पारिश्रमिक तोकिएको र १० दिन मात्र काम गर्नु परेकाले दैनिक ४ लाख पारिश्रमिक भनिएको हो ।

वीआई आन्दको निर्देशनमा बनेको यो फिल्ममा निखिल र आविका मुख्य भूमिकामा छन् । ‘बालिका बधु’ मा आनन्दी र ‘ससुराल सिमर का’ मा रोलीको भूमिका सफलतापूर्वक निर्वाह गरेकी आविकाले २०१३ मा ‘उय्याला जाम्पाला’ बाट तेलगु फिल्ममा डेब्यु गरेकी हुन् ।





error: Content is protected !!