तनावमुक्त रहन प्रकृतिसँग घुलमिल

कोरोना कहरले मानिसको ‘हेल्दी रुटिन’लाई अस्तव्यस्त बनाएको छ । भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनले अधिकांश मानिस घरभित्रै छन् । आर्थिक र रोजगारीको संकटले मानिसमा तनाव बढाइदिएको छ । यस्तो तनाव हटाउन सक्ने क्षमता प्रकृतिसँग छ । विज्ञहरूका अनुसार दैनिक कम्तीमा दुई घन्टा प्रकृतिसँग नजिक हुन सकेमा स्वास्थ्यका लागि लाभदायी हुन सक्छ । त्यसैले त हो, कृषि र बगैँचालाई प्रकृतिसँग नजिकका पेसा मानिएको पनि । कोरोनाले निम्त्याएको तनाव कम गरी मानसिक रूपमा स्वस्थ रहन यस्ता उपाय अपनाउन सकिन्छ ?

घरमा रहँदा कोठाको झ्याल खुला राख्ने गरेमा प्राकृतिक स्वच्छता महसुस हुन्छ । साथै, घरनजिकैका प्राकृतिक बगैँचा वा वनजंगलमा भौतिक दूरी कायम राखेर साँझबिहान केहीबेर हिँडडुल गर्न सकिन्छ ।

घर वरपर रहेका रूख–बिरुवा नजिक जाने, बस्ने गरौँ । ती रुख–बिरुवामा दैनन्दिन आउने परिवर्तनलाई नियमित रूपमा नियालौँ । घरमै पनि गमला र करेसाबारीमा बोट–बिरुवाको हेरचाह गर्न सकिन्छ । त्यसबाट मस्तिष्कमा सकारात्मक तरंग पैदा हुन्छ ।

घरमा रहँदा कोठाको झ्याल खुला राख्ने गरेमा प्राकृतिक स्वच्छता महसुस हुन्छ । साथै, घरनजिकैका बगैँचा वा वनजंगलमा भौतिक दूरी कायम राखेर साँझबिहान केहीबेर हिँडडुल गर्न सकिन्छ ।

साँझको समय केहीबेर मन्द हावामा रहनु निकै प्रभावकारी हुन्छ । साथै, बिहानको घाममा टहल्दा शरीरमा आनन्दानुभूति हुन्छ, जसले शरीरको ऊर्जालाई रिचार्ज गर्छ ।

अहिले घरका भित्तामा फरकखालका ‘वाल पेन्टिङ’ गर्ने संस्कृति सुरु भएको छ, यसले पनि प्रकृतिसँगको निकटतामा टेवा पुयाउन सक्छ ।

( प्रकृतिले यतिवेला आफुलाई पुनर्जागरण गर्न पाएको छ । यसको प्रत्यक्ष प्रभाव मानिसमा देख्न सकिन्छ । प्रकृतिसँगको निकटताले मानिसलाई खुसी र ऊर्जाशील रहन मद्दत गर्छ । खुलेको आकाश, हिमाल, पहाड र वर्षा भएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा राख्न मानिस लालायित हुनुको कारण पनि त्यही हो ।





error: Content is protected !!