रारा धार्मिक तथा पर्यटकीय रुपमा किन महत्वपूर्ण छ ?

नन्दा शाही
रारा ताल ! सायद यहाँ जो कोही जानका लागि समय मिले सम्मा तयार नै हुने ठाउँको रुपमा पर्दछ । चारैतीर सेताम्य हिमालहरुले घेरेर बीचमा विशाल भुगोल ओगेटेर थरी , थरीका रंग पर्ने रारा ताल जान जो कोही तयार नहुने कुरै भएन । यहाँ तालले मात्र सुन्दर बनाएको छैन । धार्मिक रुपमा पनि यो ठाउँ त्यतिकै महत्वपूर्ण रहेको छ ।

 
मुलुकका चार धाम मध्य महत्वपूर्ण एक धाम यही तालसँगै जोडिएको भागमा पर्दछ । छायाँनाथ पनि हिन्दु धर्मावलम्बीहरुको लागि प्रसिद्ध ठाउँको रुपमा आफूलाई स्थापित गर्दै आएको छ । यहाँको नगरपालिकाको नाम समेत छायाँनाथ रारा नगरपालिका हो । धार्मिक तथा पर्यटकीय क्षेत्र रारासँग जोडिएर यसको नाम राखिएको नगरप्रमुख विष्णु भामले बताए । ताल र छायानाथ देवताको संयुक्त अस्तित्वलाई मान्यता नगरपालिकाले आफूलाई स्थापित गरेको छ ।

सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको यो ताल १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ । तालको औसत लम्बाइ ५ किलोमिटर, चौडाइ ३ किलोमिटर र गहिराइ १ सय ६७ मिटर छ । रारा तालको किनारैकिनार पूरै एक फन्को मार्न करिब ५ घण्टा लाग्छ । रारा तालको सुन्दरता एकै शव्दमा गर्न मुस्किल रहेको छ । यहाँ मौसम अनुसार तालले रुपमा फेर्ने गर्दछ । हिउँदको समयमा हिउँले ढाकेर सेताम्य हुन्छ भने वर्षायाममा रारा ताललाई फूलैफूलले पगरी गुथेको हुन्छ । रारा ताललाई राजा महेन्द्रले वि.सं. २०२० मा ‘स्वर्गकी अप्सरा’ भनेर नामकरण गरेका थिए । सुर्यको किरण अनुसार तालले आफूलाई समायोजन गरि रुप बदल्ने गर्दछ । प्रकृतिको उपहारका रूपमा सृजित रारा ताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियालीले थप आहा बनाएको छ ।


हिमाली काखमा हरिया वनजंगलले घेरिएको कञ्चन पानी सल्बलाउने रारा ताल नै हो । यस तालको क्षेत्रफल १०.६५ वर्ग कि.मी. छ । यस तालको लम्बाइ करिब ५ कि.मी., चौडाइ ३ कि.मी. र गहिराई १६७ मिटर छ । नेपालको सबभन्दा ठूलो तालको रूपमा रहेको रारा ताल सन् २००७ मा रामसार सूचीमा सूचीकृत हुनुले यसको अन्तर्राष्ट्रिय महत्वलाई समेत दर्शाउँछ । तालको दक्षिणतर्फ चुचेमारा टाकुरा (४०८७ मिटर), उत्तरतर्फ रुम काँध (६७३१ मिटर) र मालिका काँध (३४४४ मिटर) जस्ता हिम चुचुराहरु पर्दछन् । यि चुचुराले रारा राष्ट्रिय निकुञ्जको मनोरम प्राकृतिक दृश्य एवं सुन्दरतालाई अझ भव्य बनाइदिएको छ ।

तालको किनार तथा आसपासको क्षेत्रमा हिमाली कालो भालु, थार, हाब्रे, घोरल, रतुवा, कस्तुरी मृग, बँदेल आदि गरी ५१ प्रजातिका स्तनधारी वन्यजन्तु पाइने निकुन्जले जनाएको छ । निकुञ्जमा डाँफे, मोनाल लगायत २७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । निकुञ्ज अन्तर्गत रारा ताल र वरिपरिको कोणधारी वन क्षेत्र स्थानीय र बसाई सरी आउने विभिन्न चराचुरुङ्गीहरूको उपयुक्त बासस्थान बन्न पुगेको छ । यहाँ नेपालका ७ मध्ये ३ प्रजातिका रैथाने असला माछा पाइन्छन् । पर्या पर्यटनको अधिकतम सम्भावना भए तापनि भौगोलिक विकटता र यातायातको सहज पहुचको अभावको कारण यहाँ पर्यटनको समुचित विकास हुन बाँकी नै रहेको छ । मध्यवर्ती क्षेत्रको मुख्य आम्दानीको स्रोत नै निकुञ्जको पर्यटन भएकाले मध्यवर्ती क्षेत्रको आम्दानी पनि न्यून रहेको छ ।

रारा भ्रमण गर्न असोज–कात्तिक र वैशाख–जेठ महिना उपयुक्त मानिन्छ । पुसदेखि फागुनसम्म यहाँको तापक्रम शून्यभन्दा पनि तल हुने भएकाले यो समयमा उपयुक्त मानिँदैन । रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट करिब ४ हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल मानिन्छ । यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदूरपश्चिमका ६ वटा जिल्लासमेत अबलोकन गर्न सकिन्छ ।

रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले रारासम्म सवारी साधन प्रवेश निषेध छ । मिलीचौरमा सवारी साधन रोकेर रारा तालतर्फ पैदल यात्रा गर्नुपर्छ । पैदल यात्रा गर्न नसक्नेहरूका लागि घोडाको व्यवस्था पनि छ । सवारी साधन छोडेपछि करिब ३० मिनेटको यात्रापश्चात् तालको छेउ पुग्न सकिन्छ । कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतदेखि दुई दिनको सवारी यात्रापश्चात् रारा पुग्न सकिन्छ । आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ ।

यो क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् धार्मिक पर्यटकीय सम्पदाको धनी भए पनि आन्तरिक तथा बाह्य पर्यटन बजारमा आवश्यक पहुँच , प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि सकिरहेको छैन । प्राकृतिक तथा सांस्कृतिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन लिन सके भारी गरिमा बढने देखिन्छ । ताल सम्मा जानका लागि निर्माण गरिएको घोडेको बाटो समेत प्रभावकारी नहुँदा आउन जान सजिलो नभएको गुनासो आइरहने गर्दछ ।

प्राकृतिक, ऐतिहासिक एवम् धार्मिक क्षेत्रको संरक्षण एवं प्रवद्र्धन प्रभावकारी बनाउन सके यस ठाउँको महत्व मात्र नभइ कर्णालीकै इजजत बढने कुरामा दुई मत छैन । पर्यटकीय क्षेत्रको पहिचान एवं सम्भावनाका लागि बनाएका योजनाहरुमा निगरानी कम हुँदा गरिएको लगानीले प्रतिफल आउन सकेको अवस्था छैन । ५ वर्ष देखि साइकल लेन , पूर्वाधार निर्माणको काम सुरु गरिएपनि निर्माण व्यवसायीले बीचमै काम छोडदा लगानी चौपट भइरहेको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु भामले बताए । ताल सम्मा पुग्ने र आउनेका लागि बास बस्न होमस्टेलगायत पर्यटकीय सुविधाहरूको उपलब्धतामा हुनुपर्ने सबैको माग रहेको छ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण , संवद्र्धन गरेमा साचिक्कै स्वार्गकी अप्सरा भन्ने यूक्रि झैँ हुने छ । कर्णाली करिडोरलाई भरपर्दो तथा विश्वास योग्य बनाई , हवाई माग समेत नियमित बनाउन सके रारा मात्र नभई यहाँको अन्य कुराहरु समेत विकासको गतीमा जान सक्ने भारी सम्भावना रहेको छ । रारा ताल घुमेर कर्णाली नदीको किनारै किनार मुगुम कार्मारोङ गाउँपालिका जान सकिन्छ । यो छिमेकी डोलपाको सिमानामा पनि पर्छ ।

बहुमुल्य यार्सागुम्बा लगाएतका अन्य जडिबुटी यही पालिकामा पाइन्छ । डोल्फु गाउँमा अबस्थित तामाखानी रहेको छ । प्रस्तावित भारतको रोपैडिया जमुनाहा–सुर्खेत–दैलेख–जुम्ला–गमगढी–नाक्चेलाग्ना जोडिएमा भारी मात्रामा लाभ लिन सकिन्छ । डोल्पा र मुगु जोडिएका जिल्ला हुन् । उत्ता अर्को कुनामा फोक्सुण्डो ताल रहेको छ । भेरी नदीको किनारै किनार फोक्सुण्डो र कर्णालीको किनारै किनार गएमा रारा पुगिन्छ । राराबाट कर्णाली नदीको किनार हुँदै डोल्फु क्षेत्रबाट शे फोक्सुण्डो निकुन्जमा प्रवेश गरेर फोक्सुण्डो पुग्न सकिन्छ ।





error: Content is protected !!