शहिदहरुको सम्झनामा

-रामदिप आचार्य
शहिदहरु ती हुन् ,जसले स्वाभिमान रोजे तर आत्मसम्पर्ण गरेनन् । आफूले लिएको न्याय, समानता र स्वतन्त्रताको बाटोमा अडिग भइरहे । मानव जातीको इतिहासमा पहिलो शहिद को हो भन्न गाह्रो छ । कहिले देखि शहिदको गणना हुन थालेको हो , त्यो पनि भन्न मुस्किल छ । आफ्नो निजी स्वार्थभन्दा माथि उठेर समाज, वर्ग र राष्ट्रको लागि समर्पित हुदै गर्दा आइपरेको मृत्युलाई सहज रुपमा पचाएर जाने योद्धाहरुशहिद हुन् । जसको मृत्यु रोगव्याधी, महामारी, प्राकृतिक प्रकोप, भोकमरी, आत्महत्या वा बुढ्यौलीबाट भएको होइन । जसलाई मारिएको हो विचारको आधारमा, आस्थाको आधारमा ।

हामी शहिदहरुलाई समयक्रम र घटना विशेषको आधारमा वर्गिकरण गरेर विश्लेषण गर्दछाँै । उदाहरणको लागि राणा शासन विरुद्ध लड्ने शहिदहरु, पञ्चायत विरुद्धका शहिदहरु, किसान आन्दोलनका शहिदहरु, विद्यार्थी आन्दोलनका शहिदहरु, मजदुर आन्दोलनका शहिदहरु, दलित आन्दोनका शहिदहरु,महिला आन्दोलनका शहिदहरु,शिक्षक आन्दोलनका शहिदहरु, आदिवासी जनजाती आन्दोलनका शहिदहरु, मधेश आन्दोलनका शहिदहरु, थरुहट आन्दोलनका शहिदहरु, झापा आन्दोलनका शहिदहरु, वीरगञ्ज मुक्ति मोर्चाका शहिदहरु, एकिकृत जन क्रान्तिका शहिदहरु, संघीयता प्राप्तीका आन्दोलनका शहिदहरु, राष्ट्रियताको आन्दोलनका शहिदहरु आदि ,आदि ।

मानव जातीकोे पहिलो अभिलेखित आन्दोलन सायद दास मालिकका विरुद्ध दासहरुको विद्रोह हुनु पर्दछ । संभवतः हामीले नाम लिन सक्ने त्यसको नायक स्पार्टाकश थिए । यस्तो खाले विद्रोह संसारभर तर विकेन्द्रीत रुपमा भएको हुनुपर्दछ । त्यसपछिको अर्को आन्दोलन भूदासहरुको हुनुपर्दछ । जहाँ दासका मालिकहरु सामन्त र जमिन्दारमा फेरिएका थिए भने दासहरु भूदासमा । जसरी दासहरुको विद्रोहले भयानक दमनको सामना गरेर दास प्रथालाई चिहानमा गाडेको थियो त्यसरी नै भूदासहरुले रगतको खोलो बगाएरै सामन्तवादलाई माटोमुनि पुरेका थिए । अब अर्को वर्ग पैदा भयो , पूँजीपति र मजदूर सर्वहारा । उन्निसौँ शताब्दीको आधाबाट शुरु भएको यी दुई वर्ग विचको टकराव यद्यपी जारी छ । यो हो वर्ग संघर्षको इतिहास ।

संसारभर शहिदहरुको एउटा साझा विशेषता रहेको छ त्यो हो यथास्थितिका विरुद्ध विद्रोह । यथास्थितीलाई स्विकार्नेहरु कहिले पनि शहिद हुँदैनन् । भएका छैनन् । दास विद्रोह, फ्रान्सेली क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, अक्टोबर समाजवादी क्रान्ति, चिनियाँ नयाँ जनवादी क्रान्ति, भारतीय स्वतन्त्रता आन्दोलन, भियतनामी उपनिवेश विरोधी आन्दोलन, अफ्रिकी स्वतन्त्रता आन्दोलन विश्वमा केही उल्लेखनीय आन्दोलनहरु हुन् । पछिल्लो शताब्दीको अरब स्प्रिङ्ग भनेर चिनिने आन्दोलन वा अकुपाइ वालस्टिट केही नमुना आन्दोलनहरु हुन् । ती आन्दोलनमा सामेल हुनेहरुका केही साझा उद्देस्य र सपनाहरु हुने गर्दछन् । केही साझा कार्यक्रमहरु हुने गर्दछन् । उनीहरुका सपनाहरुले आन्दोलनमा सामेल हुन प्रेरित गर्दछ । आन्दोलनमा कटिबद्ध बनाउछ र जब मृृत्यु नजिक आइपुग्छ परास्त हुन्छ । उद्देश्यहरुका अगाडि निजी जीवन तुच्छ जस्तो लाग्न थाल्दछ । जीवन दोबाटोमा आइपुग्छ संकल्पको बाटो कि निजी जीवन । जसले संकल्पको बाटो रोज्छन् ती शहिद हुन्छन् । मान्छे मर्छन् तर सपना मर्दैनन् । ती सपना देख्नेहरुको ताँती झन् बढ्दै जान्छ । निरन्तर श्रृंखलाको रुपमा ।

नेपालमा हेराँै । राणा शासनको विरुद्ध केही दर्जन मात्रै युवाहरुले विद्रोहको मशाल बालेका थिए । उनीहरुलाई फाँसीको सजाय दिइएको थियो । आन्दोलन गर्न त के सिधा बोल्न पनि दिइदैन्थ्यो । कृष्णलालहरुले घुमाउरो भाषामा मकैको खेति लेख्नु पर्दथ्यो । स्यालले मकै खायो जाग किसानहरु भनेर । राणा शासन तासको महल जस्तै ढल्यो । नेपालमा राणाहरु विरुद्ध लड्न विपी कोइरालाहरु हतियार खोज्दै वर्मासम्म पुगेको हामीलाई थाहा नै छ । पञ्चायती व्यवस्था भनेर चिनिने राजाको व्यवस्थाले पहिलो जन निर्वाचित सरकारलाई कसरी अपदस्थ गरेर जेलमा कोचेको थियो । केपी ओलीहरुले डेढ दशक लामो जेल जीवन बिताउनु परेको थियो । शासनमा रहनेहरुको क्रुरता र विद्रोहीहरुको प्रतिरोध समाज विकासको चालक जस्तै थियो । जहिले पनि बलिदानको अनेकाँँै चक्र पार गरेपछि विद्रोहीहरुकै विजय भएको छ । कतै भयानक दमनचक्रमा परेर विद्रोहीहरु परास्त पनि भएका छन् । तर समाजको अग्रगति रोकिएको छैन ।

नेपाली जनयुद्ध एक युगान्तकारी आन्दोलन थियो । यस अघिका आन्दोलनहरुको तुलनामा यो धेरै व्यवस्थित, धेरै विस्तारीत र लामो समयसम्म सञ्चालित थियो । राज्यसत्ताको मुटुमाथि यति शक्तिशाली प्रहार यस अघि कहिल्यै भएको थिएन । पृथ्वी नारायण शाहको देशव्यापी राष्ट्र विस्तार अभियान पछिको उथलपुथलकारी आन्दोलन जनयुद्ध नै थियो । बलिदानको दृष्टिले पनि यति ठूलो मात्रामा यस अघि भएको थिएन । आजको वर्तमान नेपाली राजनीतिको मेरुदण्ड जनयुद्धको जगमा उभिएको छ भन्नु कुनै अतिशयोक्ति हँुदैन । संघीय लोकतान्त्रिक गणतन्त्र यसको ठोस उपलब्धि हो । अधिकार प्राप्तिको लडाँईमा यति विशाल जागरण यस अघि कहिल्यै आएको थिएन ।जनयुद्ध समाज विकासको नियमको उपज नै थियो । जब समाज विभेदकारी हुन्छ त्यसका विरुद्ध कुनै न कुनै प्रकारको संघर्ष अनिवार्य र अपरिहार्य बन्न पुग्दछ, यो मानवीय चहाना भन्दा परको नियम बन्न पुग्दछ । त्यो समाजको चरित्रले संघर्षको स्वरुपको निर्धारण गर्दछ ।

यति ठूलो बलिदानको मूल्य चुक्ता गरेर खडा भएको माओवादी जनयुद्ध आज संकटको चौबाटोमा उभिएको छ । यसको तत्कालिन नेतृत्वकर्ताको टीम विभाजित अवस्थामा छ । पार्टी पनि अनेकाँै टुुक्राहरुमा विभाजित छ र विभाजनको श्रृंखला रोकिएको छैन । बाहिरबाट त यसले जन्मजात प्रतिरोधको सामना गरिरहेकै थियो तर अब भित्रैबाट चुनौतिको सामना गर्दैछ । त्यो चुनौति हो अविश्वास । विस्तारै जन भरोसा गुम्दै जानु । निरन्तर सत्तामा रहने तर शक्ति क्षयीकरण भइरहने किन ? विचारमा नविनताको अभाव छ । आप्mनो स्वतन्त्र धारको भूमिका मेटिदै जाने र पार्टी विचौलिया जस्तो हुने अवस्था छ । हिजो हामी अरुलाई न भाले न पोथि भन्ने गर्दथ्यौँ । आज हामी त्यो ठाँउमा पुगेका छाँै । भद्रगोल संगठन हाम्रो पहिचान जस्तै बन्न गएको छ । फलामे अनुशासनको सिद्धान्त बोक्ने तर वालुवा जस्तो संगठन बनाउने अवस्था छ । समिति प्रणाली मृत प्रायः छ । केही थान मान्छेहरुको गतिविधिलाई पार्टीको गतिविधि भन्नु पर्ने अवस्था छ । पूँजीवादको चिहान खन्नको लागि खडा गरेको कम्युनिष्ट पार्टी आप्mनै चिहान खनेर सकिएला जस्तो भैसक्यो । तर पनि आशातित र सार्थक छलफल हुन सकिरहेको छैन । कालक्रममा समिक्षा जरुरी भएको छ ।

कहाँ चुक्याँै त हामी ? विचारमा , राजनीतिमा, संगठनमा , कार्यशैलीमा ? छलफल खुलेर गराँै । माक्र्सवाद पहिलो औद्योगिक क्रान्तिको ताका उदय भएको थियो । औद्योगिक पुँजीवादले आफूलाई टिकाउनाको लागि नयाँ व्यवस्थापकीय तरिका विकसित गरेको थियो । कडा अनुशासन सहितको पदानुक्रम संरचना । माक्र्सवादीहरु खासगरी लेनिनले पूँजीवादको गहिरो अध्ययन गरेर त्यसका विरुद्धको संघर्षमा पिरामिड आकारको फलामे अनुुशासनको पार्टीको विकास गरे । त्यो बीसाँै शताब्दीमा मान्छको इञ्जिनियरिङको सफल प्रयोग थियो । जसलाई आज हामी जनवादी केन्द्रीयता भनेर चिन्छाँै । हामी अहिले पहिलो औद्योगिक क्रान्तिको युगमा होइन चौथो औद्योगिक क्रान्तिको युगमा छाँै । यस युगमा केही फरक विशेषताहरु छन् । अब यसको संरचना पदानुक्रमबाट संञ्चालित हुनुको बदलामा सञ्जालबाट सञ्चालित हुन्छ । त्यतिबेला धनको बलमा मान्छेलाई प्रत्यक्ष नियन्त्रणमा राख्ने गरिन्थ्यो । अहिले तथ्यांकको बलमा मान्छेलाई मनोविज्ञानद्धारा नियन्त्रणमा राखिन्छ । दास धेरै हुने दास युगमा, जमिन धेरै हुने सामन्तवादमा, कारखाना धेरै हुने पुँजीवादको पहिलो चरणमा धनि हुन्थे । अहिले डाटा र सञ्जाल धेरै हुनेहरु धनि हुँदैछन् । अहिले शक्तिको मापन नेटवर्कद्धारा गरिदैछ । प्रसिद्धिको मापन पनि नेटवर्कले गर्दैछ । हामी कति रुचाइएका छौँ भन्ने सजिलै हेर्न सक्छाँै । लाइक, शेयर र कमेन्ट मार्फत् । हाम्रो औकात हामी आफैले नापीरहेका छाँै । औकात नाप्ने डिग्री पनि धनद्धारा नै निर्धारण गरिन्छ । आज हामीलाई यस जमानाको नेतृत्व प्रणाली चाहिएको छ । परम्परागत नेतृत्व प्रणाली अधोगतिमा र एल्गोरिदमिक नेतृत्व प्रणाली उभोगतिमा रहेको छ । यो विकासको नियम हो । हाम्रो स्वतन्त्र चहाना भन्दा बाहिरबाट सञ्चालित । संक्रमणको प्रसव वेदनामा हामी छाँँै हामीले नयाँ संश्लेषणद्धारा नयाँ सांगठनिक संरचना जन्माउनु पर्दछ ।

मानव जातीलाई अकल्पनिय विकास गर्न प्रेरित गरेको पूँजीवाद आज संकटको छेउमा उभिएको छ । नाफाको लागि मानवीय र प्राकृतिक साधन श्रोतको दोहनले यो ग्रहमा मानव जाती लोप हुने खतरा पैदा भएको छ । भनिन्छ हामी छैठाँै महाविनाशको नजिकै उभिएका छाँै । वैज्ञानिक स्टेफेन हकिगंले चेतावनी दिए कि यो ग्रह मान्छे बसिरहन लायकबनाउँ कि अर्को ग्रहमा बस्ती साराँै । अर्को ग्रहमा बस्ती सार्नु तत्कालका लागि असंभव र निकै जोखिम युक्त कार्य हो । जहाँ पानी हुँदैन त्यहाँ जीवन हुँदैन । हामीलाई थाहा छ मंगल ग्रहमा पानी छैन । हजाराँँै प्रकाश वर्ष टाढा अहिले नै जान सक्ने अवस्थामा छैनौँ । हामी सँग रहेको एकमात्र विकल्प भनेको यो ग्रहमा मिलेर बस्नु हो । माक्र्सवाद मात्रै त्यसको विकल्प हुन सक्छ मान्छे र मान्छेका विचमा हार्दिकता भएको समाज बनाउने जुन प्रकृतिमैत्री होस् ।

पूँजीवाद रहे सम्म असमानता र प्राकृतिक लुटलाई रोक्न सकिदैन । विचारमा नयाँ संश्लेषणमा पुग्न जरुरी भैसकेको छ । भौतिक विज्ञानले हामीलाई धेरै आधार तयार गरेको छ । सापेक्षताको सिद्धान्त र क्वान्टम सिद्धान्तलाई एकिकृत गर्ने खोजमा अगाडी बढेर । जीव विज्ञानमा नयाँ क्षितिज खुलिरहेको छ । डार्विनको सिद्धान्त देखि डिएनएको आविष्कार सम्म हामीले जीवनको भाषा पढ्न जानेको थियाँै । अब कोड ब्रेकरद्धारा जीवनको भाषा लेख्न सिक्दैछौँ । अब भावीनिले लेखेको परिकल्पना गर्नु पर्दैन । प्रयोगशालमा हामी बच्चाहरुको भविष्य लेख्न शुरु गर्दैछौँ । अहिले सम्म हामीलाई प्राकृतिक तरिकाले आमा बाले जन्माएका थिए । सन् १९७८ बाट शुरु भएको टेस्टट्युब बेबीहरु संसारभर पचास लाख भन्दा बढी भइसके । अब हामी जीन सम्पादनको युगमा प्रवेश गर्दैछाँै । हामीले चाहे जस्तो बच्चा बनाउने ।

एआई भनिने कृत्रिम बुद्धिमताले चकत्कार गर्दैछ । मान्छेलाई बुद्धिमा पछि पारेर हाम्रा सबै निर्णय प्रक्रियाको जिम्मा उसले हातमा लिएर हामीलाई दोस्रो दर्जाको नागरिकमा परिणत गर्ने खतरा बढीरहेको छ । अहिले नै धेरै क्षेत्रमा हामी भन्दा स्मार्ट हुँदैछ । अबको चुनावमा दारु खुवाएर मत प्रभावित गर्ने होइन एआईले मनोविज्ञान कब्जा गरेर चुनाव प्रभावित हुँदैछ । गएको अमेरिकी चुनावमा रसियनहरुले र भर्खरैको भारतीय चुनावमा अमेरिकीेहरुले एआई प्रयोग गरेर मत प्रभावित पारेको सार्वजनिक भैसकेको छ । मानव जाती कब्जाको नयाँ युगमा प्रवेश गरेको छ । अति शक्ति भएकाहरुले भूमण्डललाई नै नयाँ उपनिवेश बनाउदैछन् । अन्तरिक्षमा उपनिवेशिकरणको होड त चलेकै छ । हामीले विचारमा नयाँ संश्लेषण अपरिहार्य बनिसक्यो । त्यसरी नै असफल सोभियत समाजवाद र लुटेरा नव उदारवाद दुवैबाट पृथक नयाँ राजनीतिक निष्कर्षमा पुग्नु पर्नेछ ।

सहिदहरुले देखेको सपना त्यो हो । जहाँ सामाजिक हार्दिकता सहीतको उत्पीडन मुक्त समाज होस् । त्यसका लागि हामीले धेरै गर्न बाँकी छ । मैले हिजो मात्रै सामाजिक सञ्जालमा देशभरी शहिदका नाममा मानवीय र भौतिक संरचनाहरु के के बनेका छन् भनेर सार्वजनिक रुपमा जानकारी मागेको थिए । एउटा प्रारम्भीक चित्र प्राप्त भएको छ । नेपालमा आज सम्म शहिदहरुका नाममा थुप्रै संरचनाहरु बनेका छन् । उदाहरणका लागि गंगालाल अस्पताल छ, दशरथ रंगशाला छ, शुक्रराज अस्पताल छ, सुरेश वाग्लेको नाममा अस्पतालको एक भाग छ , लखन थापा, भिमदत्त, दशरथ , सुनिल र परिवर्तनको नाममा पालिकाहरु छन् । पाँचवटा प्रदेशमा शहीद स्मृति विद्यालयहरु छन् ।  शहिद मार्ग छ, शहिद गेटहरु छन्, शहिद स्मृति सभाहलहरु छन्, शहिद पार्कहरु छन् , ए डिभिजनको सहिद स्मृति क्लब छ, शहिद स्मृति खेल मैदानहरु छन्, पुस्तकालयहरु छन् । शहिद प्रतिष्ठान छ , शहिद परिवार समाज छ , शहिद तथा वेपत्ता योद्धाका सन्ततीहरुको फाउन्डेसन छ । इच्छुक प्रतिष्ठान जस्ता थुप्रै प्रतिष्ठानहरु छन् । शहीदहरुका सालिक र स्मारकहरु छन् । शहिदहरुका लेख र रचनाहरु छन् । शहिदहरुका बारेमा रचना गरिएका साहित्यहरु छन् । गीतहरु, कविताहरु र नाटकहरु छन् । भिडीयोहरु छन् । अनगिन्ती सामाग्रीहरु छन् ।

अरु सब चिज छ तर क्रान्ति लयमा छैन । जब क्रान्ति योद्धाले क्रान्तिप्रति गर्व गर्दैन क्रान्ति मर्छ । आज योद्धाहरुले गर्व गर्न सक्ने परिस्थिती बनेको छैन । क्रान्ति सबै मिलेर लड्ने तर त्यसको फल मुट्ठीभरले खाने हो भने क्रान्ति जीवित रहँदैन । क्रान्तिले आफ्नो औचित्य पुष्टि पनि गर्न सक्दैन । आज शहिद परिवारहरुको विचल्ली छ तर हामीलाई चासो हुन छाडेको छ । घाइतेहरुको घाउमा महलम पट्टि लगाउने दीर्घकालिन उपायको अभावमा घाउ बारम्बार बल्झिरहेको छ । नेपाली मुक्ति आन्दोलनका योद्धाहरु रुस युक्रेन युद्धमा भाडाको सिपाही बन्न जानु हाम्रो लागि लज्जाको विषय हो । देश बनाउछु भनेर लडेका योद्धाहरु मरुभूमिबाट बाकसमा फिर्ता हुनु भन्दा दुखद के होला ? तर विस्तारै हामी गैँडाको छाला जस्ता भइसकेका छाँै । हामीलाई अब घोच्न छोडिसक्यो । शहिदहरुका नाममा श्रद्धाञ्जली गरेर कार्यक्रम शुरु गर्दा पनि शहिदहरुलाई गिज्याए जस्तो हुने भइसक्यो । शहिद स्मारकमा माल्र्यापण कर्मकाण्ड जस्तो हँुदैछ । त्यो स्मारक साधारण ढुंगो होइन जुन खोलामा पाइन्छ । खोलामा पाइने ढुंगो कसैको स्मृति होइन । त्यसले कुनै इतिहास बोक्दैन । स्मारकको प्रत्येक एटमभित्र शहीदहरुका रगतको डिएनए लुकेको हुन्छ जसले क्रान्तिको वंशावली बोकेको हुन्छ । जसको अगाडी उभिदा जिउँदो मान्छेको मुटु हल्लाउने र रगत उमाल्ने तागत हुन्छ । त्यो स्मारक हो । जसले गल्न दिदँैन, ढल्न दिदँैन, जल्न दिदँैन । हामीलाई एउटा जिवित पार्टी चाहिएको छ । जसले आफ्नो पंक्तिलाई एकताबद्ध गर्न सक्छ, उद्देलित गर्न सक्छ र काममा समर्पित गर्न सक्छ । जुन पार्टीमा जिवन्त बहश हुँदैन, जुन पार्टीमा सहभागीहरुका आँखामा सपना दौड्दैन त्यो पार्टी मृत पार्टी हुन्छ । जुन पार्टीमा बहुसंख्यक सदस्यहरु निस्क्रिय जीवन बाँच्छन् त्यो पार्टीलाई विघठनको घोषणा नगरेरै विघठन हुन्छ । हामीलाई स्मारक जस्तो बिम्ब बोकेको पार्टी चाहिएको छ जसले समाजको डिएनएको प्रतिनिधित्व गरोस् । समाजको ऐना पार्टी बनोस् । त्यो शहीदहरुको बलिदानको जगमा खडा भएको पार्टी हो ।

आज म शहिदहरुका बारेमा कम्प्युटरमा औला चलाउदैछु । पच्चिस वर्ष अगाडि आजकै दिन माइलो दाई इन्द्रलाल आचार्य (दारुण) सहित गोपाल बस्नेत, खिम ब बस्नेत, लोकेन्द्र बस्नेत, कालि ब बस्नेत र चनाखे सार्कीको सामूहिक हत्या भएको थियो जाजरकोट कुस्तरामा । दाइको लास बोरामा हालेर नदिमा फालिएको अवस्थामा फेला परेको थियो भने अरु सबैलाई गोलि हान्दै नदीमा फाल्दै गरिएको थियो । लाश पनि भेटिएन । आज हामीले शहिद प्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न र क्रान्तिलाई जारी राख्न केही कामहरु तत्काल शुरु गराँै भन्ने प्रस्ताव राख्न चहान्छु । शहिदहरु देशका सार्वजनिक सम्पति भएकोले मेरो प्रस्ताव पनि सार्वजनिक रुपमा राख्न चहान्छु ।

पहिलो काम, शहिदहरुका नाममा बनेको जति पनि अधुरा संरचनाहरु छन् तिनलाई पुरा गर्ने कार्ययोजना बनाउ र केही नयाँ संरचना बनाउँ । देशभरिका सबै खाले शहिदहरुको एउटा विशाल पार्क बनाउँ जहाँ प्रत्येकका सालिक बनाउन सकियोस् । जुन हाम्रो इतिहासको पर्यटकीय स्थल बनोस् । नयाँ पुस्तालाई इतिहास पढाउने संग्राहलय जस्तो होस् ।

दोस्रो काम, सबै शहिद तथा वेपत्ता योद्धा परिवारको एका घर भित्र अनिवार्य न्यूनतम एक रोजगारी सृजना गराँै ।
तेस्रो काम, शहिदका आमा बा जसको बृद्धावस्था छ र आवासको राम्रो प्रबन्ध छैन आवास निर्माण गराँै । खाद्यान्न सहीत न्यूनतम भरणपोषणको जिम्मा लिउ । उनीहरुका सन्ततीहरुले हाम्रो लागि जीवन दिए हामी केही त दिऊँ ।
चौथो काम, शहीद तथा वेपत्ता योद्धा सन्ततीहरुको अध्ययन र रोजगारीको उपलब्धताको जिम्मा लिऊ ।
क्रान्ति जिवित छ र क्रान्ति मर्दैन । महान् शहिदहरु लाल सलाम ।





error: Content is protected !!