२१ औ राष्ट्रिय धान दिवस

 – धिरेन्द्र बस्नेत

-नेपालमा २०८१ साल असार १५ गते “जलवायु मैत्री कृषि ,धान उत्पादनमा बृद्धि”भन्ने नाराको साथ २१ औ राष्ट्रिय धान दिवस अर्थात माना रोपेर मुरी फलाउने दिन भनेर नि भनिन्छ विभिन्न कार्यक्रम गरी देशभरका कृषि कार्यालय तथा स्थानिय तह कृषि विकास शाखाले यस पटक पनि राष्ट्रिय धान दिवस मनाउदैछ । नेपालमा राष्ट्रिय धान दिवसको सुरुवात पहिलो नारा “धान नै जिन्दगी हो ” भन्ने नाराको साथ २०६१असार १५ गतेका दिन पहिलो राष्ट्रिय धान दिवस रुपमा मनाइएको थियो । हाल सम्म २१ औ धान दिवस मनाई रहदा धान आयात भने कहिले कम हुन सकेन कम हुनको साटो बर्षेनि बढदै गैरहेको छ । हाल नेपालमा चालु आ.व ११ महिनामा मात्र २० अर्व बराबरको धान चामल आयत भएको छ । जस मध्य आ.व २०८०।८१ को जेष्ठ सम्म मसान्त सम्म ३० करोड ५३ लाख १० हजार ५२० के जि धान अर्थात ११ अर्व ५५ करोड २५ लाख ७९ हजार रुपैयाको धान मात्र आयात भएको छ । भने ८ करोड २७ लाख ६९ हजार के जि अर्थात ८ अर्व ६९ करोड ६ लाख ८५ हजार रुपैयाको चामल आयात भएको छ । नेपालमा उत्पादनशिल जमिन हुदाहुदै पनि हामी अरुको देशबाट चामल खानु पर्ने बाध्यता छ भने हामी आफ्नो खेत बाँझो राखेर आयत गरेको चामल खादै छौ । यसरी हेर्दा अरुको देशले उत्पादन गरेको चामल खाएर नेपालमा धान दिवस मनाउनु के औचित्य होला उसै त अहिले धान दिवस किसानको उत्साहा भन्दा नि बिकृतिको रुपमा बर्षमा ३६४ दिन माटो नछुने र एक दिन खेतमा गएर रमाईलो रुपमा हिलो खेल्ने केटाकेटी हीलो खेलेर धान दिवस मनाउने चलन बढदै गएको छ । जसले गर्दा विकृती निम्त्याउदै छ । धान दिवसको अर्थ धान रोपेर किसानको साथि बनेर किसान संग एक दिन भए नि सगै असारे गित गाएर हलो समाएर धानको विउ रोपेर त्यहि माटोमा उत्पादन भएको चिउरा र दही खादै मनाउन पर्ने हो तर अहिले ठिक उल्टो बिकृति बढि रहेको जसले गर्दा किसानको मनमा कृषि पेसालाई रमाईलो वा हल्का रुपमा लिन खोजेको जस्तो देखिन्छ । र हाम्रो माटोमा उत्पादन भएको चामल कहिले खान पाउलान नेपालीले हाम्रो देशमा लागत उत्पादन बढि हुनाले चामलको मुल्य पनि बढि छ । अरुको देशमा उत्पादन भएको चामलको मुल्य कम छ । त्यस कारण पनि आयात बढि रहेको छ । नेपाली उत्पादन भएको चामल बढि मुल्य भएर किन्न सके तत्परता नेपालीमा छैना । तर एक हिसावले हेर्ने हो भने नेपालमा उत्पादन भएको चामल पनि निर्यात हुन्छ । किनकी नेपाली उत्पादन लागत बढि भएनि नेपाली चामलको स्वाद मिठो हुनाले नेपालबाट चामल नियात हुने गरेको छ । नेपालमा धान उत्पादनको तथ्याङ्क हेर्ने हो भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि डायरी २०८१ अनुसार आ.व २०७९/०८० मा १४ लाख ४७ हजार ७ सय ८९ हेक्टर क्षेत्रफलमा ५४ लाख ८६ हजार ४ सय ७२ मे ट धान उत्पादन हुन्छ । भने नेपालको आवश्यक धान ९६ लाख मे टन भन्दा बढि रहेको छ ।

-धान बालीको परिचय
धान विश्वको एक प्रमुख अन्न को रुपमा चिनिन्छ । वैज्ञानिक नाम ओराइजा सेटिभा परिचित यो वनस्पति वैदिक साहित्यक पुराताप्विक उत्खननमा धान सबैभन्दा परानो उत्पादित बाली मध्येएक भएको प्रमाण पाइएको छ । यो पोयसी परीवारमा पर्दछ । ब्याकरण अनुसार हेर्ने हो भने धान शब्दको उत्पन्न धान्य शब्दवाट भएको हो । हजारौ वर्ष अघि देखि नै भारत र चीनमा यसको खेती गरिन्थो धान विश्वको करिब ९० प्रतिशत क्षेत्र एशियामामै उत्पादन र खपत गरिन्छ । संसारभरी धेरैे इलाकामा धानको उब्जाउ गरिन्छ । भारत चिन दुवैले एकसाथ विश्वको लगभग आधा इलाका धानले ओगटेको छ। अनि ६० प्रतिशत भन्दा धेरै मानिसहरु चामल खाइरहेका छन । धान एसियाको प्रमुख खाद्य वाली हो ।धान नेपालको प्रमुख वाली हो । नेपालमा पनि करिब १४,लाख हेक्टरमा धान खेति गरीन्छ भने खेति ५४ लाख मे टन धान उत्पादन गरिन्छ । यसले कृषि अर्थततन्त्रत्रमा २४ प्रतिशत हिस्सा ओगटेको छ । भने राष्टिय अर्थतन्त्रमा करिब ७ प्रतिशत योगदान रहेको छ ।

-धान बालीको इतिहास
धानको उत्पति हिमाललयको दक्षिण भेगमा धानको उत्पति भएको र नेपाल पनि धानको उद्रगम स्थान मध्ये एक भएको मानिन्छ । नेपालमा ४ वटा जंगली धानहरु पाएको छ र अरु पनि जंगली प्रजातिहरु पनि पाइएको छ नेपालका ४ प्रजाति हरु नेपालका तराई र पहाडका विभिन्न भागमा पाइन्छन यि धान जन्य वनस्पतीहरुलाइ कतै जंगली धान त कतै विभिन्न झारको रुपमा लिइन्छ । यी मध्य ओराइजा रुफीपेगोन बर्तमान ओराइजा सेटिभा को बाबू आमा मध्ये एक हो यो धान नेपालको उतरी चिसो भूभागको संसारको सबभन्दा अग्लो स्थानमा पाइएको छ । एशियन धानको उत्पति हिमालयको दक्षिण भेग नेपाल उतर भारत , उतर बर्मा , थाइल्याण्ड , भियतनाम र दक्षिणी चीनसम्ममा भएको हुनु पर्छ । सम्भवत १०००० वर्षअधि एशियाको गर्मी क्षेत्रमा खेतिको शुरुवात भएको पाइन्छ । भारतमा हस्तिनापुर उत्तर प्रदेशमा उत्खनन् (१०००–६५०) इसापुर्व को समयमा धानको सबै भन्दा पुरानो नमुना डढेको अवस्थामा वा अङ्गगारको स्वरुपमा पाइएको थियो । जंगली धान प्रचुर मात्रामा पाइएकोले भारतमा धेरै अधि नै यसको उत्पादन भएको हुन सक्छ । यसलाई घरेलु कारण गर्ने प्रक्रिया पहिला चिनमा भयो र त्यसपछि यो दक्षिण पूर्वी एशियामा स¥यो । जंगली धान पहिला बंगलादेश आसाम उडिसा र यसका छेउ छाउका इलाकामा उब्जाउ गरिएको विश्वास छ । पश्चिम र उत्तर अफ्रिका –इजिप्ट-पुर्व र मध्य –अफ्रिरिकाका अधिकांश देशहरुमा पनि धान उब्जनि गरियो । त्यसपछि धानको खेति दशिण र मध्य अमेरीकि मुलुकहरु ल्याटिन अमेरिका अस्ट्रेलिया, संयेक्त राज्य अमेरिका स्पेन इटालि र फ्रान्स जस्ता दक्षिणी युरोपेली मुलुकहरुमा विस्तार भयो ।

-धान बालीको विकास
धान खेतीको सुरुवात करिव ई .पू ८ हजार वर्ष पहिले चिनको याञ्जे नदिको आसपासमा भएको देखिन्छ । धानको विकास हेर्ने हाल संसारका दुई वटा खेति गरिएका धान र २० वटा जंगली धानहरुको पहिचाह भएको छ । ति मध्ये नपालमा ओराइजा सेटिभाका नजिकका जंगली र नातेदार धान जस्तै ओराइजा निभारा , ओराइजा रुफीगन , ओराइजा पेरेनिस नेपालगंज क्षेत्र र कपिलवस्तुको अजिगढा ताल क्षेत्र ओराइजा ग्रानुलाटा , निस अर्न, चितवनको लोथर क्षेत्र , चुरेका तल्लो भाग र झापाको कन्काइ नहरको सिरान ओराइजा सेटिभा काठमाडौ उपत्यका र १८०० मिटर भन्दा बढि उचाइ क्षेत्र , ओराइजा ग्रानुलाटा ग्रिफ चितवनको लोथर क्षेत्रबाट पहिलो पटक सन १९८८ मा संकलन गरीउको पाइन्छ तयसैगरी ओराइजा अफिसिनालिस कैलालीको सुन्दरपुर क्षेत्रमा संकलन गरिएको थियो र यो जात बारा कै निजगढ साथै जनक क्षेत्रमा पनि पाइएको छ , तर करिव करिब लोपोन्मुख भैसकेकाले यसको संरक्षण गर्न जरुरी छ । थ्यसैगरी हाइरोरीजा अरीस्टाटा र लेरसिया हेसान्द्र पोखरा उपत्यका तालमा पाइएको देखिन्छ । जहाँसम्म झारको रुपमा गणना हुने धानका बंशंजहरुको सम्बन्ध छ नेपालको १६० मिटरदेखि १६४० मिटरका उचाइमा १८ प्रकारका धान सम्बन्धी संकलन भएको पाइएको छ । धान नेपालमा समुदद्र सतहबाट ६० मिटर अग्लो झापाको केच्नाकलनदेखि जुम्लाको ३०५० मिटर अग्लो छुम्चौर (जुन ठाँउ संसारको सबभन्दा अग्लो क्षेत्रमा धान हुने स्थानमा पर्दछ । ) अहिले नेपालको ७३ जिल्लामा धान खेति गरिन्छ ।

-नेपालमा हाल धान उत्पादनको अबस्था

नेपालको प्रमुख खाद्यान्न बाली नै धान हो । नेपालमा अहिल कृषि मन्त्रालयको कृषि डायरी २०८१ अनुसार १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा धान खेति भैरहेको छ भने ५४ लाख ८६ हजार ४७२ मे टन धान उत्पादन भएको देखिन्छ । कुल कृषि ग्रार्हस्थ उत्पादनमा करिब २० प्रतिशत योगदान रहेको छ । र कुल ग्रार्हस्थ उत्पादन जसलाई जि डि पि पनि भनिन्छ त्यसमा ७ प्रतिशत योगदान रहेको छ । नेपालको प्रमुख वाली धान भए पनि नेपालमा वर्षेनि धान को आयात भने बढदो क्रममा रहेको छ । बर्षै पिछे अर्बौ को चामल आयात हुने गर्दछ । नेपालमा धानको उत्पादन भने केहि देखि गिरावट आइराखेको छ । नेपालको तराईको उत्पादनशिल जमिनहरु प्लटिङ्गमा परीनत हुदै छन भने , पहाडमा जनशक्तmी अभाव , सिचाई र उत्पादन भन्दा पनि उत्पादन लागत बढि भएको कारण गर्दा धान खेती गर्ने किसानको सख्या निकै घटदै गैरहेका्े छ । धान खेती हुने जमिन बाँझो हुदैछ । यस बलैमा सम्बन्धित निकायले यस क्षेत्रमा कम लागत प्रविधि तथा सिचाई ब्यवस्थापन धान उत्पादनमा पोत्साहन नगर्ने हो भने विस्तारै नेपालमा भोकमरी ननिमतेला भन्न सकिन्न । युवाहरु दिन दिनै पासवर्ड बोकेर कामको खोजिमा विदेश पलायन हुनेको बढदै छ ,। युवा जनशतmी बाहिरीनाले कसरी कृषि विकास होला र उत्पादनमा बृद्धि देख्न पाइएला र । युवालाई कृषिमा आर्कर्षित गरी धानको उत्पादन र उत्पादकत्व बृद्धि गर्न जरुरी छ ।

-धानको महत्व
नेपालको प्रमुख खाद्यान्न बाली भएको कारणले पनि यसकोे त्यतिकै भैहाल्यो । धान नेपालको प्रमुख खाद्यन्न बाली भएकोले खाद्य सुरक्षामा धान खेतिको ठुलो महत्व रहेको छ । नेपालीको ५० प्रतिशत भन्दा बढि खाद्यन्नको स्रोत पनि धान नै हो ।पहाडी क्षेत्रमा धानको उत्पादन कम भए पनि नेपालको तराई क्षेत्र भने धान खेति हुन्छ । नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रले मात्र करीब २४ प्रतिशत योगदान कृषि क्षेत्रको रहेको छ भने धानको मात्र ७ प्रतिशत योगदान कुल ग्राहस्थ उत्पादनमा दिएको छ । साथै यसको महत्व सामाजिक र सास्कृतिक मा धेरै देखिन्छ । बहुजाति र बहुसंकृतिले युतm हाम्रो देश नेपालमा सबै जात र संस्कृतिमा धानको महतव रहेको छ । धान र अक्षता विना कुनै पनि धार्मिक र सांस्कृतिक कार्यक्रम सम्पन्न हुदैना होला । नेपाली जातिका जन्मदेखि मृत्युसम्मका कर्ममा धानले प्रथम स्थान पाएको हुन्छ । त्यसैले नेपालमा धानको महत्व धेरै नै रहेको छ ।

नेपालमा धान खेतिको विकास गरी उत्पादन र उत्पादकत्व बृदि गर्नु जरुरी छ । नेपालमा अहिले चामलको आयातलाई रोक्नु ठुलो चुनौतिका रुपमा रहेको छ ।

   धिरेन्द्र बस्नेत
नायव प्राविधिक सहायक
कार्यरत कुशे गाउँपालिका जाजरकोट





error: Content is protected !!